Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

समयमा नआएकाले मन्त्री छुटेको बुद्ध एयरको भनाई

Buddha-Air-1555433952.jpg

File Photo

३ बैशाख, काठमाडौँ । बुद्ध एयरको भैरहवा–काठमाडौं उडानका लागि सोमबारको टिकट लिएका सञ्चारमन्त्री गोकुल बाँस्कोटाको टोली समयमै विमानस्थलमा आइनपुगेकाले छुटेको कम्पनीले दाबी गरेको छ । बाँस्कोटाले बुद्धले आफूहरूलाई छाडेर उडेको अभिव्यक्ति दिएपछि कम्पनीले मंगलबार विज्ञप्तिमार्फत खण्डन गरेको हो । 
प्यूठानको गौमुखी गाउँपालिकामा कार्यक्रम उद्घाटनका लागि आइतबार त्यसतर्फ गएका मन्त्रीको टोलीको सोमबार बेलुकी फर्किने टिकट थियो। तर भैरहवा विमानस्थलका कर्मचारी र सुरक्षा निकायबाट बाँस्कोटाको उडान मंगलबार बिहानका लागि सारिदिन अनुरोध आएको कम्पनीले जनाएको छ।
'काठमाडौंबाट उड्नेबित्तिकै हाम्रा भैरहवा विमानस्थलका कर्मचारीले त्यहाँको सुरक्षा निकायसँग समन्वय गर्दा मन्त्रीज्यू र उहाँको टोली सो उडानबाट नजाने र भोलि वैशाख ३ गते बिहानको उडानमा सिट व्यवस्था गरिदिन अनुरोध गर्नुभएको थियो'–विज्ञप्तिमा उल्लेख छ ।
६८ यात्रुलाई बोर्डिङ गराइसकेको विमान भैरहवाबाट ८ बजे बेलुकी उडेको थियो। यात्रु जहाजमा राखेलगत्तै मन्त्री र उनको टोली त्यसै उडानमा जाने खबर प्राप्त भएको तर कुर्न नसक्ने अवस्था आइपरेको कम्पनीले दाबी गरेको छ। 'मौसम खराबीका कारण सो उडान यात्रु भरेर तुरुन्तै काठमाडौं र्फकनुपर्ने बाध्यता थियो। त्यसैअनुरूप सबै यात्रुलाई विमानमा बसालिसकेका थियौं। त्यसको केही क्षणमै सहायक प्रमुख जिल्ला अधिकारीले फोन गरेर उडान रोक्नु, मन्त्रीज्यू र उहाँको टोली करिब २०/२५ मिनेट दूरीमा रहेको होटल टाइगर प्यालेस रिसोर्टबाट हिँड्नुहुने जानकारी दिनुभयो'–विज्ञप्तिमा भनिएको छ।
मन्त्रीलाई कुरेको भए अर्को जोखिम आइलाग्न सक्ने कम्पनीको दाबी छ। ुयदि अर्को ३०र३५ मिनेट कुर्नुपरेको भए मौसमी कारणले उक्त उडान भैरहवामै रात्रि विश्राम गर्नुपर्ने अवस्था आउन सक्थ्यो, जसबाट बाँकी ६८ यात्रुलाई असुविधाका साथै आर्थिक व्ययभार पनि बेहोर्नुपथ्र्यो,ु विज्ञप्तिमा भनिएको छ। सुरक्षित र सकभर समयमै उडान भर्नु आफ्नो पहिलो दायित्व रहेको पनि कम्पनीले प्रस्ट पारेको छ ।
साभार : कान्तिपुर


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

थप समाचार