Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

राजनीति

समृद्धिका लागि प्राविधिक शिक्षा आवश्यक : मुख्यमन्त्री पौडेल

IMG_8041-1555168142.JPG

३० चैत, हेटौँडा । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणी पौडेलले देशको समृद्धिका लागि प्राविधिक शिक्षा आवश्यक रहेको बताएका छन् । हेटौडा–६ चौघडामा रहेको बंशगोपाल माध्यमिक विद्यालय ( प्राविधिक शिक्षालय) को शनिबार भएको १५ औं अभिभावक भेलामा बोल्दै मूख्यमन्त्री पौडेलले समृद्ध नेपाल, सुखी नेपालीको उद्धेश्य पूरा गर्न व्यवसायिक र प्राविधिक शिक्षा दिनुपर्नेमा जोड दिए ।
उनले प्रदेश सरकारले प्रदेश अन्तरगत रहेका १ सय ६१ वटा विद्यालयलाई प्रति विद्यालय २० लाखका दरले अनुदान दिने बताए । प्रदेश सरकारले प्रदेशको विकासको लागि काम गरिरहेको बताउँदै मुख्यमन्त्री पौडेलले शिक्षाको विकासको लागि शिक्षक, अभिभावक र विद्यार्थीको समन्वय आवश्यक रहेकोमा जोड दिए । भेलामा विद्यालयका प्रधानाध्यापक रमेशप्रसाद लामिछानेले विद्यालयको शैक्षिक,आर्थिक तथा भौतिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
भेलामा पूर्व व्यवस्थापन समितिका अध्यक्ष चन्द्रबहादुर मानन्धर, पूर्व शिक्षक विशालकुमार शर्मा, बद्रीबहादुर पाठक, रामकृपाल शाह, शिक्षक गोविन्दप्साद आचार्य, कर्मचारी कृष्णप्रसाद नेपाललाई नगद पुरस्कार सहित सम्मातिन गरिएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्याम प्रसाद श्रेष्ठको अध्यक्षतामा भएको भेलामा मकवानपुर जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलाल, हेटौडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत,हेटौडा–६ का वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाई, हेटौँडा उपमहानगरपालिका शिक्षा ईकाईका संयोजक कृष्णप्रसाद घिमिरे, शिक्षक नारायणप्रसाद रेगमी लगायतले मन्तव्य व्यक्त गरेका थिए । 
भेलामा कक्षागत रुपमा प्रथम, द्वितीय र तृतिय, बढी दिन उपस्थित हुने, उत्कृष्ट अंक हासिल गर्ने विद्यार्थाीहरुलाई पुरस्कृत गरिएको थियो ।

IMG_8050-1555168144.JPG

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
जलन-सम्बन-1746938159.gif
हेटौंडामा दुर्घटना, मोटरसाइकल चालकको मृत्यु
acc1-1782563419.jpg

१३ असार, हेटौंडा । पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडा उपमहानगरपालिका-९ पशुपतिनगरमा भएको दुर्घटनामा...

सेनेगलको इराकमाथि फराकिलो जित
Senegal-1782523027.jpg

१३ असार, हेटौंडा । फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह चरणको अन्तिम खेलमा सेनेगलले इराकमाथि फराकिलो जित...

एन्फा पूर्व अध्यक्ष शेर्पा पक्राउ
1782494101-RckgT-1782522600.jpg

१३ असार, हेटौंडा । अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष कर्मा छिरिङ शेर्पालाई प्रहरीले पक्राउ गरेको छ ।...

तीन प्रदेशमा मनसुनको प्रभाव
water-1782522034.jpg

१३ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

दुई राउन्ड गोलीसहित दुई जना पक्राउ
arrested-(1)-1782436668.jpg

१२ असार, हेटौंडा । सप्तरीको बलान बिहुल गाउँपालिकाबाट दुई राउन्ड गोलीसहित दुई जना पक्राउ परेका छन् । पकाउ...

जर्मनी इक्वेडरसँग पराजित
731338559_100508308211203-1782435793.jpg

१२ असार, हेटौंडा । समूह चरणको अन्तिम खेलमा जर्मनी इक्वेडरसँग पराजित भएको छ । समूह 'इ' को अन्तिम खेलमा इक्वेडरले...

आंशिक बदली रहने
Screenshot_20250526_06180-1782435407.jpg

१२ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको...

महावीर पुन र चिनियाँ राजदूतबीच भेट
730688577_149791549214667-1782350709.jpg

११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...

ब्राजिलद्वारा स्कटल्यान्डमाथि जित दर्ता
image-193-1782350237.png

११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...

थप समाचार