Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

विजयी भलिबल टिमलाई वडाबाट सम्मान

Volleyball-1555602890.jpg

५ बैशाख, हेटौँडा । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ कार्यालयले भलिबल प्रतियोगितामा विजयी भएको भलिबल टिमलाई बिहीबार सम्मान गरेको छ । 
लक्ष्मीमाया बज्राचार्य स्मृति रनिङ शिल्ड जिल्ला स्तरीय भलिबल प्रतियोगिताको १८ औ सँस्करणमा जीत हासिल गरेका खेलाडीहरु र टिम कोच तथा म्यानेजरलाई आज हात्तिगौँडामा एक कार्यक्रमको आयोजना गरी सम्मान गरिएको हो ।
प्रतियोगितामा विजयी टिमका टिम म्यानेजर तथा हेटौँडा १२ खेलकुद विकास समितिका पूर्ण लामा र टिम कोच मनोज लामा स्याङ्तानलाई प्रशंसा पत्र सहित सम्मान गरिएको छ । त्यस्तै खेलाडीहरु उमाकान्त चौधरी, बुद्धिकृष्ण दङ्गाल, अजय थिङ, उमेश सिंतान, दिनेश मोक्तान, सन्तोष बिक, निरण सापकोटा, अमृत मिश्र, पुष्प मैनाली र राजेश घिमिरेलाई पनि सम्मान गरिएको छ ।
हेटौँडा १२ खेलकुद विकास समिति संयोजक भुवन खनालको सभाध्यक्षता तथा वडा नम्बर १२ का वडाअध्यक्ष ललितबहादुर घलानको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा विशेष अतिथि भलिबलका राष्ट्रिय प्रशिक्षक तथा कोच विजयकृष्ण वादे, वडा सदस्य लिलाकुमारी बिक, टिम म्यानेजर पूर्ण लामा, टिम कोच मनोज लामा स्याङ्तान लगायतको आतिथ्यता रहेको थियो ।
गत चैत्र २३ गते भएको फाईनल खेलमा हेटौंडा १२ नम्बर वडा खेलकुद विकास समिति पदमपोखरीले जित हात पारेको थियो । हेटौंडा–४ स्थित हुप्रचौरमा भएको फाइनल भिडन्तमा हटिया स्पोर्टस् एकेडेमीलाई हराउँदै पदमपोखरीले उपाधि कब्जा गरेको हो । २५–२०, २५–१७, १७–२५, २१–२५ र १५–१३ को सेटमा पदमपोखरी विजयी भएको थियो । विजयी भएको पदमपोखरीले नगद ५० हजार पुरस्कार प्राप्त गरेको थियो । 
त्यस्तै प्रतियोगितामा उत्कृष्ट खेलाडी पदमपोखरीका अजय थिङ र उत्कृष्ट सेटर पदमपोखरीका उमाकान्त चौधरी भएका थिए । प्रतियोगितामा मकवानपुरका ११ टिमको सहभागिता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

थप समाचार