Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

पब्जी खेलले मानसिक समस्या ल्याउँदै

Pubg-1554792672.jpg

२६ चैत, काठमाडौँ । बालबालिका र किशोरकिशोरीमाझ लोकप्रिय खेल पब्जीले मानसिक समस्या निम्त्याएको भन्दै यसलाई तत्काल बन्द गर्नुपर्ने सुझाव विज्ञहरूले दिएका छन् । 
यो खेलले हिंसाप्रति उनीहरूको लगाब बढेको मनोचिकित्सकहरू बताउँछन् । खेलाडीहरूको अज्ञात युद्धस्थल अर्थात् ‘प्लेयर्स अननोन बेटल ग्राउन्ड ९पब्जी० अति खेल्ने बालबालिकामा मानसिक असन्तुलनसमेत देखिएकाले यसलाई उनीहरूको पहुँचबाट टाढा राख्नुपर्ने निष्कर्षमा मनोविद्हरू पुगेका हुन् । ‘पब्जी खेलमा हिंसा हुने भएकाले खेल्नेहरूमा बिस्तारै हिंस्रक व्यवहार देखिन थाल्छ,’ युवा मनोपरामर्शदाता सुनिल अधिकारी भन्छन्, ‘त्यसको प्रभाव बढ्दै गएर धेरै बालबालिका र किशोरको मानसिक सन्तुलन नै खलबलिएको छ ।’
हिंसालाई प्रोत्साहन गर्ने खेल पब्जीले एउटा पुस्ता नै बिगार्ने संकेत देखिएको भन्दै उनले थपे, ‘सरकारले तत्काल यसलाई प्रतिबन्ध लगाउनुपर्छ ।’ पब्जी भनेको दुईविपरीत समूहका लडाकुहरू कुनै अज्ञातस्थलमा हातहतियारबाट सुसज्जित भई एकले अर्कालाई सक्दो घातक हतियार प्रहार गरी मार्ने काममा अघि बढ्ने खेल हो ।
२०१७ मा दक्षिण कोरियाको ब्लु होल भन्ने कम्पनीले सार्वजनिक गरेको अनलाइन खेल पब्जीमा एकै पटक ६ जनासम्मले काल्पनिक युद्ध गर्न सक्छन् । मनोविद्हरूका अनुसार अर्को पक्षलाई जति मार्‍यो उति खेलाडीको प्रगति हुने यो खेलमा घण्टौंघण्टा बिताएका बच्चाहरू वास्तविक जीवनमा पनि मार्ने र जित्ने भावनाले उत्प्रेरित हुने गर्छन् ।
बाल मनोविद् वासु आचार्यका अनुसार अधिकांश बालबालिकाहरू अहिले पब्जीका अम्मली भएका छन् । पब्जीले मानसिक असन्तुलनको अवस्थामा पुगेका बालकहरू उनकोमा दिनहुँ उपचार गराइमाग्न आउँछन् । तिनैमध्येका हुन्, धरानका एक दसवर्षे बालक । जागिरे दम्पतीका सन्तान उनलाई पब्जीको यस्तो लत लाग्यो कि, कक्षामै बस्न नसक्ने भए ।
‘पब्जीमा उनी यति डुबिसकेका थिए कि हातमा मोबाइल नहुँदा छटपटाहट भएर शौच आउलाजस्तो भावले उनलाई बिरामीजस्तो बनाउँथ्यो,’ आचार्य भन्छन्, ‘मोबाइल दिएपछि भने उनी फेरि दुरुस्त भएजस्ता हुन्थे ।’ धरानदेखि काठमाडौं आइरहन ती बालकका परिवारलाई व्यावहारिक नभएकाले अनलाइनबाटै मनोविद् आचार्यले मनोपरामर्श गरिरहेका छन् ।
पब्जीले बिगारेका बच्चाहरूको यस्ता थुप्रै उदाहरणहरू डा। आचार्यसँग छ । सात कक्षामा पढ्ने एक बच्चाले आफ्नै बाआमालाई नै थुक्ने र लात्तले हान्ने व्यवहार देखाएपछि उपचारका लागि उनकोमा ल्याए । संसारभरिकै बालबालिकाका माझ छिट्नै नै लोकप्रिय भएको पब्जीले यस्तै विकारहरू धेरै ठाउँमा देखाउन थालेपछि यसलाई प्रतिबन्ध लगाउने क्रम पनि सुरु भएको छ । जस्तो कि, पछिल्लो समय भारतको गुजरात राज्यले यसलाई खेल्न प्रतिबन्ध मात्र लगाएन, खेल्नेहरूलाई पनि पक्राउ गर्‍यो ।
‘नेपालमा पनि त्यो गर्नुपर्छ किनभने यसले बालबालिकाको सिर्जनात्मक क्षमता पूर्णरूपमा मारिदिने गरेको छ,’ आचार्य भन्छन् । विश्व स्वास्थ्य संगठनले गत वर्ष यस्ता खालको लक्षणलाई मानसिक असन्तुलन भनेर प्रमाणितसमते गरिसकेको छ ।
साभार : कान्तिपुर


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

थप समाचार