७ बैशाख, कञ्चनपुर । आधा दर्जन अनुसन्धान टोली । करिब सय जनाको डीएनए परीक्षण । ५ सयभन्दा बढीलाई सोधपुछ । नतिजा शून्य । ९ महिनाअघि बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तको घटनाको अनुसन्धानबारे प्रहरीलाई सोध्दा सधैं एउटै जवाफ आउँछ, ‘थप अनुसन्धान भइरहेको छ, ठोस प्रगति हुन सकेको छैन ।’
अपराधी पत्ता नलाग्दा घटना नै ओझेलमा पर्न थालेको छ । न्यायका लागि आन्दोलनमा होमिएका अधिकारकर्मी र पीडित परिवारसमेत यतिबेला मौन छन् । पछिल्लोपटक अधिकारकर्मीसमेत विभाजित भएका छन् । जिल्ला प्रशासन कार्यालयको गेटअगाडि लामो समयसम्म चलेको पीडित परिवारको धर्ना पनि स्थगित भएको छ ।
घटना अनुसन्धानमा जिल्ला प्रहरी कार्यालयको टोलीसँगै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो, अपराध महाशाखा र केन्द्रीय कार्यालयसहितका ४ टोली अहिले पनि खटिएका छन् । डीएनएको नमुना संकलन तथा सोधपुछ चलिरहेको छ । ‘ठोस प्रगति हुन सकेको छैन,’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी दिनेश आचार्यले भने, ‘विभिन्न कोणबाट अनुसन्धान गरिरहेका छौं ।’
प्रहरीले सुरुदेखि नै अनुसन्धान साँघुरिँदै गएको दाबी गर्दै आएको छ तर ठोस प्रमाण हात लाग्न सकेको छैन । घटनाको प्रत्यक्षदर्शी नहुँदा ठोस प्रगति हुन नसकेको प्रहरीले जनाएको छ । ‘अनुसन्धानका लागि सबै प्रविधि र तरिका अपनाइरहेका छौं,’ एसपी आचार्यले भने, ‘अनुसन्धानका लागि वातावरण सहज बन्दै गएको छ ।’ उनका अनुसार स्थानीयले सूचना दिन थालेकाले सहज भएको छ । सुरुमा घटनास्थल वरपरका बासिन्दाले सूचना दिन डराउँदा समस्या भएको थियो ।
पछिल्लो पटक प्रहरीको अनुसन्धान डीएनएमै अल्झिएको देखिन्छ । करिब सय जनाको डीएनए परीक्षण भइसकेको छ । ६र७ जनाको डीएनए परीक्षणको रिपोर्ट आउन बाँकी छ । यति धेरैको डीएनए परीक्षण हुँदा समेत अपराधी पत्ता नलाग्दा निर्मलाको भेजाइनल स्वाबमा भएको डीएनए नै नक्कली हो कि भन्ने आशंका पनि बढेको छ । यही आशंका मेटाउन निर्मलाकी आमा दुर्गादेवीले आफ्नो डीएनए परीक्षण गराएकी थिइन् । उक्त डीएनए भने मिलेको थियो ।
‘अपराधी पत्ता लागाउन डीएनए नै अन्तिम सूत्र होइन, यो त एउटा सहयोगी तथ्य मात्रै हो,’ एसपी आचार्यले भने, ‘हामी अन्य प्रमाण पनि जुटाउने प्रयास गरिरहेका छौं ।’ प्रहरीले सुरुमा डीएनए परीक्षण गरिएका व्यक्तिको नाम सार्वजनिक गरे पनि पछिल्लो पटक भने गोप्य राख्ने गरेको छ । खासगरी निर्मलाको घर वरपर र घटनास्थल आसपासका स्थानीयको बढी मात्रामा डीएनए संकलन गरिएको प्रहरी स्रोतले जनाएको छ ।
तत्कालीन डीएसपी कृष्णराज ओझाको सरुवा भएपछि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा नयाँ अनुसन्धान अधिकृत तोकिएको छैन । ओझाका ठाउँमा अहिले डीएसपी ज्ञानबहादुर विष्ट आएका छन् । ‘अनुसन्धान चलिरहेको छ तर खासै प्रगति हुन सकेको छैन,’ उनले भने, ‘सबै टोलीले काम गरिरहेका छन् ।’
पछिल्लो पटक प्रहरीले अपराधीको स्केच बनाएको कुरा पनि बाहिर आएको थियो तर उक्त कुरा अहिले सेलाएको छ । प्रहरीले स्थानीयकोसूचनाका आधारमा ऊक्त स्केच बनाएको हो । ‘अनेक सिराबाट अनुसन्धान गर्दै जाँदा धेरै व्यत्तिहरू दायरामा आए,’ एसपी आचार्यले भने, ‘फेरि नयाँ थपिँदै गए ।’
ढिलो भए पनि एक दिन न्याय पाउने आस बाँकी रहेको निर्मलाकी आमा दुर्गादेवीले बताइन् । ‘सोधपुछका लागि पत्रकार र सुरक्षाकर्मी पटक पटक आउँदा फेरि पुरानै कुराले सताउँछ,’ उनले भनिन्, ‘मुख्य प्रमाण डीएनए बाँकी भएकाले अपराधी पक्ता लाग्नेमा ढुक्क छु ।’
अनुसन्धान त्रममा प्रमाण नष्ट गरेका र यातना कसुरमा मुद्दा लागेका ८ जना तत्कालीन प्रहरीलाई जिल्ला अदालत कञ्चनपुरले धरौटीमा छाड्न आदेश दिएको छ । तत्कालीन एसपी दिल्लीराज विष्टसहित डीएसपीद्वय ज्ञानबहादुर सेठी र अंगुर जीसी, प्रहरी निरीक्षकद्वय जगदीश भट्ट र एकेन्द्र खडका, सइद्वय रामसिंह धामी र हरिसिंह धामी तथा प्रहरी जवान चाँदनी साउदलाई अदालतले धरौटीमा छाडन आदेश दिएको हो ।
साभार : कान्तिपुर
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
















-1786686763.jpg)

