४ बैशाख, हेटौँडा । ३ नम्बर प्रदेशसभाका सांसदहरुले प्रदेशको स्थायी राजधानी बारेको विषय किन नआएको भन्दै प्रश्न गरेका छन् ।
बुधबार बसेको बैठकको शुन्य समयमा बोल्ने सांसदहरुले राजधानीको विषय छिटै टुंगो लगाउनुपर्ने बताएका हुन् । बैठकमा प्रदेशसभा सदस्य छिरिङदोर्जे लामाले प्रदेश सरकार भुमरीमा परेको भन्दै प्रदेशसभाले आफ्नो अधिकार प्रयोग गर्नुपर्नेमा जोड दिए । उनले संवैधानिक व्यवस्था अनुसारको प्रदेशको स्थायी राजधानीको निर्णय गर्ने अधिकार प्रदेशसभालाई रहेको भन्दै यसको प्रयोग गर्नुपर्ने उनको भनाई थियो । उनले प्रदेश सरकार राजधानीको विषयमा यति लामो समयसम्म अलमलिएको भन्दै आचोचना गरे ।
सांसद जीवन डंगोलले राजधानी अध्ययन विशेष समितिको प्रतिवेदन तयार भएको ७ महिना वितिसक्दा पनि यसबारे निर्णय गर्न नसकेको भन्दै आपत्ति जनाईन् । उनले गणितीय आधारमा दुई तिहाई भएपनि सरकारको पराजित मानसिकताका कारण राजधानीको विषय अघि नबढेको भन्दै यही हिउँदे अधिवेशनबाट यसको निर्णय गर्न ध्यानाकर्षण गराईन् ।
प्रदेशसभा बैठकमा सांसद जगत सिंखडा र ईन्द्रमाया गुरुङले योजना सम्झौतामा ढिलाई भईरहेको र यसले विकास प्रभावित भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए । त्यस्तै, सांसद कल्पना नेपालीले प्रदेश सरकारले समेत दलित समुदायलाई अवमूल्यन गरेको गुनासो गरिन् । उनले प्रदेश सरकारको मन्त्रीमण्डलदेखि विषयगत समितिका सभापतिहरुसम्मको नेतृत्वमा दलितलाई उपेक्षा गरेको भन्दै समावेशी अवधारणा अवलम्बन गर्न सुझाव दिईन् ।
प्रदेशसभा बैठकमा सांसदहरुले विद्यालय भर्ना अभियान, विकासदेखि बाँदरका समस्याका बारेमा समेत आफ्नो धारणा राखेका थिए । पहिलो पटक शुन्य समयको व्यवस्था गरेर क्रम संख्या ३६ सम्मका प्रदेशसभा सदस्यहरुलाई बोल्ने व्यवस्था मिलाएकोमा १४ जनाले मात्रै आफ्नो धारणा राखेका थिए ।
७ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा शुरु...
७ असार, हेटौंडा । हाल कोशी प्रदेशको केहि स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ । अन्य भूभागमा पश्चिमी वायु, स्थानीय...
६ असार, हेटौंडा । व्यवसायी दीपक भट्ट र उद्योगी सुलभ अग्रवाललाई उच्च अदालत पाटनले बैंकिङ कसुरसम्बन्धी मुद्दामा...
६ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज चितवनको भरतपुरमा बस्दै छ...
६ असार, हेटौंडा । हाल नेपालको कोशी प्रदेशका केही भूभागमा मनसुनी प्रभाव रहेको छ । अन्य भूभागमा स्थानीय वायु तथा...
५ असार, हेटौंडा । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले आज कक्षा १२ को नतिजा...
५ असार, हेटौंडा । प्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८३ पारित भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री...
५ असार, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पूर्वीय वायूको...
४ असार, हेटौंडा । नेपाली कांग्रेसले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख तथा पदाधिकारीलाई प्रधानमन्त्री...
२५ जेठ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ८०० रुपैयाँले हो । छापावाल सुनको मूल्य...
३१ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय मनाङमा कार्यरत नायव सुब्बा ज्ञानराज...
२६ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग...
२५ जेठ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय कार्यसमितिको पूर्वनिर्धारित बैठक सारिएको छ...
२६ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान...
२५ जेठ, हेटौंडा । लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् हेरफेर गरिएको छ । नवनियुक्त पाँचजना मन्त्रीले पद तथा...
२६ जेठ, हेटौंडा । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको राजीनामा माग...
३१ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको...
३१ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश सभापतिमा उत्सव अर्याल विजयी बनेका छन् । दुई...


















