१ बैशाख, हेटौँडा । किशोरकिशोरीद्वारा मद्यपान, लागुऔषध दुब्र्यसनी, बालविवाह र बालश्रमको विद्यमान अवस्था बारेमा गरेको अध्ययनको प्रतिवेदन सार्वजनिक गरिएको छ । बकैया गाँउपालिका वडा नम्बर ३ को विभिन्न स्थानमा गरिएको सर्वेक्षण प्रतिवेदन सार्वजनिक गरिएको हो । सर्वेक्षण सिविन नेपालको समन्वय र वडाको सहकार्यमा भएको थियो ।
बालविवाहको अवस्था बारे हात्तीसुँडेमा, बालश्रमको बारेमा जलजले, चम्पाखहरेमा र लागु औषध दुव्र्यसनी बारे वसनमा ३/३ जनाको समुह बनाई सर्वेक्षण गरिएको र सर्वेक्षणबाट प्राप्त निष्कर्षले वडा कार्यालयलाई बालमैत्री वडा बनाउन मद्धत पुग्ने वडा अध्यक्ष दिल बहादुर बम्जनले बताए । मद्यपान, लागुऔषध दुब्यर्सनीको बारेमा १९ घरधुरी, बालश्रमको विषयमा १२ घर धुरी, बालविवाहको बारेमा १५ घर धुरी गरि ४६ घरधुरीबाट नमुना प्राप्त गरिएको, सर्वेक्षणले किशोरकिशोरीहरुले लागु औषध प्रयोग गर्ने गरेको, बालविवाह समस्याको रुपमा देखिएको र बालश्रमको अवस्था न्युन रहेको सिविन बालहेल्पलाइनका जिल्ला संयोजक झबिन्द्र ज्ञवालीले बताए ।
सर्वेक्षणका अनुसार लागुऔषध सेवन गर्ने समुहमा १९ वर्ष माथिका ५५ प्रतिशत, १५ देखि १८ वर्ष उमेर समुहका ३९ प्रतिशत, र १० देखि १४ का ६ प्रतिशत रहेका छन भने किशोरकिशोरीहरुले साथीभाइको लहैलहैमा लागेर, लागु औषध मद्यमान सजिलै उपलब्ध हुने भएर, अभिभावकको निगरानी नपुगेर, फेशन एवं रमाइलोको लागि लागु औषध मद्यपान सेवन गर्ने गरेको देखाएको छ ।
बालविवाहको बारेमा गरिएको अध्ययनअनुसार विवाह गर्ने उमेर बारे कतिलाई जानकारी छ भन्ने सन्र्दभमा सोधिएका मध्ये १३ प्रतिशतले १५ वर्ष मुनि, २७ प्रतिशतले १८ वर्षमुनि र ५३ प्रतिशतले २० वर्ष मुनि र ७ प्रतिशतले थाह नभएको बताए । बालविवाहक किन हुन्छ भन्ने सन्र्दभमा सोधिएको जिज्ञासामा सचेतनाको कमि, प्रेमसम्बन्ध, विद्यालय छोड्नु, यौन तथा प्रजनन स्वास्थ्य शिक्षाको ज्ञानको अभाव, सामाजिक सञ्जाल एवं मोवाइलको दुरुपयोग र कानुनी ज्ञानको अभावको कारण बालविवाह हुने गरेको देखिएको छ भने यसको रोकथामको लागि परिवार,समुदाय, किशोरकिशोरीको समुह, बालल्कव, , प्रहरी, वडा कार्यालय , बालहेल्पलाइन तथा संघसंस्थाको भुमिका महत्वपूर्ण हुने सर्वेक्षणले देखाएको छ ।
बकैया वडा न ३ मा बालश्रमको अवस्था न्युन देखिएको छ भने सो स्थानबाट अन्य विभिन्न स्थानमा काम गर्न गलैँचा, इटाभट्टा, होटल, घरेलु बालश्रमिकहरुको भने जाने गरेको पाईएको छ ।
१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...
१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...


















