Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

समृद्धिका लागि प्राविधिक शिक्षा आवश्यक : मुख्यमन्त्री पौडेल

IMG_8041-1555168142.JPG

३० चैत, हेटौँडा । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणी पौडेलले देशको समृद्धिका लागि प्राविधिक शिक्षा आवश्यक रहेको बताएका छन् । हेटौडा–६ चौघडामा रहेको बंशगोपाल माध्यमिक विद्यालय ( प्राविधिक शिक्षालय) को शनिबार भएको १५ औं अभिभावक भेलामा बोल्दै मूख्यमन्त्री पौडेलले समृद्ध नेपाल, सुखी नेपालीको उद्धेश्य पूरा गर्न व्यवसायिक र प्राविधिक शिक्षा दिनुपर्नेमा जोड दिए ।
उनले प्रदेश सरकारले प्रदेश अन्तरगत रहेका १ सय ६१ वटा विद्यालयलाई प्रति विद्यालय २० लाखका दरले अनुदान दिने बताए । प्रदेश सरकारले प्रदेशको विकासको लागि काम गरिरहेको बताउँदै मुख्यमन्त्री पौडेलले शिक्षाको विकासको लागि शिक्षक, अभिभावक र विद्यार्थीको समन्वय आवश्यक रहेकोमा जोड दिए । भेलामा विद्यालयका प्रधानाध्यापक रमेशप्रसाद लामिछानेले विद्यालयको शैक्षिक,आर्थिक तथा भौतिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
भेलामा पूर्व व्यवस्थापन समितिका अध्यक्ष चन्द्रबहादुर मानन्धर, पूर्व शिक्षक विशालकुमार शर्मा, बद्रीबहादुर पाठक, रामकृपाल शाह, शिक्षक गोविन्दप्साद आचार्य, कर्मचारी कृष्णप्रसाद नेपाललाई नगद पुरस्कार सहित सम्मातिन गरिएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्याम प्रसाद श्रेष्ठको अध्यक्षतामा भएको भेलामा मकवानपुर जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलाल, हेटौडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत,हेटौडा–६ का वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाई, हेटौँडा उपमहानगरपालिका शिक्षा ईकाईका संयोजक कृष्णप्रसाद घिमिरे, शिक्षक नारायणप्रसाद रेगमी लगायतले मन्तव्य व्यक्त गरेका थिए । 
भेलामा कक्षागत रुपमा प्रथम, द्वितीय र तृतिय, बढी दिन उपस्थित हुने, उत्कृष्ट अंक हासिल गर्ने विद्यार्थाीहरुलाई पुरस्कृत गरिएको थियो ।

IMG_8050-1555168144.JPG

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

थप समाचार