२५ चैत, हेटौँडा । ३ नम्बर प्रदेश सभामा प्रस्तुत भएको सूचनाको हक सम्बन्धी विधेयकले सूचनाको हक सम्बन्धी अधिकारलाई कमजोर बनाउने भन्दै संशोधनका लागि सभामुख र समिति सभापतिलाई ज्ञापनपत्र बुझाईएको छ । सूचनाको हक सम्बन्धी नागरिक अभियान मकवानपुरले संशोधनको माग गर्दै प्रदेशका सभामुख सानुकुमार श्रेष्ठ र प्रदेश मामिला समितिका सभापति माधवप्रसाद पौडेललाई ज्ञापनपत्र बुझाएको हो ।
अभियानका अध्यक्ष एवं नेपाल पत्रकार महासंघ मकवानपरका उपाध्यक्ष कुमार अधिकारी नेतृत्वको टोलीले श्रेष्ठ र पौडेललाई सभामुखको कार्यकक्षमा ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्रमा विधेयकको प्रावधान अनुसार प्रदेश पुनरावेदन समिति मन्त्रालयको इकाईको रुपमा रहने भएकाले यसलाई स्वायत्त समिति बनाउनुपर्ने माग गरिएको छ ।
यसैगरी, पुनरावेदन समितिको सट्टा प्रदेश सूचना अयोग बनाईनुपर्ने, समितिका अध्यक्ष र पदाधिकारी चयन गर्ने समिति सभामुखको संयोजकत्वमा बनाईनुपर्ने, सूचना नदिने अधिकारीलाई कारवाहीको दायरामा ल्याईनुपर्ने लगायतका माग गरिएको छ । कार्यक्रममा गिरिजा अधिकारीले ऐनका प्रावधान र त्यसले पार्ने दिर्घकालिन असरबारे दुबै जनालाई अवगत गराएका थिए ।
ज्ञापनपत्र बुझ्दै सभामुख श्रेष्ठले अभियानले उठाएका विषयबस्तुहरु प्रदेशभा सो विधेयकमाथिको सैद्धान्तिक छलफलका क्रममा सांसदहरुले उठाएकाले यसलाई विषयगत समितिले ध्यान दिने विश्वास व्यक्त गरे । प्रदेश मामिला समितिका सभापति पौडेलले विधेयकलाई दिर्घकालसम्म संशोधन गर्नुपर्ने ढंगले तयार गर्नका लागि सरोकारवाला पक्षसंग छलफल गरेर मात्रै समितिको बैठक बस्ने बताउँदै अभियानको ज्ञापनपत्रले यसका लागि थप सहयोग गरेको बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघका कार्यसमिति सदस्यहरु र संचारकर्मीहरुको सहभागिता रहेको थियो ।
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् । एनपीएलमा आज बिहान चितवन राइनोज र...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
२९ असोज, हेटौंडा । शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप...










-nepal-1792111426.jpg)







