Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

पारदर्शीताले भष्ट्राचार नियन्त्रण हुनेः सभामुख श्रेष्ठ

IMG_6730-1555662707.JPG

सुनिल शिवाकोटी

६ बैशाख, हेटौँडा । प्रदेश नम्बर ३का सभामुख सानुकुमार श्रेष्ठले परदर्शीता नभई नहुने भन्दै पारदर्शीताले भष्ट्राचार नियन्त्रण हुने बताएका छन ।  प्रदेश नम्बर ३ मामिला समितिको आयोजना तथा आन्तरिक मामिला तथा कानून मन्त्रालयको समन्वयमा शुक्रबार हेटौँडामा सूचनाको हक सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयकका सम्बन्धमा आयोजित एक दिने अन्तरक्रिया कार्यक्रम बोल्दै सभामुख  श्रेष्ठले पारदर्शीता भएन भने मुलुक चल्न नसक्ने भन्दै त्यस कार्यका लागि मिडिया भुमिका उल्लेखनीय भएको बताए । उनले मिडियाले हरेक क्षेत्रमा सचेत गराउन सक्ने भन्दै सुचना लिने र दिने व्यवस्थाले शुसासन र आर्थिक समृद्धी ल्याउने र पारदर्शीताले भष्ट्राचार नियन्त्रण हुने बताए । 

त्यसैगरी कार्यक्रममा बोल्दै प्रदेश ३ का आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कट्टेलले हचुवाका भरमा विद्येयक नल्याएको भन्दै विधेयक  छलफलको क्रममा रहेको र छलफलका क्रममा आएका सुझावहरू महत्वपूर्ण भएको बताउँदै संविधानले ग्यारेन्टी गरेको सूचनाको हक सर्वसाधारणको पाउनुपर्ने बताए  । उनले छलफलबाट आएको सुझावलाई  विद्येयकमा समावेश गरी  पूर्णता दिने बताए । 
कार्यक्रममा बोल्दै नेपाली कांग्रेसकी प्रमुख सचेतक राधा घलेले संविधानमा ग्यारेन्टी भएको सुचनाको हक जन्ताले पाउन नसक्नु भनेको बन्द समाजतर्फ फर्कनु जस्तै भएको भन्दै जनताको सु–सुचित हुने अधिकारलाई बन्देज लाउन नमिल्ने बताइन् ।  
त्यसैगरी कार्यक्रममा बोल्दै प्र्रदेश सदस्य राजेन्द्र पाण्डेले सुचनाको महत्व व्यापक रहेको भन्दै भष्ट्राचार नियन्त्रणका लागि सुचना प्रभावकारी रहेको बताए । त्यसैगरी कार्यक्रममा बोल्दै नेकपा मुख्य सचेतक रामेश्वर फुयाँलले वर्तमान केन्दि«य तथा प्रदेश सरकारलाई धन्यवाद दिदै   विधेयक संसोधनका लागि हर्तार नर्गन आग्रह गरे । त्यसैगरी कार्यक्रममा बोल्दै प्रदेश सरकारका मुख्य सचिव आनन्दराज ढकालले सुचनाको  हकका लागि पुनरावेदनका गर्न सकिने कुरालाई पुनःविचार गर्न आग्रह गर्दै  दण्डताको कुरामा लचक हुन पर्ने बताएका छन । 
कार्यक्रममा सूचनाको हक सम्बन्धी अभियानका अभियान्ता एवम् पत्रकार गिरिजा अधिकारीले सुचनाको हक सम्बन्धि विधेयक ल्याएकोमा कानुन मन्त्री र मन्त्रालयलाई धन्यवाद दिँदै त्यसमा संशोधन नगरी नहुने महत्वपूर्ण सुझावहरु दिएका थिए । त्यसैगरी सुचनाको हक नागरिकको अभियानका संयोजक एवं पत्रकार महासंघ मकवानपुर उपाध्यक्ष कुमार अधिकारी पोष्टराजले  विधेयकमा सुचनाको हक सम्बन्धी अधिकारलाई समावेश गरी संमसोध गरिनुपर्ने बताउदै प्रदेशसभामा प्रस्तुत भएको विधेयकका कमजोरी र आवश्यक सुधार गर्नुपर्ने विषयलाई मनन गर्न सरोकारवालालाई आग्रह गरेका थिए । 
त्यसैगरी कार्यक्रममा प्रदेश संसद रमेश पौडेल,विधया केशी श्रेष्ठ लगायत पत्रकार महासंघ प्रदेश ३ का अध्यक्ष प्रताप विष्ट, जिल्ला अध्यक्ष हरी हुँमागाईले प्रस्तावित विधयकका भएका कमजोरीलाई सुधार्नु पर्ने भन्दै सुचनाको हकलाई प्रदेश सरकारले ल्याउने विधेयकले ग्यारेन्टी गर्नु पर्ने बताए । 

