४ वैशाख, हेटौँडा । प्रमुख निर्वाचन आयुक्तमा दिनेशकुमार थपलियालाई संसदीय सुनुवाई समितिले अनुमोदन गरेको छ । बुधबार बसेको समितिको बैठकले संवैधानिक परिषदद्वारा प्रमुख निर्वाचन आयुक्तमा सिफारिस थपलियाको नाम सर्वसम्मतिले अनुमोदन गरेको हो ।
उजुरीसहित व्यापक छलफल गरी समितिका सबै सदस्यहरुको सहमतिमा प्रमुख निर्वाचन आयुक्तमा थपलियाको नाम अनुमोदन गरिएको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए । समितिको बुधबार बिहान बसेको बैठकमा थपलियाविरुद्ध उजुरी दिने उजुरीकर्ताहरुसँग छलफल गरिएको थियो ।
त्यसपछि दुई बजे प्रस्तावित प्रमुख निर्वाचन आयुक्त थपलियाको सुनुवाई गरिएको थियो । सुनुवाईको क्रममा थपलियाले अघि सार्नु भएको निर्वाचनसम्बन्धि योजनामा चित्त बुझेपछि समितिले उनको नाम प्रमुख निर्वाचन आयुक्तमा अनुमोदन गरेको हो ।
बैठकले राष्ट्रिय समावेशी आयोगकी सदस्यमा प्रस्तावित विष्णुमाया ओझाको नाम पनि अनुमोदन गरेको छ ।
समितिले सबै संवैधानिक निकायको नियुक्ती प्रक्रिया संवैधानिक व्यवस्था अनुसार नै अघि बढाउन पनि संवैधानिक परिषदको ध्यानाकर्षण पनि गराएको छ । रिक्त हुनु एक महिना अघि नै संवैधानिक निकायमा पदाधिकारी नियुक्त गर्ने संवैधानिक व्यवस्थाको पालना गर्न संवैधानिक परिषदको ध्यानाकर्षण गराउने निर्णय गरेको पनि समितिका सभापति लक्ष्मणलाल कर्णले बताए ।
यसैगरी समितिले संवैधानिक निकायको पदाधिकारी नियुक्ती गर्दा उपयुक्त व्यक्तिको छनौट गर्ने लगायतका विषयमा प्रधानमन्त्री एवम् संवैधानिक परिषदका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्ने निर्णय पनि गरेको छ ।
प्रधानमन्त्रीसँगको छलफलपछि समितिको आफ्नो काममा पनि अझ परिपक्वता आउने समितिका सभापति कर्णले विश्वास पनि व्यक्त गरे ।
संसदीय सुनुवाई समितिले अनुमोदन गरेका थपलियालाई राष्ट्रपति विद्या भण्डारीले प्रमुख निर्वाचन आयुक्तमा नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् । एनपीएलमा आज बिहान चितवन राइनोज र...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
२९ असोज, हेटौंडा । शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप...










-nepal-1792111426.jpg)







