पुरस्कार ग्रहण गर्दै पत्रकार भानुभक्त आर्चाय ।
१६ चैत, हेटौंडा । पत्रकार भानुभक्त आचार्य केशबलाल स्मृति मातृभूमि पत्रकारिता पुरस्कार २०७५ बाट सम्मानित भएका छन् । मातृभूमि साहित्य समाज मकवानपुरले शनिबार हेटौंडामा आयोजना गरेको कार्यक्रममा आचार्यसहित बिभिन्न व्यक्तित्वहरु सम्मानीत भएका हुन् ।
पत्रकार महासंघ मकवानपुरका पूर्बअध्यक्ष आचार्यलाई नगद ७ हजार ५ सय रुपैयाँसहित सम्मानपत्र कार्यक्रमका प्रमुख अतिथि बरिष्ठ साहित्यकार तुलसी थापाले प्रदान गरेका हुन् । मातृभूमि राष्ट्रिय पुरस्कार २०७४ नगद २१ हजार १ रुपैयाँ सहित डा. तुलसी भट्टराई (काठमाडौं), शेखर शर्मा रिजाल स्मृति मातृभूमि शैक्षिक पुरस्कार २०७३ (नगद १५ हजार रुपैयाँसहित) शिक्षासेवी देवप्रसाद श्रेष्ठ तथा बद्रीप्रसाद खतिवडा (मकवानपुर), २०७४ को शिक्षासेवी बनमाली सुबेदी तथा सजनी गोर्खालीलाई प्रदान गरिएको छ ।
त्यस्तै हातेमालो मातृभूमि युवा सिर्जनशील सम्मान २०७४ नगद १० हजार १ रुपैयाँसहित साहित्यकार सानुभाइ बिश्वकर्मा (मकवानपुर), क्षेत्रबहादुर स्मृति मातृभूमि सम्मान २०७४ नगद १० हजारसहित संस्कृत वेद विद्यालय हेटौंडा–१०, गोरक्षश्वर, (मकवानपुर), राजकुमार स्मृति मातृभूमि सम्मान २०७५ नगद १० हजार १ रुपैयाँ सहित उषा तिवारी (चितवन) लाई प्रदान गरिएको थियो ।
समाजका अध्यक्ष माधब पोखरेलको सभाध्यक्षतामा भएको कार्यक्रममा सम्मानीत व्यक्तित्व देव श्रेष्ठले प्राप्त गरेको १५ हजार रुपैयाँ मामाघर नेपाललाई र बद्री अतिवडाले प्राप्त गरेको नगद १५ हजार रुपैयाँ हेटौंडा–२ चौकीटोलस्थित ओम बृद्धाश्रमलाई प्रदान गर्ने बचनबद्धता व्यक्त गरेका छन् । समाजले बिभिन्न दातासँगको समन्वयमा एक दर्जन भन्दा बढी पुरस्कार तथा सम्मान प्रदान गर्दै आएको छ ।
कार्यक्रममा समाजका संस्थापक अध्यक्ष ह्यग्रीव आचार्य, परराष्ट्रबिद् डा. हिरण्यलाल श्रेष्ठ, साहित्यकार तुलसी भट्टराई, साहित्य संगम मकवानपुरका अध्यक्ष निमेश निखिल, आँचल साहित्य परिवारकी अध्यक्ष अप्सरा हुमागाईलगायतले बोलेका थिए । भुटनदेबी माविका शिक्षक बिष्णुप्रसाद गौतमद्वारा लिखित नेपालदेखि अमेरिकासम्म नियात्रा कृतिको बिमोचन पनि गरिएको थियो ।
१९ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले भगवान् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी...
१९ भदौ, हेटौंडा । श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक...
१९ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण नेपालमा ठूलो जनधनको क्षति भएपछि एनभिडियाका प्रमुख...
१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...
१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...
१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...
१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...
१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...
१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...


















