Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

शिक्षक संघ मकवानपुरको १६ औं जिल्ला प्रतिनिधि सभामा तथा शिक्षक सम्मान कार्यक्रम 

56875767_343010652861304_-1554568683.jpg

 २३ चैत्र, हेटौँडा । नेपाल शिक्षक संघ मकवानपुरले आपनो १६ औं जिल्ला प्रतिनिधि सभा एवम् शिक्षक सम्मान कार्यक्रम सम्पन्न गरेको छ । संघले नेपाली कांग्रेसका केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाको प्रमुख आतिथ्यता तथा नेपाली कांग्रेस मकवानपुरका सभापति एवम् प्रदेश नम्बर ३  दलका नेता श्री इन्द्रबहादुर बानियाँ तथा कांग्रेस मकवानपुरका सल्लाहकार माईकल रामचन्द्र अर्यालको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न गरेको हो । 
कार्यक्रममा बेल्दै प्रमुख अतिथि उपाध्यायले शिक्षकहरु आँखाका नानि भएकाले शिक्षकहरुलाई सम्मान गर्नुपर्ने बताईन । उनले अहिलेको सरकारले शिक्षकलाई दमन गरेको भन्दै त्यसो नर्गन चेतावनी दिईन ।  त्यसैगरी कार्यक्रममा बोल्दै् नेता बानियाँले शिक्षण पेशा मर्यादित पेशा भएकाले मार्यादित भएर  पेशाको सम्मान गर्न आग्रह गरेका छन । 
नेपाल शिक्षक संघ मकवानपुरका अध्यक्ष  रामकुमार अधिकारीको सभाध्यक्षतामा  भएको १६ औं जिल्ला प्रतिनिधि सभा एवम् शिक्षक सम्मान कार्यक्रममा नेपाल शिक्षक संघ प्रदेश नम्बर ३ का बरिष्ठ उपाध्यक्ष दिपकलाल खतिवडा ,नेपाली कांग्रेस मकवानपुरका शिक्षा विभाग प्रमुख कृष्ण प्रसाद दाहाल, नेपाली कांग्रेस क्षेत्र नम्बर ४ मकवानपुरका सभापति  लोकबहादुर मुक्तान, नेपाली कांग्रेस हेटौंडा उपमहानगरपालिकाका सभापति आनन्दराम पराजुली, नेपाल शिक्षक संघ मकवानपुरका सस्थापक अध्यक्ष श्री रामनरेश यादव, पूर्व अध्यक्ष श्री शम्भुप्रसाद पौडेल, पूर्व अध्यक्ष श्री रामसागर गुरागाई, नेपाल प्रेस युनियन मकवानपुरका अध्यक्ष  कुमार अधिकारी, नेपाल महिला संघ मकवानपुरका अध्यक्ष लक्ष्मी श्रेष्ठ, नेपाल शिक्षक महासंघ मकवानपुरका उपाध्यक्ष  प्रबोध बिडारी, नेपाल ट्रेड युनियन कांग्रेस  मकवानपुरका उपाध्यक्ष श्री ठाकुरप्रसाद चौलागाईं  लगायतकाको आतिथ्यता रहेको थियो । 

त्यसैगरी कार्यक्रम मार्फत नेपाल शिक्षक संघ मकवानपुरले संघको तदर्थरस्थापना समिति र पहिलो अधिवेशनबाट निर्वा्चित पदाधिकारी एवम् सदस्यहरुका साथै  संघको विभिन्न भूमिकामा रहेर नेपाली शिक्षक समुदायको आदर्श, गरिमा, पेशागत हक अधिकार र संगठनको विस्तार एवम् सुदृढीकरणका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुहुने १६ जना बहाल एवम् निवृत्त शिक्षकहरुलाई दोसल्ला र सम्मान पत्रले सम्मानित गरिएको छ । 
 संघले संघका संस्थापक अध्यक्ष  राम नरेश यादव,पुर्वअध्यक्ष शम्भु प्रसाद पौडेल, रामसागर गुरागाई, दिपकलाल खतिवडा,  सहित संघमा आवद्ध हरिश्चन्द्र बिडारी, मधुसूदन दाहाल, नरहरी नन्दन उप्रेती, तेजबहादुर लामा, तुलसी गिरी, दिनेशप्रसाद भण्डारी, केशवराज अधिकारी, अरुण कुमार सिंह, भोला थापा, नरबहादुर पाख्रिन  विश्वरमण न्यौपाने, गंगा चिमरिया लगायतलाई दोसल्ला र सम्मान पत्रले सम्मानित गरेको हो 
त्यसैगरी संघले शिक्षक सेवा आयोगद्वारा लिइएको आन्तरिक प्रतियोगिताबाट हालसालै स्थायी हुन सफल ४५ जना शिक्षकहरुलाई हार्दिक बधाई एवम् शुभकामनाका साथ सम्मान गरेको संघका जिल्ला उपाध्यक्ष गणेश प्रसाद हुमागाईले बताए । 
कार्यक्रम मार्फत संघका सह सचिब  टीका दाहालले शिक्षक संघको साङ्गठनिक र प्रगति प्रतिवेदन तथा सचिब केशव देवकोटाले आर्थिक प्रतिवेदन  प्रस्तुत गरेका  थिए । कार्यक्रममा नेपाल शिक्षक संघ मकवानपुरद्वारा प्रकाशित शैक्षिक सत्र २०७६ को क्यालेन्डर सार्वजनिक गरी वितरण गरिएको थियो भने अन्य शिक्षक संगठन परित्याग गरि नेपाल शिक्षक संघमा प्रवेश गर्नुहुने शिक्षकहरुलाई संघको सदस्यता प्रदान स्वागत गरिएको उपाध्यक्ष  हुमागाईले बताए । 

56459534_1233148436837244-1554568683.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

आइपिएलको टिकट मूल्य सार्वजनिक
Nepal_Premier_League_offi-1792716535.png

६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...

आज पनि टीका लगाउने क्रम जारी
Screenshot_20261023_06275-1792716181.jpg

६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1792715895.jpg

६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ।  तराई...

पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज
Jhalanath-Khanal-17912015-1792632009.jpg

५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

टीका र जमरा लगाउने क्रम जारी
dashain-teeka-1792631601.jpg

५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...

हात्तीको आक्रमणबाट दुई व्यक्तिको मृत्यु
elephant-e1785897096641-1792545547.jpg

४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...

एनपीएल तेस्रो संस्करणमा डीआरएस प्रयोग गरिने
1792466625331-x81iv6f-1792545334.png

४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...

थप समाचार