२३ चैत, हेटौँडा । नेपाली कांग्रेस हेटौंडा उपमहानगरपालिका १६र१७को संयुक्त रुपमा शनिबार वनभोज,आउदै गरेको नयाँ वर्ष २०७६को शुभकामना आदानप्रदान तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरेको छ ।
नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाको प्रमुख आतिथ्यतामा तथा नेपाली कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता एवं कांग्रेस मकवानपुरका सभापति ईन्द्रबहादुर बानियाँको विशिष्ट अतिथ्यतामा बनभोज,शुभकामना आदानप्रदान तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरेको हो ।
उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि उपाध्यायले वनभोज कार्यक्रमले सम्पुर्ण कांग्रेसिहरुलाई एकै ठाउमा भेला भएर सुख दुःख साटदै सम्बन्ध मजबुत बनाउन सहयोग पुयाउने बताइन । प्रमुख अतिथि उपाध्यायले ओलि सरकारप्रति कटाक्षय गर्दै अहिलेको सरकार चरम भ्रष्टाचारमा लिप्त भएकाले अहिले सबैको विश्वास कांग्रेसप्रति बढदै गएको बताइन ।
त्यसैगरी कार्यक्रमका विशिष्ट अतिथि नेपाली कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता एवं कांग्रेस मकवानपुरका सभापति ईन्द्रबहादुर बानियाँले कांग्रेस जसरी आज कांग्रेसीहरु भेला भएर एउटै छाहारीमा गोल भए जस्तै अब हजारौ आम जनसमुदाय कांग्रेसको छाहारीमा आउने र कांग्रेसलाई ठुलो पार्टी हुनबाट कसैले रोक्न नसक्ने बताए
नेता बानियाँले कम्युनिस्टको शासनशत्ताबाट जनता आजित भईसकेको भन्दै दुई तिहाईको दम्ब नदेखाउन अनुरोध गरे ।
बनभोज तथा शुभकामना आदानप्रदान कार्यक्रम संयोजक टाँकाराज धितालको सभाध्यक्षता सम्पन्न भएको कार्यक्रममा कांग्रेस मकवानपुरका उपसभापति विष्णुप्रसाद लामिछाने, प्रमुख सल्लाहकार माईकल रामचन्द्र अर्याल, संगठन विभाग प्रमुख कृष्णप्रसाद सञ्जेल, शिक्षा विभाग प्रमुख कृष्णप्रसाद दाहाल, नगर सभापति आनन्दराम पराजुली, हेटौंडा १६ का वडा अध्यक्ष रामकृष्ण कोईराला, दामोदर सुवेदीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा राप्रपा र नेकपा पार्टी परित्याग गरि ४३ जना नेपाली कांग्रेसमा प्रवेश गरेका थिए ।
७ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा शुरु...
७ असार, हेटौंडा । हाल कोशी प्रदेशको केहि स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ । अन्य भूभागमा पश्चिमी वायु, स्थानीय...
६ असार, हेटौंडा । व्यवसायी दीपक भट्ट र उद्योगी सुलभ अग्रवाललाई उच्च अदालत पाटनले बैंकिङ कसुरसम्बन्धी मुद्दामा...
६ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज चितवनको भरतपुरमा बस्दै छ...
६ असार, हेटौंडा । हाल नेपालको कोशी प्रदेशका केही भूभागमा मनसुनी प्रभाव रहेको छ । अन्य भूभागमा स्थानीय वायु तथा...
५ असार, हेटौंडा । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले आज कक्षा १२ को नतिजा...
५ असार, हेटौंडा । प्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८३ पारित भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री...
५ असार, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पूर्वीय वायूको...
४ असार, हेटौंडा । नेपाली कांग्रेसले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख तथा पदाधिकारीलाई प्रधानमन्त्री...
२५ जेठ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ८०० रुपैयाँले हो । छापावाल सुनको मूल्य...
३१ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय मनाङमा कार्यरत नायव सुब्बा ज्ञानराज...
२६ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग...
२५ जेठ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय कार्यसमितिको पूर्वनिर्धारित बैठक सारिएको छ...
२६ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान...
२५ जेठ, हेटौंडा । लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् हेरफेर गरिएको छ । नवनियुक्त पाँचजना मन्त्रीले पद तथा...
२६ जेठ, हेटौंडा । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको राजीनामा माग...
३१ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको...
३१ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश सभापतिमा उत्सव अर्याल विजयी बनेका छन् । दुई...


















