Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

बाराको जितपुरमा परीक्षार्थी र प्रहरीबीच झडप

Bara-1553932291.jpg

१६ चैत, बारा । माध्यमिक शिक्षा परीक्षा (एसईई) रद्द गरिएको विरोधमा प्रदर्शनमा उत्रेका परीक्षार्थी र प्रहरीबीच शनिबार झडप भएको छ । वीरगन्ज–पथलैया सडक खण्डको जितपुर बजारमा परीक्षार्थीले गरेको राजमार्ग अवरुद्धलाई खुलाउन खोज्ने क्रममा सडकको भीडलाई तितरबितर  पार्दा परीक्षार्थीहरुले ढंगामुढा गर्न थालेपछि झडप भएको हो । झडपले स्थिती तनावपूर्ण भएपछि नियन्त्रणको लागि प्रहरीले दर्जन सेल अश्रु ग्यास र हवाइ फायर गरेको छ । 
झडपको क्रममा सशस्त्र र नेपाल प्रहरीका केही महिला प्रहरी जवान घाइते भएका छन्। घाइतेको सिमराको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। नेपाल प्रहरीकी जवान निरु श्रेष्ठको टाउकोमा गम्भीर चोट छ। झडपको क्रममा परीक्षार्थीले सशस्त्र प्रहरीको ना१झ ७१२ नम्बरको जीपमा आगजनी गरेको छ। जीपको पछाडिको भाग जलेको छ। जितपुर बजार र पथलैया–वीरगन्ज राजमार्ग खण्डको आवागमन बिहानैदेखि ठप्प पारेका थिए ।
प्रहरीको कुटाइले केही विद्यार्थीसमेत घाइते भएपछि जितपुरको अवस्था अहिले पनि तनावपूर्ण छ। आक्रोशित परीक्षार्थीहरुले बजारको सीसी क्यामरा फुटाएका छन्। बजारको प्रतीक्षालय र वीरगन्जबाट थप मद्दतमा पुगेका सुरक्षाकर्मीको अन्य गाडीसहित केही भाडाका गाडीमा तोडफोड गरेका छन्।
उता कलैयामासमेत विहान प्रदर्शन गरिएको छ। विरोध जुलुसमा घुसपैठ भएको सुरक्षा अधिकारीहरुले दाबी गरेका छन्। जितपुरबाट झडपको क्रममा पाँच जनालाई नियन्त्रणमा लिइएको जिल्ला सुरक्षा समितिका प्रमुखसमेत रहेका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले बताए । 
साभार : कान्तिपुर


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

थप समाचार