Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

निर्मला हत्या प्रकरण : अलमलमा अनुसन्धान

Nirmala-Panta1-1555745211.jpg

७ बैशाख, कञ्चनपुर । आधा दर्जन अनुसन्धान टोली । करिब सय जनाको डीएनए परीक्षण । ५ सयभन्दा बढीलाई सोधपुछ । नतिजा शून्य ।  ९ महिनाअघि बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तको घटनाको अनुसन्धानबारे प्रहरीलाई सोध्दा सधैं एउटै जवाफ आउँछ, ‘थप अनुसन्धान भइरहेको छ, ठोस प्रगति हुन सकेको छैन ।’ 
अपराधी पत्ता नलाग्दा घटना नै ओझेलमा पर्न थालेको छ । न्यायका लागि आन्दोलनमा होमिएका अधिकारकर्मी र पीडित परिवारसमेत यतिबेला मौन छन् । पछिल्लोपटक अधिकारकर्मीसमेत विभाजित भएका छन् । जिल्ला प्रशासन कार्यालयको गेटअगाडि लामो समयसम्म चलेको पीडित परिवारको धर्ना पनि स्थगित भएको छ ।
घटना अनुसन्धानमा जिल्ला प्रहरी कार्यालयको टोलीसँगै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो, अपराध महाशाखा र केन्द्रीय कार्यालयसहितका ४ टोली अहिले पनि खटिएका छन् । डीएनएको नमुना संकलन तथा सोधपुछ चलिरहेको छ । ‘ठोस प्रगति हुन सकेको छैन,’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी दिनेश आचार्यले भने, ‘विभिन्न कोणबाट अनुसन्धान गरिरहेका छौं ।’
प्रहरीले सुरुदेखि नै अनुसन्धान साँघुरिँदै गएको दाबी गर्दै आएको छ तर ठोस प्रमाण हात लाग्न सकेको छैन । घटनाको प्रत्यक्षदर्शी नहुँदा ठोस प्रगति हुन नसकेको प्रहरीले जनाएको छ । ‘अनुसन्धानका लागि सबै प्रविधि र तरिका अपनाइरहेका छौं,’ एसपी आचार्यले भने, ‘अनुसन्धानका लागि वातावरण सहज बन्दै गएको छ ।’ उनका अनुसार स्थानीयले सूचना दिन थालेकाले सहज भएको छ । सुरुमा घटनास्थल वरपरका बासिन्दाले सूचना दिन डराउँदा समस्या भएको थियो ।
पछिल्लो पटक प्रहरीको अनुसन्धान डीएनएमै अल्झिएको देखिन्छ । करिब सय जनाको डीएनए परीक्षण भइसकेको छ । ६र७ जनाको डीएनए परीक्षणको रिपोर्ट आउन बाँकी छ । यति धेरैको डीएनए परीक्षण हुँदा समेत अपराधी पत्ता नलाग्दा निर्मलाको भेजाइनल स्वाबमा भएको डीएनए नै नक्कली हो कि भन्ने आशंका पनि बढेको छ । यही आशंका मेटाउन निर्मलाकी आमा दुर्गादेवीले आफ्नो डीएनए परीक्षण गराएकी थिइन् । उक्त डीएनए भने मिलेको थियो ।
‘अपराधी पत्ता लागाउन डीएनए नै अन्तिम सूत्र होइन, यो त एउटा सहयोगी तथ्य मात्रै हो,’ एसपी आचार्यले भने, ‘हामी अन्य प्रमाण पनि जुटाउने प्रयास गरिरहेका छौं ।’ प्रहरीले सुरुमा डीएनए परीक्षण गरिएका व्यक्तिको नाम सार्वजनिक गरे पनि पछिल्लो पटक भने गोप्य राख्ने गरेको छ । खासगरी निर्मलाको घर वरपर र घटनास्थल आसपासका स्थानीयको बढी मात्रामा डीएनए संकलन गरिएको प्रहरी स्रोतले जनाएको छ ।
तत्कालीन डीएसपी कृष्णराज ओझाको सरुवा भएपछि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा नयाँ अनुसन्धान अधिकृत तोकिएको छैन । ओझाका ठाउँमा अहिले डीएसपी ज्ञानबहादुर विष्ट आएका छन् । ‘अनुसन्धान चलिरहेको छ तर खासै प्रगति हुन सकेको छैन,’ उनले भने, ‘सबै टोलीले काम गरिरहेका छन् ।’
पछिल्लो पटक प्रहरीले अपराधीको स्केच बनाएको कुरा पनि बाहिर आएको थियो तर उक्त कुरा अहिले सेलाएको छ । प्रहरीले स्थानीयकोसूचनाका आधारमा ऊक्त स्केच बनाएको हो । ‘अनेक सिराबाट अनुसन्धान गर्दै जाँदा धेरै व्यत्तिहरू दायरामा आए,’ एसपी आचार्यले भने, ‘फेरि नयाँ थपिँदै गए ।’
ढिलो भए पनि एक दिन न्याय पाउने आस बाँकी रहेको निर्मलाकी आमा दुर्गादेवीले बताइन् । ‘सोधपुछका लागि पत्रकार र सुरक्षाकर्मी पटक पटक आउँदा फेरि पुरानै कुराले सताउँछ,’ उनले भनिन्, ‘मुख्य प्रमाण डीएनए बाँकी भएकाले अपराधी पक्ता लाग्नेमा ढुक्क छु ।’
अनुसन्धान त्रममा प्रमाण नष्ट गरेका र यातना कसुरमा मुद्दा लागेका ८ जना तत्कालीन प्रहरीलाई जिल्ला अदालत कञ्चनपुरले धरौटीमा छाड्न आदेश दिएको छ । तत्कालीन एसपी दिल्लीराज विष्टसहित डीएसपीद्वय ज्ञानबहादुर सेठी र अंगुर जीसी, प्रहरी निरीक्षकद्वय जगदीश भट्ट र एकेन्द्र खडका, सइद्वय रामसिंह धामी र हरिसिंह धामी तथा प्रहरी जवान चाँदनी साउदलाई अदालतले धरौटीमा छाडन आदेश दिएको हो ।
साभार : कान्तिपुर


