१० मंसिर, हेटौँडा । हेटौंडा-१९ स्थित हटिया चिसापानीमा रहेको शक्तेश्वर मन्दिरको स्तरोन्नती गर्ने उद्वेश्यले यही मंसीर २० गतेदेखि २८ गतेसम्म चिसापानी स्थित शक्तेश्वर मन्दिर परिसरमा वृहत श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञ संचालगन गरिने भएको छ ।
समितिले शुक्रवार हटियामा पत्रकार सम्मेलनको आयोजना गरी यस्तो जानकारी गराएको हो । सप्ताह ज्ञानमहायज्ञका संयोजक लोकनाथ चौलागाईले मन्दिरको स्तरोन्नती, मन्दिर क्षेत्रको तारवार, पुष्पबाटिका निर्माण, बेहुली कोठा, जन्ती बस्ने कोठाको निर्माण गर्ने उद्वेश्यले सप्ताह ज्ञान महायज्ञको आयोजना गर्न लागेको बताए । महायज्ञका आर्थिक व्यवस्थापन उपसमितिका संयोजक सुरेशकुमार धिमालले सप्ताह ज्ञान महायज्ञमा करीव ५० लाख आर्थिक संकलन हुने बताए ।
सप्ताह ज्ञान महायज्ञमा युवा पण्डित गणेश उपमन्यु ढकालले संगीतमय कथावाचन गर्ने आयोजकले जनाएको छ । सप्ताहलाई व्यवस्थित गर्न समाजसेवी लोकनाथ चौलागाईको संयोजकत्वमा २ सय ५१ सदस्यीय मुल आयोजक समिति गठन गरिएको छ । यसैगरी सप्ताह ज्ञान महायज्ञलाई व्यवस्थित गर्न विभिन्न उपसमितिहरु समेत गठन गरिएको छ । रामकृष्ण कोईरालाको संयोजकत्वमा प्रचारप्रसार, ठाकुरदत्त खतिवडाको संयोजकत्वमा खरीद,भीमप्रसाद ढकालको संयोजकत्वमा मञ्च तथा प्रसाद, शिवप्रसाद नेपालको संयोजकत्वमा शोभायात्रा तथा पूजा, ईश्वरीप्रसाद दंगालको संयोजकत्वमा आवास तथा भान्सा, गोविन्द दुलालको संयोजकत्वमा विधुत र पानी,राजकुमार बास्तोलाको संयोजकत्वमा यातायात, लक्ष्मण दुलालको संयोजकत्वमा स्वास्थ्य उपसमिति गठन गरिएको छ ।
रामकृष्ण तिवारीको संयोजकत्वमा भौतिक निर्माण, देवकुमार घिमिरेको संयोजकत्वमा स्यमसेवक, कुमार थापाको संयोजकत्वमा स्लो बाईक रेस, जयप्रकाश घिमिरेको संयोजकत्वमा रक्तदान कार्यक्रमको जिम्मेवारी दिईएको छ । मंसीर १७ गते स्लोबाईक रेस, १८ गते वृहत मोटरसाईकल यात्रा संचालन गरिने पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो । २० गते समुदघाटन र २१ गतेदेखि झाँकी सहित संगीतमय कथाप्रवचन गरिने आयोजक समितिले जनाएको छ ।
२ भदौ, हेटौंडा । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । आयोगले प्रेस...
२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...
२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...
२ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा परराष्ट्रमन्त्री, ऊर्जा...
२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा देशको पश्चिममा सरदर स्थानभन्दा...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा छन् । आज बसेको...
१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...
१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारमा हाम्रो नेपाली पार्टी (हानेपा) को 'इन्ट्रि' भएको छ । बागमती प्रदेशमा...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री शौलेन्द्रमान बज्राचार्यले...
२१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
२२ साउन, हेटौंडा । आज तीनवटा संसदीय समितिको बैठक बस्दैछ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कानुन, न्याय तथा...
२० साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२० साउन, हेटौंडा । सशस्त्र प्रहरी बलले स्रोत नखुलेको १३ लाख रुपैयाँसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ...
१९ साउन, हेटौंडा । प्रहरीले बाँकेबाट पाँच लाख रूपैयाँसहित अवैध लागुऔषध कारोबारमा संलग्न भएको आरोपमा दुई जनालाई...
२२ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक सरेको छ । आजका लागि तय गरिएको बैठक सरेको हो । साउन २२ गते शुक्रबार अपराह्न...


















