५ बैशाख, हेटौँडा । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ कार्यालयले भलिबल प्रतियोगितामा विजयी भएको भलिबल टिमलाई बिहीबार सम्मान गरेको छ ।
लक्ष्मीमाया बज्राचार्य स्मृति रनिङ शिल्ड जिल्ला स्तरीय भलिबल प्रतियोगिताको १८ औ सँस्करणमा जीत हासिल गरेका खेलाडीहरु र टिम कोच तथा म्यानेजरलाई आज हात्तिगौँडामा एक कार्यक्रमको आयोजना गरी सम्मान गरिएको हो ।
प्रतियोगितामा विजयी टिमका टिम म्यानेजर तथा हेटौँडा १२ खेलकुद विकास समितिका पूर्ण लामा र टिम कोच मनोज लामा स्याङ्तानलाई प्रशंसा पत्र सहित सम्मान गरिएको छ । त्यस्तै खेलाडीहरु उमाकान्त चौधरी, बुद्धिकृष्ण दङ्गाल, अजय थिङ, उमेश सिंतान, दिनेश मोक्तान, सन्तोष बिक, निरण सापकोटा, अमृत मिश्र, पुष्प मैनाली र राजेश घिमिरेलाई पनि सम्मान गरिएको छ ।
हेटौँडा १२ खेलकुद विकास समिति संयोजक भुवन खनालको सभाध्यक्षता तथा वडा नम्बर १२ का वडाअध्यक्ष ललितबहादुर घलानको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा विशेष अतिथि भलिबलका राष्ट्रिय प्रशिक्षक तथा कोच विजयकृष्ण वादे, वडा सदस्य लिलाकुमारी बिक, टिम म्यानेजर पूर्ण लामा, टिम कोच मनोज लामा स्याङ्तान लगायतको आतिथ्यता रहेको थियो ।
गत चैत्र २३ गते भएको फाईनल खेलमा हेटौंडा १२ नम्बर वडा खेलकुद विकास समिति पदमपोखरीले जित हात पारेको थियो । हेटौंडा–४ स्थित हुप्रचौरमा भएको फाइनल भिडन्तमा हटिया स्पोर्टस् एकेडेमीलाई हराउँदै पदमपोखरीले उपाधि कब्जा गरेको हो । २५–२०, २५–१७, १७–२५, २१–२५ र १५–१३ को सेटमा पदमपोखरी विजयी भएको थियो । विजयी भएको पदमपोखरीले नगद ५० हजार पुरस्कार प्राप्त गरेको थियो ।
त्यस्तै प्रतियोगितामा उत्कृष्ट खेलाडी पदमपोखरीका अजय थिङ र उत्कृष्ट सेटर पदमपोखरीका उमाकान्त चौधरी भएका थिए । प्रतियोगितामा मकवानपुरका ११ टिमको सहभागिता रहेको थियो ।
९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...
९ कार्तिक, हेटौंडा । सप्तकोसी नदीमा मोटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् ।...
९ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...
८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...
८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...
८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...
८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...






-1792888897.jpg)






-nepal-1792111426.jpg)




