Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

केन्द्रको सेवा स्थानीय सरकारबाटै

पुर्नसंरचना प्राविधिक सहयोग समितिले छलफललाई तिब्रता

Makwanpur Map.jpg

७ साउन, हेटौँडा । केन्द्र, क्षेत्र, डिभिजन, अञ्चल, जिल्लाबाट पाउने सेवाहरु अब स्थानीय सरकार अर्थात् गाउँपालिका र नगरपालिकाबाट पाउँने भएका छन् । त्यस्तै, अहिलेको गाबिसबाट पाउने सेवाहरु वडा वा संयुक्त वडा कार्यालयहरुबाटै पाउँने भएका छन् । संघीय संरचना अनुसार क्षेत्रीय, डिभिजन, अञ्चल, जिल्ला कार्यालयहरु नरहने भएकाले गाउँपालिका र नगरपालिकामै धेरै अधिकार रहनेछन् । स्थानीय तह पुर्नसंरचना प्राविधिक सहयोग समिति, मकवानपुरले शुक्रबार हेटौँडामा गरेको छलफल कार्यक्रममा यस्तो जानकारी दिईएको हो ।
समितिले राजनितिक दलका प्रतिनिधि र पत्रकारहरुसँग छुट्टाछुट्टै छलफल, परामर्श गरेको थियो । कार्यक्रममा गाउँपालिका, नगरपालिका तथा बिशेष, संरक्षित वा स्वायत्त क्षेत्रको संख्या तथा सीमाना निर्धारण आयोगको कार्यबिधीबारे जानकारी दिईएको थियो ।

स्थानीय तह पुर्नसंरचना प्राविधिक सहयोग समितिका सदस्य सचिव एवम् जिल्ला बिकास समितिका योजना अनुगमन तथा प्रशासकीय अधिकृत किसान न्यौपानेले कार्यपत्र प्रस्तुत गरेका थिए । उनले गाउँपालिका, नगरपालिकाका आधार तथा मापदण्डहरु, केन्द्र तोक्ने आधार, स्थानीय निकाय र स्थानीय सरकारमा फरक, साविकमा र अब हुने सेवा प्रवाहहरु, बिशेष, संरक्षित वा स्वायत्त क्षेत्र निर्धारण गर्ने आधारहरु, शर्तहरु लगाएतका बिषयमा जानकारी दिएका थिए । कार्यक्रममा स्थानीय तह पुर्नसंरचना प्राविधिक सहयोग समितिका संयोजक एवम् जिल्ला बिकास समिति मकवानपुरका स्थानीय बिकास अधिकारी लक्ष्मण बिक्रम थापाले सहभागीको जिज्ञासाको जवाफ दिएका थिए ।
सरोकारवालासँगको छलफललाई तिब्रता
स्थानीय तह पुर्नसंरचना प्राविधिक सहयोग समिति मकवानपुरले कार्ययोजना बनाएरै सरोकारवालासँगको छलफललाई तिब्रता दिएको छ । साउन ५ र ६ गते आन्तरिक तयारी र कार्ययोजना निर्माण गरेको समितिले साउन २८ गते आयोगलाई प्रतिबेदन पठाउने तयारी गरेको छ । साउन ९ गते गाबिस सचिव र कार्यालय प्रमुखहरुसँग, साउन १० गते नागरिक समाज, अगुवा व्यक्ति र गैरसरकारी संस्थाका प्रतिनिधीसँग र साउन ११ गते साँसद, पूर्वमन्त्री, पूर्व साँसद, पूर्व जनप्रतिनिधी, राजनितिक दलका प्रतिनिधी र बिज्ञसँग छलफल गर्ने योजना छ ।

साउन १३ गते मन्त्री, पूर्वमन्त्री, साँसद, पूर्व साँसद, पूर्व जनप्रतिनिधी, राजनितिक दलका प्रतिनिधी र बिज्ञहरुको सहभागितामा जिल्ला स्तरीय परामर्श कार्यशाला गोष्ठी गरिनेछ । त्यस्तै, साउन १४ गतेदेखि २४ गतेसम्म सम्भावित÷प्रस्तावित गाउँपालिका, नगरपालिकाका स्थानीय सरोकारवालाहरुको सहभागितामा स्थानीय परामर्श कार्यशाला गोष्ठी गरिने स्थानीय तह पुर्नसंरचना प्राविधिक सहयोग समितिका सदस्य सचिव एवम् जिबिसका योजना अनुगमन तथा प्रशासकीय अधिकृत किसान न्यौपानेले जानकारी दिए । साउन २६ गते मन्त्री, पूर्वमन्त्री, साँसद, पूर्व साँसद, पूर्व जनप्रतिनिधी, राजनितिक दलका प्रतिनिधी र बिज्ञहरुको सहभागितामा जिल्लास्तरीय कार्यशाला गोष्ठी गरि गाउँपालिका र नगरपालिकाको संख्या, नाम, केन्द्र तथा सीमाना निर्धारण गरिने बताईएको छ । सञ्चारमाध्यमहरुबाट सूचना प्रवाह गर्ने जनाउँदै समितिले सुझाबहरु दिन सार्वजनिक रुपमा आव्हान समेत गरेको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
खगराज अधिकारीको नियुक्तिविरुद्ध परेको रिट खारेज
img-04-(1)-1714404362.jpg

१७ बैशाख, काठमाडौं । सर्वोच्च अदालतले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्तिविरुद्ध परेको रिट...

तरुण भवन बनाउन केन्द्रीय सदस्य भेटवालको २ लाख ५५ हजार सहयोग
rajeshji-1714395451.JPG

१७ बैशाख, हेटौंडा । नेपाली कांग्रेसको युवा दस्ता नेपाल तरुण दलको केन्द्रीय कार्यसमिति भवन निर्माणका लागि तरुण...

माइतीघरका नायक लोहनीको निधन
Cp-lohani-1714383920-1714392628.jpg

१७ बैशाख, काठमाडौं । कलाकार सिपी लोहनीको निधन भएको छ। उनको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारको क्रममा निधन भएको...

वडाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा दायर
Screenshot_20240429_17514-1714392419.jpg

१७ बैशाख, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुको महाराजगंज नगरपालिका-२ का वडाध्यक्षविरुद्ध...

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
Gold-1714381508.jpg

१७ बैशाख, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सोमबार सुनको मूल्य प्रतितोला ४०० रुपैयाँ घटेको हो...

बझाङमा एमालेका उम्मेदवार भण्डारी विजयी
Daman-Bahadur-Bhandari-Ba-1714378671.jpg

१७ बैशाख, बझाङ । बझाङ-१ (१) मा भएको उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारी विजयी भएका छन्...

स्काभेटर दुर्घटना हुँदा एक जनाको मृत्यु
accident.-1714378089.jpg

१७ बैशाख, कालिकोट । कालिकोटमा स्काभेटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्काभेटरका सहचालक...

बझाङमा कांग्रेसको सिंहको अग्रता, एमालेका भण्डारी पछ्याउदै
congress-uml-2-1714358159.jpg

१७ बैशाख, चैनपुर।  बैशाख १५ गते इलाम र बझाङमा सम्पन्न उप- निर्वाचनको मतगणना भइरहेको छ। सोमबार बिहान ८ बजे सम्मको...

दाङमा आगलागीबाट २३ घर जलेर नष्ट
aglagi-e1695432403369-1714356914.jpg

१७ बैशाख, दाङ । दाङको राजपुर गाउँपालिका ७ हाडेवासमा २३ घर जलेर नष्ट भएका छन् । आगलागीबाट घर र गोठ जलेर नष्ट भएका...

थप समाचार