Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

अमेरिकाको हार्वर्ड केनेडी स्कुलमा पढ्दै गगन थापा

Gagan-1553849895.jpg

१५ चैत, काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री गगन थापा अहिले अमेरिकामा छन् । उनी कुनै राजनीतिक प्रयोजनले नभएर पढ्न गएका हुन् ।

राजनीतिमा छिटोछिटो प्रगति हासिल गरेका र मन्त्री भइसकेका युवा नेताको पढ्ने भोक अझै मरेको रहेनछ । त्यसैले उनी यतिबेला अमेरिकाको हावर्ड विश्वविद्यालयस्थित हार्वर्ड केनेडी स्कुलमा छोटो अवधिको ‘एक्काइसौं शताब्दीको लागि विश्वव्यापी नेतृत्व र सांर्वजनिक प्राशसन’ शीषकको कोर्स गरिरहेका छन् ।

नेपालस्थित अमेरिकी दूतावासले उनको पढाईको विषयमा औपचारिक जानकारी दिएको छ । दूतावासले आफ्नो फेसबुक पेजमा गगनले कक्षामा बसेर पढिरहेको फोटो हाल्दै नेपालीमै लेखेको छ, ‘हेर्नुस् त कक्षामा को छ रु उहाँ भन्नुहुन्छ मलाई युवा रहिरहनु छ र सिकाई एक यस्तो विषय हो जसले युवा रहन सहयोग गर्छ । सिकाई तथा कक्षामा फर्कन पाउँदा मैले आफूलाई अत्यन्तै युवा महसुस गरिरहेको छु । एकदम रमाइलो लागेको छ । वी वीस हिम एन ए प्लस टाइम । हामी उहाँलाई रमाइलो सिकाईको कामना गर्छौंं ।’

गगन पहिलेदेखि नै पढाईमा अब्बल रहँदै आएका छन् । कलेज लाइफदेखि पूर्णकालिन राजनीतिमा लागेर पनि उनले आफ्नो अध्ययनलाई निरन्तरता दिन सफल भए । सिद्धार्थ बनस्थली स्कुल बालाजुबाट उच्च अंकसहित एसएलसी पास गरेका गगनले त्रिचन्द्र कलेजमा आईएस्सी र बीएस्सी पास गरेका थिए । त्यसपछि फ्याकल्टी परिवर्तन गरेका उनले त्रिभुवन विश्वविद्यालयबाट मानवशास्त्र–समाजशास्त्रमा स्नातकोत्तर गरेका छन् । पीएचडी गर्ने उनको धोको भने राजनीतिले गर्दा पूरा हुन सकेको छैन ।
साभार : अनलाईन खबर


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
१५ मिनेटका लागि संसद बैठक स्थगन
Screenshot_20240412_15562-1716185413.jpg

७ जेठ, काठमाडौं। सोमबार बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगन गरिएको छ। बैठक...

पर्साका सीमानाका तीन दिन बन्द हुने
Screenshot_20240520_11215-1716183427.jpg

७ जेठ, पर्सा । पर्साका सीमानाका तीन दिन बन्द हुने भएका छन् । जिल्ला प्रशासन कार्यालय पर्साले जेठ १० देखि १२ गते...

सोमबार सुनचाँदी मूल्य बढ्यो
Blog_Paytm_Gold-Rates-His-1716183397.jpg

७ जेठ,हेटौंडा । साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य वृद्धि भएको छ अघिल्लो दिनको तुलनामा सुन...

प्रधानमन्त्री दाहालले आज विश्वासको मत लिने
पुष्पकमल-1716166831.jpg

७ जेठ, हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने भएका छन् । प्रतिनिधि सभाको सोमबार बिहान ११...

एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1716165644.jpg

७ जेठ, हेटौंडा । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  कोशी, मधेश, लुम्बिनी, ...

मकवानपुर प्रहरीको अपरेसन:चोरी भएको मोटरसाइकल सहित ६ जना पक्राउ
FB_IMG_1716130098525-1716130131.jpg

६ जेठ, हेटौंडा। मकवानपुर प्रहरीले चोरीको मोटरसाइकल सहित मोटरसाइकल चोरी गर्ने ६ जनालाई पक्राउ गरेको...

संसदीय समितिको कार्यादेशमा जुटेन सहमति

६ जेठ, काठमाडौं। सहकारी संस्था ठगीको विषय छानबिन गर्ने संसदीय समितिको कार्यादेश मा दलहरूबीच सहमति हुन नसक्दा...

बागमती प्रदेशको नीति तथा कार्यक्रम जेठ १४ गते प्रस्तुत हुने
Screenshot_20240224_20374-1716119821.jpg

६ जेठ, हेटौंडा। बागमती प्रदेशको आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम यही जेठ १४ गते प्रस्तुत हुने भएको...

आइतबार सुनचाँदीको भाउ बढ्यो
download-1-1716105181.jpg

६ जेठ ,हेटौंडा । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य  वृद्धि भएको छ  अघिल्लो दिनको तुलनामा...

थप समाचार