Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

चिसापानीमा सप्ताह ज्ञान महायज्ञ लगाईने

20161125_090651-1480072693.jpg

१० मंसिर, हेटौँडा । हेटौंडा-१९ स्थित हटिया चिसापानीमा रहेको शक्तेश्वर मन्दिरको स्तरोन्नती गर्ने उद्वेश्यले यही मंसीर २० गतेदेखि २८ गतेसम्म चिसापानी स्थित शक्तेश्वर मन्दिर परिसरमा वृहत श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञ संचालगन गरिने भएको छ ।
समितिले शुक्रवार हटियामा पत्रकार सम्मेलनको आयोजना गरी यस्तो जानकारी गराएको हो । सप्ताह ज्ञानमहायज्ञका संयोजक लोकनाथ चौलागाईले मन्दिरको स्तरोन्नती, मन्दिर क्षेत्रको तारवार, पुष्पबाटिका निर्माण, बेहुली कोठा, जन्ती बस्ने कोठाको निर्माण गर्ने उद्वेश्यले सप्ताह ज्ञान महायज्ञको आयोजना गर्न लागेको बताए । महायज्ञका आर्थिक व्यवस्थापन उपसमितिका संयोजक सुरेशकुमार धिमालले सप्ताह ज्ञान महायज्ञमा करीव ५० लाख आर्थिक संकलन हुने बताए ।
सप्ताह ज्ञान महायज्ञमा युवा पण्डित गणेश उपमन्यु ढकालले संगीतमय कथावाचन गर्ने आयोजकले जनाएको छ । सप्ताहलाई व्यवस्थित गर्न समाजसेवी लोकनाथ चौलागाईको संयोजकत्वमा २ सय ५१ सदस्यीय मुल आयोजक समिति गठन गरिएको छ । यसैगरी सप्ताह ज्ञान महायज्ञलाई व्यवस्थित गर्न विभिन्न उपसमितिहरु समेत गठन गरिएको छ । रामकृष्ण कोईरालाको संयोजकत्वमा प्रचारप्रसार, ठाकुरदत्त खतिवडाको संयोजकत्वमा खरीद,भीमप्रसाद ढकालको संयोजकत्वमा मञ्च तथा प्रसाद, शिवप्रसाद नेपालको संयोजकत्वमा शोभायात्रा तथा पूजा, ईश्वरीप्रसाद दंगालको संयोजकत्वमा आवास तथा भान्सा, गोविन्द दुलालको संयोजकत्वमा विधुत र पानी,राजकुमार बास्तोलाको संयोजकत्वमा यातायात, लक्ष्मण दुलालको संयोजकत्वमा स्वास्थ्य उपसमिति गठन गरिएको छ ।

रामकृष्ण तिवारीको संयोजकत्वमा भौतिक निर्माण, देवकुमार घिमिरेको संयोजकत्वमा स्यमसेवक, कुमार थापाको संयोजकत्वमा स्लो बाईक रेस, जयप्रकाश घिमिरेको संयोजकत्वमा रक्तदान कार्यक्रमको जिम्मेवारी दिईएको छ । मंसीर १७ गते स्लोबाईक रेस, १८ गते वृहत मोटरसाईकल यात्रा संचालन गरिने पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो । २० गते समुदघाटन र २१ गतेदेखि  झाँकी सहित संगीतमय कथाप्रवचन गरिने आयोजक समितिले जनाएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राष्ट्रपतिद्वारा नवदुर्गा भवानीको दर्शन तथा पूजा
Screenshot_20261025_17575-1792930389.jpg

८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...

नेकपाको राष्ट्रिय जागरण अभियान शुरु
Screenshot_20261025_06321-1792889242.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...

कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
congress-(1)-1792888897.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...

बडा दशैं पर्व समापन गरिंदै
Dashain_Tika1664260813-1792888559.jpg

८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1792888290.jpg

८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1792807177.jpg

७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...

रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

थप समाचार