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
आईपिएलमा मुम्बईमाथि कोलकाताको शानदार जित
1714759884-7051-1714791856.jpg

२२ बैशाख, हेटौंडा ।  इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा मुम्बई इन्डियन्समाथि कोलकाता नाइट...

सुदूरपश्चिमका मुख्यमन्त्रीले आज विश्वासको मत लिने
sodari_GkbKs5IIpa-1714791077.jpg

२२ बैशाख, धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज विश्वासको मत लिने भएका छन् । सो...

डाइभर्सिटी भिसाको नतिजा आज बेलुका सार्वजनिक हुने
checkedvresult2025-1714790208.png

२२ बैशाख, काठमाडौँ । अमेरिकाले प्रत्येक वर्ष सञ्चालन गर्दै आएको डाइभर्सिटी भिसा २०२५ को नतिजा आज बेलुका...

नेपाल र वेष्ट इन्डिज ‘ए’ बिच अन्तिम खेल हुँदै
20240504_081645-1714789924.jpg

२२ बैशाख, काठमाडौँ । नेपाल र वेष्ट इन्डिज ‘ए’ बिचको टी–२० श्रृंखलाअन्तर्गत अन्तिम खेल आज  हुँदैछ । खेल...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714789351.jpg

२२ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशभर आंशिक देखि साधारणतया...

हेटौंडा ६ स्थित प्रज्वल बोर्डिङमा डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया
FB_IMG_1714750419377-1714750538.jpg

२१ बैशाख, हेटौंडा। विद्यार्थीलाई डढेलाेकाे बारेमा सचेतना गराउने उद्वेश्यका साथ हेटाैडा ६ चाैघडामा रहेकाे...

प्रहरी हत्यामा दोषी लोसपाका प्रदेश सांसद शर्मा निलम्बित
abhiram1669257592-1714733-1714737909.jpg

२१ बैशाख, जनकपुर । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का मधेश प्रदेशसभा सदस्य अभिराम शर्मा निलम्बित भएका छन्...

सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मत नदिन रेशम पक्षको ह्विप
resham-chaudary_8mJRQJFnA-1714732252.jpg

२१ बैशाख, धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीलाई विश्वासको मत नदिन नागरिक उन्मुक्ति...

युवकले चलाएको गोली लागेर एक छात्रा घाइते
goli-murder-shot_20190223-1714731996.jpg

२१ बैशाख, झापा । झापाको दमकमा एक युवकले चलाएको गोली लागेर एक छात्रा घाइते भएकी छन् । शुक्रबार दिउँसो सिराहाका...

थप समाचार