Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

पारदर्शीताले भष्ट्राचार नियन्त्रण हुनेः सभामुख श्रेष्ठ

IMG_6730-1555662707.JPG

सुनिल शिवाकोटी

६ बैशाख, हेटौँडा । प्रदेश नम्बर ३का सभामुख सानुकुमार श्रेष्ठले परदर्शीता नभई नहुने भन्दै पारदर्शीताले भष्ट्राचार नियन्त्रण हुने बताएका छन ।  प्रदेश नम्बर ३ मामिला समितिको आयोजना तथा आन्तरिक मामिला तथा कानून मन्त्रालयको समन्वयमा शुक्रबार हेटौँडामा सूचनाको हक सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयकका सम्बन्धमा आयोजित एक दिने अन्तरक्रिया कार्यक्रम बोल्दै सभामुख  श्रेष्ठले पारदर्शीता भएन भने मुलुक चल्न नसक्ने भन्दै त्यस कार्यका लागि मिडिया भुमिका उल्लेखनीय भएको बताए । उनले मिडियाले हरेक क्षेत्रमा सचेत गराउन सक्ने भन्दै सुचना लिने र दिने व्यवस्थाले शुसासन र आर्थिक समृद्धी ल्याउने र पारदर्शीताले भष्ट्राचार नियन्त्रण हुने बताए । 

त्यसैगरी कार्यक्रममा बोल्दै प्रदेश ३ का आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कट्टेलले हचुवाका भरमा विद्येयक नल्याएको भन्दै विधेयक  छलफलको क्रममा रहेको र छलफलका क्रममा आएका सुझावहरू महत्वपूर्ण भएको बताउँदै संविधानले ग्यारेन्टी गरेको सूचनाको हक सर्वसाधारणको पाउनुपर्ने बताए  । उनले छलफलबाट आएको सुझावलाई  विद्येयकमा समावेश गरी  पूर्णता दिने बताए । 
कार्यक्रममा बोल्दै नेपाली कांग्रेसकी प्रमुख सचेतक राधा घलेले संविधानमा ग्यारेन्टी भएको सुचनाको हक जन्ताले पाउन नसक्नु भनेको बन्द समाजतर्फ फर्कनु जस्तै भएको भन्दै जनताको सु–सुचित हुने अधिकारलाई बन्देज लाउन नमिल्ने बताइन् ।  
त्यसैगरी कार्यक्रममा बोल्दै प्र्रदेश सदस्य राजेन्द्र पाण्डेले सुचनाको महत्व व्यापक रहेको भन्दै भष्ट्राचार नियन्त्रणका लागि सुचना प्रभावकारी रहेको बताए । त्यसैगरी कार्यक्रममा बोल्दै नेकपा मुख्य सचेतक रामेश्वर फुयाँलले वर्तमान केन्दि«य तथा प्रदेश सरकारलाई धन्यवाद दिदै   विधेयक संसोधनका लागि हर्तार नर्गन आग्रह गरे । त्यसैगरी कार्यक्रममा बोल्दै प्रदेश सरकारका मुख्य सचिव आनन्दराज ढकालले सुचनाको  हकका लागि पुनरावेदनका गर्न सकिने कुरालाई पुनःविचार गर्न आग्रह गर्दै  दण्डताको कुरामा लचक हुन पर्ने बताएका छन । 
कार्यक्रममा सूचनाको हक सम्बन्धी अभियानका अभियान्ता एवम् पत्रकार गिरिजा अधिकारीले सुचनाको हक सम्बन्धि विधेयक ल्याएकोमा कानुन मन्त्री र मन्त्रालयलाई धन्यवाद दिँदै त्यसमा संशोधन नगरी नहुने महत्वपूर्ण सुझावहरु दिएका थिए । त्यसैगरी सुचनाको हक नागरिकको अभियानका संयोजक एवं पत्रकार महासंघ मकवानपुर उपाध्यक्ष कुमार अधिकारी पोष्टराजले  विधेयकमा सुचनाको हक सम्बन्धी अधिकारलाई समावेश गरी संमसोध गरिनुपर्ने बताउदै प्रदेशसभामा प्रस्तुत भएको विधेयकका कमजोरी र आवश्यक सुधार गर्नुपर्ने विषयलाई मनन गर्न सरोकारवालालाई आग्रह गरेका थिए । 
त्यसैगरी कार्यक्रममा प्रदेश संसद रमेश पौडेल,विधया केशी श्रेष्ठ लगायत पत्रकार महासंघ प्रदेश ३ का अध्यक्ष प्रताप विष्ट, जिल्ला अध्यक्ष हरी हुँमागाईले प्रस्तावित विधयकका भएका कमजोरीलाई सुधार्नु पर्ने भन्दै सुचनाको हकलाई प्रदेश सरकारले ल्याउने विधेयकले ग्यारेन्टी गर्नु पर्ने बताए । 

प्रदेश नम्बर ३ मामिला समितिका अध्यक्ष माधव प्रसाद पौडेलको सभाध्यक्षतामा भएको कार्यक्रममा संचारकर्मी तथा प्रदेश सदस्यहरुले विधेयका बारेमा आ–  आफ्नो धारण राखेका थिए । 
  
 केही दिनअघि सूचनाको हक सम्बन्धी नागरिक अभियानताका संयोजक कुमार अधिकारी सहितको टोलिले मकवानपुरले प्रदेशका सभामुख सानुकुमार श्रेष्ठ,आन्तरिक मामिला तथा कानूनमन्त्री शालिक राम जम्मकट्टेल र प्रदेश मामिला समितिका सभापति माधव पौडेललाई प्रदेशसभामा प्रस्तुत भएको सूचनाको हक सम्बन्धी विद्येयकमा भएका प्रावधानहरु संशोधन गरीनु पर्ने विवरण उल्लेख गरी ज्ञापनपत्र बुझाएको थियो ।  

IMG_6720-1555662783.JPG

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

थप समाचार