Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

संशोधनको माग गर्दै कानून मन्त्री जम्कट्टेलाई ज्ञापनपत्र

Photo-1554631852.jpg

२४ चैत, हेटौँडा । ३ नम्बर प्रदेश सभामा प्रस्तुत भएको सूचनाको हक सम्बन्धी विधेयकले सूचनाको हक सम्बन्धी अधिकारलाई कमजोर बनाउने भन्दै संशोधनका लागि ज्ञापनपत्र बुझाईएको छ । सूचनाको हक सम्बन्धी नागरिक अभियान मकवानपुरले संशोधनको माग गर्दै प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कट्टेललाई ज्ञापनपत्र बुझाएको हो । 
अभियानका अध्यक्ष एवं नेपाल पत्रकार महासंघ मकवानपरका उपाध्यक्ष कुमार अधिकारीले बुझाएको ज्ञापनपत्रमा विधेयकको प्रावधान अनुसार प्रदेश पुनरावेदन समिति मन्त्रालयको इकाईको रुपमा रहने भएकाले यसलाई स्वायत्त समिति बनाउनुपर्ने माग गरिएको छ । यसैगरी, पुनरावेदन समितिको सट्टा प्रदेश सूचना अयोग बनाईनुपर्ने, समितिका अध्यक्ष र पदाधिकारी चयन गर्ने समिति सभामुखको संयोजकत्वमा बनाईनुपर्ने, सूचना नदिने अधिकारीलाई कारवाहीको दायरामा ल्याईनुपर्ने लगायतका माग गरिएको छ । कार्यक्रममा पत्रकार महासंघका सचिव गणेशदर्पण अधिकारी, सहसचिव धर्मेन्द्र दाहाल, पत्रकार गिरिजा अधिकारी, रुपेश दुलाल लगायतका सहभागिता रहेको थियो । 
मन्त्री जम्मकट्टेलले विधेयकमाथि उठेका विषयहरु सराकात्मक रहेको भन्दै आफुहरुले आवश्यकता अनुसार संशोधनका लागि काम गर्ने बताए । उनले प्रदेशसभादेखि सरोकारवालाहरुसम्मको सुझाव र विषयगत समितिमा भएको छलफलबाट प्रदेश सूचनाको हक सम्बन्धी विधेयक अधिकार स्थापित गर्ने ढंगको बन्ने विश्वास समेत व्यक्त गरे ।
प्रदेशसभामा प्रस्तुत विधयेकमाथि सांसदहरुले पनि संशोधन परेको प्रदेशसभा सचिवालयले जनाएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

थप समाचार