Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

 पुलिसले फ्रेण्डस क्लबलाई ३ गोलले पाखा लगायो

दोश्रो भुगर्भ सिमेन्ट सहिद स्मृति मकवानपुर गोल्डकप

IMG_5823-1553522536.JPG

 ११ चैत, हेटौंडा । हेटोँडामा जारी दोस्रो भूगर्भ सिमेन्ट सहिद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिताको सोमबार भएको खेलमा फ्रेण्डस क्लब काठमाडौं र पुलिस क्लब बिचको खेलमा लाई फ्रेण्डस क्लबलाई ३–० गोलअन्तरले पाखा लगाउदै नेपाल पुलिस क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । हेटौंडा–१० स्थित वनविज्ञान खेल मैदानमा जारी प्रतियोगितामा फ्रेण्डस क्लब काठमाडौंलाई ३–० गोलअन्तरले पराजित गर्दै पुलिसले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । 
पुलिसको जीतका लागि जर्सी नम्बर १०का भरत शाहले ह्याट्रिक गरे । उनले खेलको १२ औं मिनेटमा गोल गर्दै पुलिसलाई अग्रता दिलाएका थिए । खेलको ४२ औं मिनेटमा दोस्रो गोल गरेका भरतले त्यसको १ मिनेट नबित्दै ४३ औं मिनेटमा ह्याट्रिक पूरा गरे । खेलको म्यान अफ दी म्याच पुलिसका ह्याट्रिक  गर्ने खेलाडी भरत घोषित भए । उनले नगद दशहजार रुपियाँ प्राप्त गरेका थिए । उनी प्रतियोगिता सर्वाधीक गोलकर्ता समेत भएका छन् ।
 पहिलो हाफ्मा पुलिसले फ्रेण्डसमाथि पूर्ण दबाब बनाएपनि दोस्रो हाफ्मा भने सकेन । दोस्रो हाफमा फ्रेण्डसले सुधारको खेल प्रस्तुत गरेको थियो । फ्रेण्डसका लागि विदेशी खेलाडी फोफना र स्यान्कोले दोस्रो हाफ्मा राम्रो मौका पाएपनि गोल गर्न सकेनन् । अब फाइनल प्रवेशका लागि पुलिसले घरेलु टोलि मकवानपुर–११ सँग प्रतिस्पर्धा गर्नेछ ।
यसैक्रममा मंगलबारको खेल थ्रीस्टार क्लब र सरस्वती क्लबबीच हुनेछ । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगिताको विजेताले नगद आठलाख रुपियाँ र उपविजेताले नगद चारलाख रुपियाँ प्राप्त गर्नेछन् । त्यसैगरी सर्वोत्कृष्ट खेलाडीलाई नगर ७५ हजार र उत्कृष्ट खेलाडी तथा प्रशिक्षकलाई जनही २०/२० हजार प्रदान गरिनेछ । प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ  ।
 

IMG_5795-1553522536.JPG

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स भिड्दै
harmit-and-bhurtel1-1793503179.jpg

१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...

आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793502743.jpg

१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...

धेरै स्थानमा मध्यम वर्षाको सम्भावना
rain-weather-1793408785.jpg

१४ कार्तिक, हेटौंडा । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि...

पत्रकार शिवाकोटीबाट महासंघलाई १ लाख सहयोग
IMG_20261030_141242-1793353385.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...

कर्णाली याक्सद्वारा विराटनगर किंग्स पराजित
karnali-x-win-9a6112a1-70-1793325245.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...

कांग्रेसका २० पदाधिकारीको वरीयता तोकियो
Gagan-Thapa-1760606336-1793324926.jpg

१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...

अधिकांश स्थानमा बादल लाग्ने
cloudy-weather-1793324635.jpg

१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...

नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

थप समाचार