Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

फरेष्ट्रिका विद्यार्थीद्वारा रानी वनको अवलोकन

Rani-1555431865.jpg

३ बैशाख, हेटौँडा । कृषि तथा वन विज्ञान विश्वविद्यालय वन संकाय हेटौडाको बिएस्सी फरेष्ट्री छैठौं समेस्टरमा  अध्ययनरत विद्यार्थीहरुले मंगलवार हेटौडा–६, चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहको अवलोकन गरेका छन् ।
विद्यार्थीहरुलाई समूहका अध्यक्ष कृष्ण विडारी, उपाध्यक्ष डोरबहादुर अधिकारी, सदस्य राधिका लम्साल र कार्यालय सचिव भीमसेन पौडेलले सामुदायिक वनको विधान, कार्ययोजना, वनको व्यवस्थापन, संस्थागत विकास, जिवीकोपार्जन, महिला सहभागिता, लैगिक समानता, सामाजिक कार्य, आयआर्जन लगायतका विषयहरुमा  जानकारी गराएका थिए । 
समूहले प्राप्त गरेका पुरस्कार, गरिव, दलित र जनजाती विद्यार्थीहरुलाई प्रदान गरेको छात्रवृति, तालिम, गोष्ठी, भ्रमण, विद्यालयहरुलाई गरेको सहयोग, प्रचारप्रसार, डढेलो नियन्त्रण लगायतका विषयहरुमा पनि जानकारी गराईएको थियो । 
वन संकायका उप–प्राध्यापक प्रमोद घिमिरेको नेतृत्वमा आएको समूहमा ४० जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । हाल सम्म रानि वनको ५ सय ४५ वटा भ्रमण टोलीहरुले अवलोकन गरिसकेको समूहले जनाएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

आइपिएलको टिकट मूल्य सार्वजनिक
Nepal_Premier_League_offi-1792716535.png

६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...

आज पनि टीका लगाउने क्रम जारी
Screenshot_20261023_06275-1792716181.jpg

६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1792715895.jpg

६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ।  तराई...

पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज
Jhalanath-Khanal-17912015-1792632009.jpg

५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

टीका र जमरा लगाउने क्रम जारी
dashain-teeka-1792631601.jpg

५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...

हात्तीको आक्रमणबाट दुई व्यक्तिको मृत्यु
elephant-e1785897096641-1792545547.jpg

४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...

एनपीएल तेस्रो संस्करणमा डीआरएस प्रयोग गरिने
1792466625331-x81iv6f-1792545334.png

४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...

थप समाचार