प्रदेश नम्बर ३ मामिला समितिका अध्यक्ष माधव प्रसाद पौडेलको सभाध्यक्षतामा भएको कार्यक्रममा संचारकर्मी तथा प्रदेश सदस्यहरुले विधेयका बारेमा आ–  आफ्नो धारण राखेका थिए । 
  
 केही दिनअघि सूचनाको हक सम्बन्धी नागरिक अभियानताका संयोजक कुमार अधिकारी सहितको टोलिले मकवानपुरले प्रदेशका सभामुख सानुकुमार श्रेष्ठ,आन्तरिक मामिला तथा कानूनमन्त्री शालिक राम जम्मकट्टेल र प्रदेश मामिला समितिका सभापति माधव पौडेललाई प्रदेशसभामा प्रस्तुत भएको सूचनाको हक सम्बन्धी विद्येयकमा भएका प्रावधानहरु संशोधन गरीनु पर्ने विवरण उल्लेख गरी ज्ञापनपत्र बुझाएको थियो ।  

IMG_6720-1555662783.JPG

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
रास्वपाको राष्ट्रिय महाधिवेशन आजदेखि शुरु हुँदै
RSP-raswapa-1766815646-1782007389.jpg

७ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा शुरु...

मध्यम वर्षाको सम्भावना
water-1782006682.jpg

७ असार, हेटौंडा । हाल कोशी प्रदेशको केहि स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ । अन्य भूभागमा पश्चिमी वायु, स्थानीय...

दीपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउने आदेश
High-Court-Patan-768x461-1781917424.jpg

६ असार, हेटौंडा । व्यवसायी दीपक भट्ट र उद्योगी सुलभ अग्रवाललाई उच्च अदालत पाटनले बैंकिङ कसुरसम्बन्धी मुद्दामा...

रास्वपाको केन्द्रीय समिति बैठक आज बस्दै
RSP-raswapa-1766815646-1781917105.jpg

६ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज चितवनको भरतपुरमा बस्दै छ...

मध्यम वर्षाको सम्भावना
water-1781916900.jpg

६ असार, हेटौंडा । हाल नेपालको कोशी प्रदेशका केही भूभागमा मनसुनी प्रभाव रहेको छ । अन्य भूभागमा स्थानीय वायु तथा...

कक्षा १२ को नतिजा सार्वजनिक
Rastriya-1781847360.jpg

५ असार, हेटौंडा । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले आज कक्षा १२ को नतिजा...

प्रतिनिधिसभाबाट विनियोजन विधेयक पारित
Screenshot_20260518_07103-1781834550.jpg

५ असार, हेटौंडा । प्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८३ पारित भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री...

मौसम मूख्यतया सफा रहने
01JSG64N9AZYKS2HHNVGFHCH3-1781834314.jpg

५ असार, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पूर्वीय वायूको...

अख्तियार प्रमुख र पदाधिकारीलाई थुनेर धम्की दिइएकोमा कांग्रेसको आपत्ति
Samsad-1781770216.jpg

४ असार, हेटौंडा । नेपाली कांग्रेसले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख तथा पदाधिकारीलाई प्रधानमन्त्री...

थप समाचार