Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

खेलकुद

उपाधीका लागि शनिबार मकवानपुरसंग दाफिन्सले भिड्ने

Ftb-1553781268.jpg

१४ चैत, हेटौंडा । दोस्रो संस्करणको भूगर्भ सिमेन्ट सहिद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिता–२०७५ को उपाधिका लागि दाफिन्स र आयोजक मकवानपुर–११ भिड्ने भएको छ ।
हेटौंडा–१० स्थित वनविज्ञान खेल मैदानमा जारी प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलमा थ्रीस्टार क्लबलाई टाइब्रेकरमा पराजित गर्दै दाफिन्सले फाइनलमा आयोजकसँग भेट पक्का गरेको हो । दाफिन्सले थ्रीस्टारलाई टाइब्रेकरमा ५–३ गोलअन्तरले पराजित गरेको थियो । निर्धारित समय १–१ गोलको बराबरीमा टुंगिएसँगै खेलको नतिजाका लागि टाइब्रेकरको सहारा लिइएको थियो ।
टाइब्रेकरमा दाफिन्सका तर्फबाट एंगमा एंगोल, बिजिक बिजिक, प्रिसो एम्जाम्बे, हान्सा एसा र यानिक ओआनाले गोल गरेका थिए । थ्रीस्टारको तर्फबाट रञ्जित धिमाल, मान्सा र विजय धिमाले गोल गरे । भरपर्दा तथा अनुभवी खेलाडी अनिल गुरुङको प्रहार भने बाहिरिएको थियो ।
खेलको ६० औं मिनेटमा दाफिन्सको तफर्ःबाट यानिक ओआनाले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । थ्रीस्टारका रञ्जन बिष्टले ७० औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याए । खेलपश्चात् थ्रीस्टारका प्रशिक्षक मेघराज केसीले खेलाडीको प्रदर्शनबाट आफू सन्तुष्ट रहेको प्रतिक्रिया दिए । उनले दाफिन्सले धेरै फाउल खेलेको र आफूहरुले समयमै रेफ्रिलाई सजग नगराएको धेरै खेलाडी अस्पतालमा भर्ना हुने अवस्था सिर्जना हुने बताए । थ्रीस्टारका कप्तान एलन न्यौपानेले भाग्यले साथ नदिँदा खेलमा पराजित भएको बताए ।
दाफिन्सका टिम व्यवस्थापक आशिक थापा मगरले खेलाडीले समयमै गोल नगर्दा केही समस्या परेको दावी गरे । उनले प्रतियोगिताको फाइनलमा अझै सुधारिएको खेल खेल्ने दावी समेत गरे । उनले रेफ्रिले समयमै निर्णय लिन नसक्दा खेलमा केही तनावको अवस्था सिर्जना भएको बताए ।
प्रतियोगिताको फाइनल खेल चैत १६ गते शनिबार हुनेछ । प्रतियोगिताको विजेताले नगद आठलाख रुपियाँ र उपविजेताले नगद चारलाख रुपियाँ प्राप्त गर्नेछ । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा भएको प्रतियोगितामा दश टोलीको सहभागिता रहेको थियो ।

IMG_6068-1553781433.JPG

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
रास्वपाको राष्ट्रिय महाधिवेशन आजदेखि शुरु हुँदै
RSP-raswapa-1766815646-1782007389.jpg

७ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा शुरु...

मध्यम वर्षाको सम्भावना
water-1782006682.jpg

७ असार, हेटौंडा । हाल कोशी प्रदेशको केहि स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ । अन्य भूभागमा पश्चिमी वायु, स्थानीय...

दीपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउने आदेश
High-Court-Patan-768x461-1781917424.jpg

६ असार, हेटौंडा । व्यवसायी दीपक भट्ट र उद्योगी सुलभ अग्रवाललाई उच्च अदालत पाटनले बैंकिङ कसुरसम्बन्धी मुद्दामा...

रास्वपाको केन्द्रीय समिति बैठक आज बस्दै
RSP-raswapa-1766815646-1781917105.jpg

६ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज चितवनको भरतपुरमा बस्दै छ...

मध्यम वर्षाको सम्भावना
water-1781916900.jpg

६ असार, हेटौंडा । हाल नेपालको कोशी प्रदेशका केही भूभागमा मनसुनी प्रभाव रहेको छ । अन्य भूभागमा स्थानीय वायु तथा...

कक्षा १२ को नतिजा सार्वजनिक
Rastriya-1781847360.jpg

५ असार, हेटौंडा । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले आज कक्षा १२ को नतिजा...

प्रतिनिधिसभाबाट विनियोजन विधेयक पारित
Screenshot_20260518_07103-1781834550.jpg

५ असार, हेटौंडा । प्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८३ पारित भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री...

मौसम मूख्यतया सफा रहने
01JSG64N9AZYKS2HHNVGFHCH3-1781834314.jpg

५ असार, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पूर्वीय वायूको...

अख्तियार प्रमुख र पदाधिकारीलाई थुनेर धम्की दिइएकोमा कांग्रेसको आपत्ति
Samsad-1781770216.jpg

४ असार, हेटौंडा । नेपाली कांग्रेसले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख तथा पदाधिकारीलाई प्रधानमन्त्री...

थप समाचार