फोटोः सुनिल शिवाकोटी
१७ चैत, हेटौँडा । प्रदेश नम्बर ३ सरकारले नसर्ने रोगको समयमा नै पहिचान, रोकथाम, उपचार र त्यसबाट हुने जटिलतालाई न्यूनीकरण गर्न स्वास्थ्य सेवा पहुचबाट टाढा रहेका जन्ताको स्वास्थ्य सेवा परीक्षण गर्ने उद्देश्यले प्रदेश मातहत रहेका ५ वटा जिल्लाको जिल्ला अस्पतालहरुमा सुरु गरेको मुख्यमन्त्री स्वास्थ्य परिक्षण कार्यक्रमको प्रदेशको राजधानी हेटौँडामा रहेको हेटौँडा अस्पताबाट उक्त अभियानको समुदघाटन गरि सुरुवात गरिएको छ ।
आइतबार हेटौंडा अस्पतालमा हेटौँडा १ लालझाडीका ६३ बर्षीया रामप्रसाद तिमल्सिनालाई प्रदेश ३का मुख्यमन्त्री डोरमणी पौडेलले मुख्यमन्त्री स्वास्थ्य परीक्षण कार्यक्रमको फराम वितरण गरेसंग सेवा आरम्भ भएको हो ।
समुदघाटन कार्यक्रममा बोल्दै प्रदेश ३का मुख्यमन्त्री डोरमणी पौडेलले २०७५ माघ २४ गतेको मन्त्रिपरिषद्बाट पारित कार्य्विधि अनुसारनै यस अभियानको थालनि गरिको भन्दै परीक्षणको लागि सम्बन्धित वडा कार्यालयले विपन्न, लोपोन्मुख तथा अल्पसंख्यक जातिहरू, दलित, महिला स्वास्थ्य स्वयम्सेविका, सहिद तथा बेपत्ता परिवार, सशस्त्र द्वन्द्वका घाइतेको पहिचान गरि सेवा लिनका लागि सिफारिस गरेर पठाउन अनुरोध गरे।
‘ पहुच नहुनेले स्वास्थ्य परिक्षण गर्न सकुन भन्ने उदेश्यले यस कार्यक्रमको सुरुवात गरिएको र परिक्षणमा दैनिक १६प्रकारको जाच हुने र त्यसको सरदर प्रति व्यक्ती लागत २हजार २ सय पर्ने र उक्त रकम प्रदेश सरकारले अस्पताललाई दिनेछ’ मुख्यमन्त्री पौडेलले बताए ।
समुदघाटन कार्यक्रममा बोल्दै प्रदेश ३का सामाजिक विकास मन्त्री युवराज दुलालले हाल नसर्ने रोगका कारण अहिले धेरै नागरिकको अकालमा ज्यान जाने गरेको भन्दै उपचार सेवाबाट टाढा रहेका ३० वर्षभन्दा माथिका विपन्न, लोपोन्मुख तथा अल्पसंख्यक जातिहरू, दलित, महिला स्वास्थ्य स्वयम्सेविका, सहिद तथा बेपत्ता परिवार, सशस्त्र द्वन्द्वका घाइतेले निःशुल्क स्वास्थ्य परिक्षण गर्न सकुन भन्ने उदेश्यले यस कार्यक्रमको सुरुवात गरिएको बताए । मन्त्री दुललाले आइतबारबाट हेटौँडा अस्पतालबाट सुरुवात गरिएको यस कार्यक्रम हेटौंडा अस्पतालसँगै सिन्धुलिको सिन्धुलि अस्पताल, धादिङको धादिङ अस्पताल, सिन्धुपाल्चोकको चौतारा अस्पताल र भक्तपुरको भक्तपुर अस्पतालमा हप्ता देखि १० दिनभित्र कार्यक्रमको सरुवात गरिने बताए ।
उक्त स्वास्थ्य परीक्षण कार्यक्रम प्याकेजमा युएसजी, इसीजी, फोक्सो, कलेजो, मृगौला जाँच, रगत लगायतका परीक्षण गर्न सकिने जनाईएको छ
तिमल्सिनालाई स्वास्थ्य परीक्षण कार्यक्रमको फराम वितरण गर्दै मुख्य मन्त्री पौडेल। फोटोः सुनिल शिवाकोटी
फोटोः सुनिल शिवाकोटी
१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...
१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

















