फोटोःसुनिल शिवाकोटी
१६ चैत, हेटौँडा । हेटौँडा २ मा रहेको सिद्धार्थ माध्यमिक विद्यालयले शनिबार अभिभावक भेला सम्पन्न गरेको छ ।.
जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा शिक्षा विकास तथा समन्वय ईकाई मकवानपुरका प्रमुख कृष्ण प्रसाद घिमिरेको बिषेश आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी खुलालले शिक्षा मुलुकको प्रगती र उन्नतीको पाइला भएको भन्दै शिक्षा देश विकासका लागि महत्वपुर्ण रहेकोले शिक्षालाई सबैले सम्मान गर्नुपर्ने बताए । उनले विद्यार्थी र शिक्षक र अभिभावक बिचको त्रिकोणत्म सम्बन्ध सुमधुर हुनुपर्ने बताउदै परिस्थीत गम्भीर ढङ्गले अघि बढेको भन्दै अभिभावकहरु सचेत रहनु पर्ने बताए । खुलालले शैक्षिक अवस्था माथी उठाउन सबै पक्षको योगदान रहेको भन्दै राज्यमा रहेको तिन वटै सरकारले शिक्षा क्षेत्रको विकासका लागी सकरात्मक कदम चाल्नु पर्ने समेत बताए ।
त्यसैगरी कार्यक्रममा बोल्दै शिक्षा विकास तथा समन्वय ईकाई मकवानपुरका प्रमुख कृष्ण प्रसाद घिमिरेले हरेक क्षेत्रको विकास होस या देशको आर्थीक, समाजिक जस्तो सुकैक्षेत्रमा होस शिक्षानै महत्वपुर्ण रहेको र गुणस्तरीय शिक्षा अहिले अपरिहार्य भएको भन्दै सिद्धार्थ माविले गुणस्तरीय शिक्षा प्रदान गर्न कुनै कमि नराखेको बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मधु बजगाईको सभाध्यक्षतामा भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य नारायण प्रसाद लम्साल, शिक्षक अभिभावक संघका अध्यक्ष बलराम घिमिरे, विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष हिरालाल श्रेष्ठ,विद्यालयका पुर्व प्रधानाध्यापक गोकुललाल श्रेष्ठ,लक्ष्मी भक्त घिसिङ् विद्यालयका अक्षयकोषदाता डा. गणेश पौडेल, विद्यालयका पुर्व शिक्षकहरु विद्यालय व्यवस्थापन समितिका पुर्व पदाधिकारीहरु लगायत पत्रकार, शिक्षक , विद्यार्थीहरुका अभिभावकहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक मोहन प्रसाद शर्माले विद्यालयको आर्थीक सहित २०७५ शालको शैक्षिक प्रगति विवरण प्रस्तुत गरेका थिए । कार्यक्रममा विद्यालयका शिक्षक खेम लामिछानेले स्वागत मन्तव्य व्यक्त गर्नुका साथै कार्यक्रमको संचालन विद्यालयका दश जोड दुई संयोजक गणेश प्रसाद हुमागाई गरेका थिए ।
शौरभ र गौरव वनस्खण्डी प्रतिभा पुरस्कारबाट दुई सम्मानित
त्यसैगरी शौरभ र गौरव वनस्खण्डी प्रतिभा पुरस्कारबाट विद्यालयका अध्ययनरत १ छात्र तथा छात्रा गरी दुई जनालाई सम्मान गरिएको छ ।
अक्षयकोषदाता डा. गणेश पौडेल स्थापना गर्नु भएको गौरव वनस्खण्डी प्रतिभा पुरस्कारबाट पुष्पा तामाङ् र सुदिन सुवेदिलाई जनहि ५ हजार र प्रशंसापत्रले सम्मान गरिएको हो । उनिहरुलाई कार्यक्रमका प्रमख अतिथी जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल र अक्षयकोषदाता डा. गणेश पौडेलले संयुक्त रुपमा सम्मान गरेका थिए ।
त्यसैगरी विद्यालयले विद्यालयमा अध्ययनरत १० जना विद्यार्थीहरुलाई छात्रवृद्धि समेत प्रदान गरको छ ।
फोटोःसुनिल शिवाकोटी
फोटोःसुनिल शिवाकोटी
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...















-1786686763.jpg)

