Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

शिक्षक संघ मकवानपुरको १६ औं जिल्ला प्रतिनिधि सभामा तथा शिक्षक सम्मान कार्यक्रम 

56875767_343010652861304_-1554568683.jpg

 २३ चैत्र, हेटौँडा । नेपाल शिक्षक संघ मकवानपुरले आपनो १६ औं जिल्ला प्रतिनिधि सभा एवम् शिक्षक सम्मान कार्यक्रम सम्पन्न गरेको छ । संघले नेपाली कांग्रेसका केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाको प्रमुख आतिथ्यता तथा नेपाली कांग्रेस मकवानपुरका सभापति एवम् प्रदेश नम्बर ३  दलका नेता श्री इन्द्रबहादुर बानियाँ तथा कांग्रेस मकवानपुरका सल्लाहकार माईकल रामचन्द्र अर्यालको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न गरेको हो । 
कार्यक्रममा बेल्दै प्रमुख अतिथि उपाध्यायले शिक्षकहरु आँखाका नानि भएकाले शिक्षकहरुलाई सम्मान गर्नुपर्ने बताईन । उनले अहिलेको सरकारले शिक्षकलाई दमन गरेको भन्दै त्यसो नर्गन चेतावनी दिईन ।  त्यसैगरी कार्यक्रममा बोल्दै् नेता बानियाँले शिक्षण पेशा मर्यादित पेशा भएकाले मार्यादित भएर  पेशाको सम्मान गर्न आग्रह गरेका छन । 
नेपाल शिक्षक संघ मकवानपुरका अध्यक्ष  रामकुमार अधिकारीको सभाध्यक्षतामा  भएको १६ औं जिल्ला प्रतिनिधि सभा एवम् शिक्षक सम्मान कार्यक्रममा नेपाल शिक्षक संघ प्रदेश नम्बर ३ का बरिष्ठ उपाध्यक्ष दिपकलाल खतिवडा ,नेपाली कांग्रेस मकवानपुरका शिक्षा विभाग प्रमुख कृष्ण प्रसाद दाहाल, नेपाली कांग्रेस क्षेत्र नम्बर ४ मकवानपुरका सभापति  लोकबहादुर मुक्तान, नेपाली कांग्रेस हेटौंडा उपमहानगरपालिकाका सभापति आनन्दराम पराजुली, नेपाल शिक्षक संघ मकवानपुरका सस्थापक अध्यक्ष श्री रामनरेश यादव, पूर्व अध्यक्ष श्री शम्भुप्रसाद पौडेल, पूर्व अध्यक्ष श्री रामसागर गुरागाई, नेपाल प्रेस युनियन मकवानपुरका अध्यक्ष  कुमार अधिकारी, नेपाल महिला संघ मकवानपुरका अध्यक्ष लक्ष्मी श्रेष्ठ, नेपाल शिक्षक महासंघ मकवानपुरका उपाध्यक्ष  प्रबोध बिडारी, नेपाल ट्रेड युनियन कांग्रेस  मकवानपुरका उपाध्यक्ष श्री ठाकुरप्रसाद चौलागाईं  लगायतकाको आतिथ्यता रहेको थियो । 

त्यसैगरी कार्यक्रम मार्फत नेपाल शिक्षक संघ मकवानपुरले संघको तदर्थरस्थापना समिति र पहिलो अधिवेशनबाट निर्वा्चित पदाधिकारी एवम् सदस्यहरुका साथै  संघको विभिन्न भूमिकामा रहेर नेपाली शिक्षक समुदायको आदर्श, गरिमा, पेशागत हक अधिकार र संगठनको विस्तार एवम् सुदृढीकरणका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुहुने १६ जना बहाल एवम् निवृत्त शिक्षकहरुलाई दोसल्ला र सम्मान पत्रले सम्मानित गरिएको छ । 
 संघले संघका संस्थापक अध्यक्ष  राम नरेश यादव,पुर्वअध्यक्ष शम्भु प्रसाद पौडेल, रामसागर गुरागाई, दिपकलाल खतिवडा,  सहित संघमा आवद्ध हरिश्चन्द्र बिडारी, मधुसूदन दाहाल, नरहरी नन्दन उप्रेती, तेजबहादुर लामा, तुलसी गिरी, दिनेशप्रसाद भण्डारी, केशवराज अधिकारी, अरुण कुमार सिंह, भोला थापा, नरबहादुर पाख्रिन  विश्वरमण न्यौपाने, गंगा चिमरिया लगायतलाई दोसल्ला र सम्मान पत्रले सम्मानित गरेको हो 
त्यसैगरी संघले शिक्षक सेवा आयोगद्वारा लिइएको आन्तरिक प्रतियोगिताबाट हालसालै स्थायी हुन सफल ४५ जना शिक्षकहरुलाई हार्दिक बधाई एवम् शुभकामनाका साथ सम्मान गरेको संघका जिल्ला उपाध्यक्ष गणेश प्रसाद हुमागाईले बताए । 
कार्यक्रम मार्फत संघका सह सचिब  टीका दाहालले शिक्षक संघको साङ्गठनिक र प्रगति प्रतिवेदन तथा सचिब केशव देवकोटाले आर्थिक प्रतिवेदन  प्रस्तुत गरेका  थिए । कार्यक्रममा नेपाल शिक्षक संघ मकवानपुरद्वारा प्रकाशित शैक्षिक सत्र २०७६ को क्यालेन्डर सार्वजनिक गरी वितरण गरिएको थियो भने अन्य शिक्षक संगठन परित्याग गरि नेपाल शिक्षक संघमा प्रवेश गर्नुहुने शिक्षकहरुलाई संघको सदस्यता प्रदान स्वागत गरिएको उपाध्यक्ष  हुमागाईले बताए । 

56459534_1233148436837244-1554568683.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

थप समाचार