४ वैशाख, हेटौँडा । प्रमुख निर्वाचन आयुक्तमा दिनेशकुमार थपलियालाई संसदीय सुनुवाई समितिले अनुमोदन गरेको छ । बुधबार बसेको समितिको बैठकले संवैधानिक परिषदद्वारा प्रमुख निर्वाचन आयुक्तमा सिफारिस थपलियाको नाम सर्वसम्मतिले अनुमोदन गरेको हो ।
उजुरीसहित व्यापक छलफल गरी समितिका सबै सदस्यहरुको सहमतिमा प्रमुख निर्वाचन आयुक्तमा थपलियाको नाम अनुमोदन गरिएको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए । समितिको बुधबार बिहान बसेको बैठकमा थपलियाविरुद्ध उजुरी दिने उजुरीकर्ताहरुसँग छलफल गरिएको थियो ।
त्यसपछि दुई बजे प्रस्तावित प्रमुख निर्वाचन आयुक्त थपलियाको सुनुवाई गरिएको थियो । सुनुवाईको क्रममा थपलियाले अघि सार्नु भएको निर्वाचनसम्बन्धि योजनामा चित्त बुझेपछि समितिले उनको नाम प्रमुख निर्वाचन आयुक्तमा अनुमोदन गरेको हो ।
बैठकले राष्ट्रिय समावेशी आयोगकी सदस्यमा प्रस्तावित विष्णुमाया ओझाको नाम पनि अनुमोदन गरेको छ ।
समितिले सबै संवैधानिक निकायको नियुक्ती प्रक्रिया संवैधानिक व्यवस्था अनुसार नै अघि बढाउन पनि संवैधानिक परिषदको ध्यानाकर्षण पनि गराएको छ । रिक्त हुनु एक महिना अघि नै संवैधानिक निकायमा पदाधिकारी नियुक्त गर्ने संवैधानिक व्यवस्थाको पालना गर्न संवैधानिक परिषदको ध्यानाकर्षण गराउने निर्णय गरेको पनि समितिका सभापति लक्ष्मणलाल कर्णले बताए ।
यसैगरी समितिले संवैधानिक निकायको पदाधिकारी नियुक्ती गर्दा उपयुक्त व्यक्तिको छनौट गर्ने लगायतका विषयमा प्रधानमन्त्री एवम् संवैधानिक परिषदका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्ने निर्णय पनि गरेको छ ।
प्रधानमन्त्रीसँगको छलफलपछि समितिको आफ्नो काममा पनि अझ परिपक्वता आउने समितिका सभापति कर्णले विश्वास पनि व्यक्त गरे ।
संसदीय सुनुवाई समितिले अनुमोदन गरेका थपलियालाई राष्ट्रपति विद्या भण्डारीले प्रमुख निर्वाचन आयुक्तमा नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।
७ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा शुरु...
७ असार, हेटौंडा । हाल कोशी प्रदेशको केहि स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ । अन्य भूभागमा पश्चिमी वायु, स्थानीय...
६ असार, हेटौंडा । व्यवसायी दीपक भट्ट र उद्योगी सुलभ अग्रवाललाई उच्च अदालत पाटनले बैंकिङ कसुरसम्बन्धी मुद्दामा...
६ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज चितवनको भरतपुरमा बस्दै छ...
६ असार, हेटौंडा । हाल नेपालको कोशी प्रदेशका केही भूभागमा मनसुनी प्रभाव रहेको छ । अन्य भूभागमा स्थानीय वायु तथा...
५ असार, हेटौंडा । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले आज कक्षा १२ को नतिजा...
५ असार, हेटौंडा । प्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८३ पारित भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री...
५ असार, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पूर्वीय वायूको...
४ असार, हेटौंडा । नेपाली कांग्रेसले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख तथा पदाधिकारीलाई प्रधानमन्त्री...
२५ जेठ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ८०० रुपैयाँले हो । छापावाल सुनको मूल्य...
३१ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय मनाङमा कार्यरत नायव सुब्बा ज्ञानराज...
२६ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग...
२५ जेठ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय कार्यसमितिको पूर्वनिर्धारित बैठक सारिएको छ...
२६ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान...
२५ जेठ, हेटौंडा । लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् हेरफेर गरिएको छ । नवनियुक्त पाँचजना मन्त्रीले पद तथा...
२६ जेठ, हेटौंडा । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको राजीनामा माग...
३१ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको...
३१ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश सभापतिमा उत्सव अर्याल विजयी बनेका छन् । दुई...


















