२६ चैत, हेटौँडा । ३ नम्बर प्रदेशका प्रदेशसभा सदस्यहरुले प्रदेशको स्थायी राजधानीको टुंगो कहिले लाग्ने भनेर प्रश्न गरेका छन् ।
मंगलबार प्रदेशसभाको विशेष समयमा बोल्दै उनीहरुले राजधानको टुंगो लगाउन आलटाल नगर्न समेत सचेत गराएका छन् । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसकी प्रमुख सचेतक राधा घलले राजधानी बारेको अन्यौलताले जनताले प्रदेश सरकारलाई गिज्याईरहेको बताईन् । उनले दुईतिहाई नेतृत्वको सरकारलाई राजधानी तोक्न के कुराले छेक्यो भनेर प्रश्न गरिन् । लामो समयको अन्यौलतापछि प्रदेश सदस्यको दवावबीच राजधानीको विषयले प्रवेश पाएको भन्दै उनले फेरि किन ढिलाई भएको भन्नेबारेमा आफुहरु अन्यौलमा रहेको बताईन् । उनले ९ दिनमा नौलो, २० दिनमा विर्सियो भन्ने नेपाली उखान चरितार्थ नगर्न समेत सचेत गराएकी छिन् । उनले राजधानीको विषय अघि बढ्ने हो भने प्रतिपक्ष फरक ढंगले प्रस्तुत हुनुपर्ने चेतावनी दिईन् ।
त्यसैगरी, सत्तापक्षीय प्रदेशसभा सदस्य रत्नप्रसाद ढकालले प्रदेशसभाको अधिकार प्रयोग गर्दै राजधानी तोक्नुपर्नेमा जोड दिए । अर्का प्रदेशसभा सदस्य ओमबहादुर ग्लानले प्रदेशको राजधानीसंग नामाकरण समेत टुंगो लगाउनुपर्नेमा जोड दिंदै नाम भने नेवा–ताम्सालिङ हुनुपने बताए । त्यस्तै, प्रदेशसभा सदस्य हिरानाथ खतिवडाले पनि राजधानी र नाम टुंगो लगाउन ढिलाई गर्न नहुने बताए ।
प्रदेशसभाको चैत १७ गतेको बैठकमा सभामुख सानुकुमार श्रेष्ठले प्रदेश राजधानीको टुंगो लगाउन उद्देश्यले कार्यविधि तय गर्न समिति गठन गर्ने व्यहोरा सुनाएका थिए । तर त्यसपछि कुनै पनि काम अघि नबढेको भन्दै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस र सत्तापक्षीय प्रदेशसभा सदस्य समेत रुष्ट छन् । सत्तापक्ष र प्रतिपक्षसंग समन्वय गरी समिति गठन गर्ने रणनीतिमा रहेका श्रेष्ठले सत्तापक्षबाट ‘ग्रिन सिग्नल’ नआउँदा प्रक्रिया अघि बढाएका छैनन् ।
७ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा शुरु...
७ असार, हेटौंडा । हाल कोशी प्रदेशको केहि स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ । अन्य भूभागमा पश्चिमी वायु, स्थानीय...
६ असार, हेटौंडा । व्यवसायी दीपक भट्ट र उद्योगी सुलभ अग्रवाललाई उच्च अदालत पाटनले बैंकिङ कसुरसम्बन्धी मुद्दामा...
६ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज चितवनको भरतपुरमा बस्दै छ...
६ असार, हेटौंडा । हाल नेपालको कोशी प्रदेशका केही भूभागमा मनसुनी प्रभाव रहेको छ । अन्य भूभागमा स्थानीय वायु तथा...
५ असार, हेटौंडा । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले आज कक्षा १२ को नतिजा...
५ असार, हेटौंडा । प्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८३ पारित भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री...
५ असार, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पूर्वीय वायूको...
४ असार, हेटौंडा । नेपाली कांग्रेसले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख तथा पदाधिकारीलाई प्रधानमन्त्री...
२५ जेठ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ८०० रुपैयाँले हो । छापावाल सुनको मूल्य...
३१ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय मनाङमा कार्यरत नायव सुब्बा ज्ञानराज...
२६ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग...
२५ जेठ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय कार्यसमितिको पूर्वनिर्धारित बैठक सारिएको छ...
२६ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान...
२५ जेठ, हेटौंडा । लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् हेरफेर गरिएको छ । नवनियुक्त पाँचजना मन्त्रीले पद तथा...
२६ जेठ, हेटौंडा । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको राजीनामा माग...
३१ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको...
३१ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश सभापतिमा उत्सव अर्याल विजयी बनेका छन् । दुई...

















