११ चैत, हेटौंडा । हेटोँडामा जारी दोस्रो भूगर्भ सिमेन्ट सहिद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिताको सोमबार भएको खेलमा फ्रेण्डस क्लब काठमाडौं र पुलिस क्लब बिचको खेलमा लाई फ्रेण्डस क्लबलाई ३–० गोलअन्तरले पाखा लगाउदै नेपाल पुलिस क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । हेटौंडा–१० स्थित वनविज्ञान खेल मैदानमा जारी प्रतियोगितामा फ्रेण्डस क्लब काठमाडौंलाई ३–० गोलअन्तरले पराजित गर्दै पुलिसले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।
पुलिसको जीतका लागि जर्सी नम्बर १०का भरत शाहले ह्याट्रिक गरे । उनले खेलको १२ औं मिनेटमा गोल गर्दै पुलिसलाई अग्रता दिलाएका थिए । खेलको ४२ औं मिनेटमा दोस्रो गोल गरेका भरतले त्यसको १ मिनेट नबित्दै ४३ औं मिनेटमा ह्याट्रिक पूरा गरे । खेलको म्यान अफ दी म्याच पुलिसका ह्याट्रिक गर्ने खेलाडी भरत घोषित भए । उनले नगद दशहजार रुपियाँ प्राप्त गरेका थिए । उनी प्रतियोगिता सर्वाधीक गोलकर्ता समेत भएका छन् ।
पहिलो हाफ्मा पुलिसले फ्रेण्डसमाथि पूर्ण दबाब बनाएपनि दोस्रो हाफ्मा भने सकेन । दोस्रो हाफमा फ्रेण्डसले सुधारको खेल प्रस्तुत गरेको थियो । फ्रेण्डसका लागि विदेशी खेलाडी फोफना र स्यान्कोले दोस्रो हाफ्मा राम्रो मौका पाएपनि गोल गर्न सकेनन् । अब फाइनल प्रवेशका लागि पुलिसले घरेलु टोलि मकवानपुर–११ सँग प्रतिस्पर्धा गर्नेछ ।
यसैक्रममा मंगलबारको खेल थ्रीस्टार क्लब र सरस्वती क्लबबीच हुनेछ । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगिताको विजेताले नगद आठलाख रुपियाँ र उपविजेताले नगद चारलाख रुपियाँ प्राप्त गर्नेछन् । त्यसैगरी सर्वोत्कृष्ट खेलाडीलाई नगर ७५ हजार र उत्कृष्ट खेलाडी तथा प्रशिक्षकलाई जनही २०/२० हजार प्रदान गरिनेछ । प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ ।
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...

















