१ बैशाख हेटौँडा । नेपाल तरुण दल हेटौँडा ६ नम्बर वडा इकाईले गरेको जिल्लास्तरीय खुल्ला दौड प्रतियोगितामा सन्जिव मिजार प्रथम भएका छन् । दौडमा निर्धारित ५ किलोमिटरको दुरी १६ मिनेट ११ सेकेण्डमा पार गर्दै मिजार प्रथम भएका हुन् ।
दौडमा १७ मिनेट १ सेकण्डमा दुरी पार गर्दै सागर लामा दोस्रो र १७ मिनेट ४१ सेकेण्डमा दुरी पार गर्दै शरण थिङ तेस्रो भए । १७ मिनेट ५२ सेकेण्डमा दुरी पार गर्दै देवेन्द्र ढकाल चौथो र १७ मिनेट ५३ सेकेण्डमा दुरी पार गरी सविन व्लोन पाँचौ भए । प्रथम हुनेले नगद १५ हजार, दोस्रो हुनेले नगद १० हजार र तेस्रो हुनेले नगद ५ हजार रुपैँयासहित शिल्ड र मेडल प्राप्त गरे भने चौथोले नगद २ हजार रुपैँया र पाँचौ हुनेले नगद १ हजार रुपैँया प्राप्त गरे ।
विजयी खेलाडिहरुलाई कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता एवं जिल्ला सभापति ईन्द्रबहादुर बानियाँ, निवर्तमान सभापति रघुरमण न्यौपाने, जिल्ला सचिव बुद्ध लामा, प्रमुख सल्लाहकार माइकल रामचन्द्र अर्याल, सल्लाहकार रिता खनाल लगायतले पुरस्कार प्रदान गरेका थिए ।
तरुण दल हेटौँडा ६ नम्बर इकाई अध्यक्ष एवं वडा सदस्य राजकुमार बास्तोलाको सभाध्यक्षतामा भएको कार्यक्रममा नगर सभापति आनन्दराम पराजुली, कांग्रेस ६ नम्बर इकाई अध्यक्ष रामहरी तिमल्सिना, नेता होमनाथ गौतम लगायत, इकाई सचिव भरत सापकोटाले मन्तव्य व्यक्त गरेका थिए । तरुण दलले बर्षेनी गर्दै आएको दौडमा यसपटक मकवानपुरका ३५ जना धावकको सहभागिता रहेको थियो । दौडको पुरस्कार र शुभकामना आदानप्रदान कार्यक्रमका लागि स्थानीय संघसंस्था र समाजसेवीले आर्थिक सहयोग गरेका थिए ।
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...


















