Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

संशोधनको माग गर्दै कानून मन्त्री जम्कट्टेलाई ज्ञापनपत्र

Photo-1554631852.jpg

२४ चैत, हेटौँडा । ३ नम्बर प्रदेश सभामा प्रस्तुत भएको सूचनाको हक सम्बन्धी विधेयकले सूचनाको हक सम्बन्धी अधिकारलाई कमजोर बनाउने भन्दै संशोधनका लागि ज्ञापनपत्र बुझाईएको छ । सूचनाको हक सम्बन्धी नागरिक अभियान मकवानपुरले संशोधनको माग गर्दै प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कट्टेललाई ज्ञापनपत्र बुझाएको हो । 
अभियानका अध्यक्ष एवं नेपाल पत्रकार महासंघ मकवानपरका उपाध्यक्ष कुमार अधिकारीले बुझाएको ज्ञापनपत्रमा विधेयकको प्रावधान अनुसार प्रदेश पुनरावेदन समिति मन्त्रालयको इकाईको रुपमा रहने भएकाले यसलाई स्वायत्त समिति बनाउनुपर्ने माग गरिएको छ । यसैगरी, पुनरावेदन समितिको सट्टा प्रदेश सूचना अयोग बनाईनुपर्ने, समितिका अध्यक्ष र पदाधिकारी चयन गर्ने समिति सभामुखको संयोजकत्वमा बनाईनुपर्ने, सूचना नदिने अधिकारीलाई कारवाहीको दायरामा ल्याईनुपर्ने लगायतका माग गरिएको छ । कार्यक्रममा पत्रकार महासंघका सचिव गणेशदर्पण अधिकारी, सहसचिव धर्मेन्द्र दाहाल, पत्रकार गिरिजा अधिकारी, रुपेश दुलाल लगायतका सहभागिता रहेको थियो । 
मन्त्री जम्मकट्टेलले विधेयकमाथि उठेका विषयहरु सराकात्मक रहेको भन्दै आफुहरुले आवश्यकता अनुसार संशोधनका लागि काम गर्ने बताए । उनले प्रदेशसभादेखि सरोकारवालाहरुसम्मको सुझाव र विषयगत समितिमा भएको छलफलबाट प्रदेश सूचनाको हक सम्बन्धी विधेयक अधिकार स्थापित गर्ने ढंगको बन्ने विश्वास समेत व्यक्त गरे ।
प्रदेशसभामा प्रस्तुत विधयेकमाथि सांसदहरुले पनि संशोधन परेको प्रदेशसभा सचिवालयले जनाएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

आइपिएलको टिकट मूल्य सार्वजनिक
Nepal_Premier_League_offi-1792716535.png

६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...

आज पनि टीका लगाउने क्रम जारी
Screenshot_20261023_06275-1792716181.jpg

६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1792715895.jpg

६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ।  तराई...

पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज
Jhalanath-Khanal-17912015-1792632009.jpg

५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

टीका र जमरा लगाउने क्रम जारी
dashain-teeka-1792631601.jpg

५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...

हात्तीको आक्रमणबाट दुई व्यक्तिको मृत्यु
elephant-e1785897096641-1792545547.jpg

४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...

एनपीएल तेस्रो संस्करणमा डीआरएस प्रयोग गरिने
1792466625331-x81iv6f-1792545334.png

४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...

थप समाचार