२४ चैत, हेटौँडा । नेपाली कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता एवं मकवानपुर जिल्ला सभापति ईन्द्रबहादुर बानियाँले जनआन्दोलन दिवसको अवसरमा सबैलाई शुभकामना दिएका छन् ।
आइतबार शुभकामना बक्तव्य जारी गर्दै उनले २०६२ चैत २४ गतेबाट शुरु भएको दोस्रो जनआन्दोलन जनताको बलमा सफल भएको भन्दै यसले देशमा राजनैतिक व्यस्थामा आमूल परिवर्तन गरेको स्मरण गरे । उनले संघीय लोकतान्त्रिक गणतन्त्र उत्कृष्ट राजनैतिक व्यवस्था भएको भन्दै फेरि पनि आन्दोलनको नाममा जनताले रगत बनाउन नपरोस् भन्ने तर्फ सचेत रहनुपर्नेमा समेत जोड दिए ।
बक्तव्यमा उनले संघीयताको मर्म अनुसार अघि बढ्न र शान्ति र समृद्धिको अभियानमा जुट्न समेत सबैलाई आग्रह गरेका छन् । यसका लागि बोली र व्यहारमा एकरुपता ल्याउन सरकारले कदम अघि बढाउनुपर्नेमा जोड दिएका छन् । लामो समय सशस्त्र युद्ध गरेको शक्ति समेत नेपाली कांग्रेसको नेतृत्व र पहलमा राजनैतिक मूल धारमा आएको भन्दै बानियाँले हरेक समस्यालाई शान्तिपूर्ण वार्ताको माध्यमबाट समाधान गर्न सकिनेतर्फ सचेत रहन वर्तमान सरकारको ध्यानाकर्षण गराएका छन् ।
आफ्ना मागलाई सम्बोधन गराउनका लागि हिंसात्मक गतिविधिमा लागेकाहरुलाई वन्देजका माध्यमबाट नभई शान्तिपूर्ण वार्ताको माध्यमबाट सहमतिमा ल्याउन वर्तमान सरकारलाई बानियाँको आग्रह छ । जनताले प्राप्त गरेका उपलव्धीलाई कुनै पनि बहानामा कमजोर गर्ने गतिविधिमा नलाग्न समेत उनले सबैलाई आग्रह गरेका छन् ।
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् । एनपीएलमा आज बिहान चितवन राइनोज र...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
२९ असोज, हेटौंडा । शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप...










-nepal-1792111426.jpg)







