१ बैशाख, हेटौँडा । किशोरकिशोरीद्वारा मद्यपान, लागुऔषध दुब्र्यसनी, बालविवाह र बालश्रमको विद्यमान अवस्था बारेमा गरेको अध्ययनको प्रतिवेदन सार्वजनिक गरिएको छ । बकैया गाँउपालिका वडा नम्बर ३ को विभिन्न स्थानमा गरिएको सर्वेक्षण प्रतिवेदन सार्वजनिक गरिएको हो । सर्वेक्षण सिविन नेपालको समन्वय र वडाको सहकार्यमा भएको थियो ।
बालविवाहको अवस्था बारे हात्तीसुँडेमा, बालश्रमको बारेमा जलजले, चम्पाखहरेमा र लागु औषध दुव्र्यसनी बारे वसनमा ३/३ जनाको समुह बनाई सर्वेक्षण गरिएको र सर्वेक्षणबाट प्राप्त निष्कर्षले वडा कार्यालयलाई बालमैत्री वडा बनाउन मद्धत पुग्ने वडा अध्यक्ष दिल बहादुर बम्जनले बताए । मद्यपान, लागुऔषध दुब्यर्सनीको बारेमा १९ घरधुरी, बालश्रमको विषयमा १२ घर धुरी, बालविवाहको बारेमा १५ घर धुरी गरि ४६ घरधुरीबाट नमुना प्राप्त गरिएको, सर्वेक्षणले किशोरकिशोरीहरुले लागु औषध प्रयोग गर्ने गरेको, बालविवाह समस्याको रुपमा देखिएको र बालश्रमको अवस्था न्युन रहेको सिविन बालहेल्पलाइनका जिल्ला संयोजक झबिन्द्र ज्ञवालीले बताए ।
सर्वेक्षणका अनुसार लागुऔषध सेवन गर्ने समुहमा १९ वर्ष माथिका ५५ प्रतिशत, १५ देखि १८ वर्ष उमेर समुहका ३९ प्रतिशत, र १० देखि १४ का ६ प्रतिशत रहेका छन भने किशोरकिशोरीहरुले साथीभाइको लहैलहैमा लागेर, लागु औषध मद्यमान सजिलै उपलब्ध हुने भएर, अभिभावकको निगरानी नपुगेर, फेशन एवं रमाइलोको लागि लागु औषध मद्यपान सेवन गर्ने गरेको देखाएको छ ।
बालविवाहको बारेमा गरिएको अध्ययनअनुसार विवाह गर्ने उमेर बारे कतिलाई जानकारी छ भन्ने सन्र्दभमा सोधिएका मध्ये १३ प्रतिशतले १५ वर्ष मुनि, २७ प्रतिशतले १८ वर्षमुनि र ५३ प्रतिशतले २० वर्ष मुनि र ७ प्रतिशतले थाह नभएको बताए । बालविवाहक किन हुन्छ भन्ने सन्र्दभमा सोधिएको जिज्ञासामा सचेतनाको कमि, प्रेमसम्बन्ध, विद्यालय छोड्नु, यौन तथा प्रजनन स्वास्थ्य शिक्षाको ज्ञानको अभाव, सामाजिक सञ्जाल एवं मोवाइलको दुरुपयोग र कानुनी ज्ञानको अभावको कारण बालविवाह हुने गरेको देखिएको छ भने यसको रोकथामको लागि परिवार,समुदाय, किशोरकिशोरीको समुह, बालल्कव, , प्रहरी, वडा कार्यालय , बालहेल्पलाइन तथा संघसंस्थाको भुमिका महत्वपूर्ण हुने सर्वेक्षणले देखाएको छ ।
बकैया वडा न ३ मा बालश्रमको अवस्था न्युन देखिएको छ भने सो स्थानबाट अन्य विभिन्न स्थानमा काम गर्न गलैँचा, इटाभट्टा, होटल, घरेलु बालश्रमिकहरुको भने जाने गरेको पाईएको छ ।
६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...
६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...
६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...
६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...
६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ। तराई...
५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...
५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...
४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२४ असोज, हेटौंडा । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ। गृह...
२४ असोज, हेटौंडा । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...





-1792715895.jpg)









-nepal-1792111426.jpg)


