Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

बाराको जितपुरमा परीक्षार्थी र प्रहरीबीच झडप

Bara-1553932291.jpg

१६ चैत, बारा । माध्यमिक शिक्षा परीक्षा (एसईई) रद्द गरिएको विरोधमा प्रदर्शनमा उत्रेका परीक्षार्थी र प्रहरीबीच शनिबार झडप भएको छ । वीरगन्ज–पथलैया सडक खण्डको जितपुर बजारमा परीक्षार्थीले गरेको राजमार्ग अवरुद्धलाई खुलाउन खोज्ने क्रममा सडकको भीडलाई तितरबितर  पार्दा परीक्षार्थीहरुले ढंगामुढा गर्न थालेपछि झडप भएको हो । झडपले स्थिती तनावपूर्ण भएपछि नियन्त्रणको लागि प्रहरीले दर्जन सेल अश्रु ग्यास र हवाइ फायर गरेको छ । 
झडपको क्रममा सशस्त्र र नेपाल प्रहरीका केही महिला प्रहरी जवान घाइते भएका छन्। घाइतेको सिमराको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। नेपाल प्रहरीकी जवान निरु श्रेष्ठको टाउकोमा गम्भीर चोट छ। झडपको क्रममा परीक्षार्थीले सशस्त्र प्रहरीको ना१झ ७१२ नम्बरको जीपमा आगजनी गरेको छ। जीपको पछाडिको भाग जलेको छ। जितपुर बजार र पथलैया–वीरगन्ज राजमार्ग खण्डको आवागमन बिहानैदेखि ठप्प पारेका थिए ।
प्रहरीको कुटाइले केही विद्यार्थीसमेत घाइते भएपछि जितपुरको अवस्था अहिले पनि तनावपूर्ण छ। आक्रोशित परीक्षार्थीहरुले बजारको सीसी क्यामरा फुटाएका छन्। बजारको प्रतीक्षालय र वीरगन्जबाट थप मद्दतमा पुगेका सुरक्षाकर्मीको अन्य गाडीसहित केही भाडाका गाडीमा तोडफोड गरेका छन्।
उता कलैयामासमेत विहान प्रदर्शन गरिएको छ। विरोध जुलुसमा घुसपैठ भएको सुरक्षा अधिकारीहरुले दाबी गरेका छन्। जितपुरबाट झडपको क्रममा पाँच जनालाई नियन्त्रणमा लिइएको जिल्ला सुरक्षा समितिका प्रमुखसमेत रहेका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले बताए । 
साभार : कान्तिपुर


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1792807177.jpg

७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...

रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

आइपिएलको टिकट मूल्य सार्वजनिक
Nepal_Premier_League_offi-1792716535.png

६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...

आज पनि टीका लगाउने क्रम जारी
Screenshot_20261023_06275-1792716181.jpg

६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1792715895.jpg

६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ।  तराई...

पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज
Jhalanath-Khanal-17912015-1792632009.jpg

५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

टीका र जमरा लगाउने क्रम जारी
dashain-teeka-1792631601.jpg

५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...

थप समाचार