Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

नेपाली सेनाले जारी गर्यो सैनिक आचारसंहिता

Nepalese-Army-1555688047.jpg

६ बैशाख, काठमाडौं । नेपाली सेनाले सैनिक आचार संहिता जारी गरेको छ । प्रधान सेनापति पूर्णचन्द्र थापाले शुक्रबार एक कार्यक्रमकाबीच सैनिक आचारसंहिता–२०७६ जारी गरेका हुन् । 
नेपाली सेनामा कार्यरत कर्मचारीले सेवा रहँदा र सेवा निवृत भइसकेपछि के गर्ने के नगर्ने भन्नेबारे सो आचार संहिताले प्रष्ट पार्ने नेपाली सेनाले जनाएको छ । शुक्रबारदेखि आगामी बैशाख १३ गतेसम्म आचारसंहिता सप्ताह कार्यक्रम समेत गर्ने जनसम्पर्क निर्देशनालयले जनाएको छ । केही समयअघि मात्रै सेनाका एक पूर्व उच्च अधिकारीले बोलेको अभिव्यक्ति विवादास्पद भन्दै नेपाली सेनाले उनलाई सचेत समेत गराएको थियो । 
‘आचार संहिताको सप्ताह सैनिक सदाचारको उत्साह’ भन्ने मूल नारा दिइएको छ । नेपाली सेनाले आर्थिक अपारदर्शिता, ‘चेनअफ कमाण्ड’ उल्लङ्गन र अनुशासन विपरीत गतिविधिका सम्बन्धमा संगठनभित्र कठोर नीति अवलम्बन गर्ने भएको छ । ‘सैनिक सदाचारको उत्साह’ भन्ने नाराका साथ शुक्रबार शुरु भएको सैनिक आचारसंहिता सप्ताह शुभारम्भ गर्दै प्रधानसेनापति पूर्णचन्द्र थापाले आचारसंहिता हास्यव्यङयको पुलिन्दाजस्तो नभएकाले यसको पालना नगर्नेलाई कारवाही गरिने चेतावनी दिए । पूर्खाको बलिदानबाट गौरब गर्न लायक सङ्गठनका रुपमा नेपाली सेना उभिनुपर्ने भन्दै प्रधानसेनापति थापाले सेनाको छवि धुमिल्याउन अझै पनि केही शक्ति सत्रिय रहेको बताए । 
आर्थिक अनियमिताविरुद्ध सङ्गठनले लिएको शून्य सहनशीलताको नीति जङ्गी अड्डाबाटै शुरु गरिने बताउँदै उनले विगतमा भएका अपारदर्शी क्रियाकलापले सङ्गठनलाई पारदर्शी बनाउन कठिन भएकाले यस विषयमा सकल दर्जाले हेक्का राख्नु आवश्यक भएको उल्लेख गरे ।

साभार : कान्तिपुर


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

थप समाचार