Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

खेलकुद

१९ वर्ष मुनिको विश्वकप क्रिकेट छनोट खेलमा नेपालको तेश्रो जित 

Nepali-Cricket-Team-U-19-1555419427.jpg

३ वैशाख, हेटौँडा । १९ वर्ष मुनिको विश्वकप क्रिकेटअन्तर्गत एसियाली छनोट प्रतियोगितामा नेपालले तेश्रो जित निकालेको छ । मंगलबार भएको आफनो चौथो खेलमा नेपालले ओमनलाई १५० रनले पराजित गरेको हो ।
नेपालले दिएको २३० रनको लक्ष्य पछ्याएको ओमन ४५ औं ओभरको पहिलो बलमा ७९ रन बनाउँदै ‘अल आउट’ भएपछि १५० रनको पराजय व्यहोर्न बाध्य भयो ।
मलेसियाको सेलाङ्गोर टर्फ क्लबमा ओमनले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको नेपालले ४३ ओभर दुई बलमा सबै विकेट गुमाउँदै २२९ रन बनाएको थियो ।
नेपालका लागि रोहित पौडेलले सर्वाधिक ७५ रन बनाए भने प्रतीष जिसीले ४१, भीम सार्कीले ३९, अभिषेक बस्नेतले १५, रित गौतमले १० रन बनाए ।
जवाफी ब्याटिङमा उत्रिएको ओमनका लागि अमनप्रित सिराह र जील टन्नाले १३–१३ रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
नेपालका लागि पवन शराफले कसिलो बलिङ गर्दै १० ओभरमा २४ रन दिएर तीन विकेट लिए । १० ओभर नै बलिङ गरेका कुशल मल्लले १२ रन दिएर एक विकेट लिए । प्रतीष जिसी र सूर्य तामाङले दुई–दुई विकेट लिए ।
जारी प्रतियोगितामा नेपालको यो चौथो खेल हो । तीन खेलमा जित र एक हार व्यहोरेको नेपालले विश्वकपका लागि छनौट हुने सम्भावना जीवित राखेको छ । तर त्यसका लागि नेपालले आफ्नो बाँकी खेल जित्नुपर्नेछ भने युएईले कम्तिमा एक खेल हार्नुपर्नेछ ।

फोटोः गुगल


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
रास्वपाको राष्ट्रिय महाधिवेशन आजदेखि शुरु हुँदै
RSP-raswapa-1766815646-1782007389.jpg

७ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा शुरु...

मध्यम वर्षाको सम्भावना
water-1782006682.jpg

७ असार, हेटौंडा । हाल कोशी प्रदेशको केहि स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ । अन्य भूभागमा पश्चिमी वायु, स्थानीय...

दीपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउने आदेश
High-Court-Patan-768x461-1781917424.jpg

६ असार, हेटौंडा । व्यवसायी दीपक भट्ट र उद्योगी सुलभ अग्रवाललाई उच्च अदालत पाटनले बैंकिङ कसुरसम्बन्धी मुद्दामा...

रास्वपाको केन्द्रीय समिति बैठक आज बस्दै
RSP-raswapa-1766815646-1781917105.jpg

६ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज चितवनको भरतपुरमा बस्दै छ...

मध्यम वर्षाको सम्भावना
water-1781916900.jpg

६ असार, हेटौंडा । हाल नेपालको कोशी प्रदेशका केही भूभागमा मनसुनी प्रभाव रहेको छ । अन्य भूभागमा स्थानीय वायु तथा...

कक्षा १२ को नतिजा सार्वजनिक
Rastriya-1781847360.jpg

५ असार, हेटौंडा । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले आज कक्षा १२ को नतिजा...

प्रतिनिधिसभाबाट विनियोजन विधेयक पारित
Screenshot_20260518_07103-1781834550.jpg

५ असार, हेटौंडा । प्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८३ पारित भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री...

मौसम मूख्यतया सफा रहने
01JSG64N9AZYKS2HHNVGFHCH3-1781834314.jpg

५ असार, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पूर्वीय वायूको...

अख्तियार प्रमुख र पदाधिकारीलाई थुनेर धम्की दिइएकोमा कांग्रेसको आपत्ति
Samsad-1781770216.jpg

४ असार, हेटौंडा । नेपाली कांग्रेसले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख तथा पदाधिकारीलाई प्रधानमन्त्री...

थप समाचार