७ बैशाख , हेटौँडा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले वर्तमान के पि ओली नेत्तृत्वको दईतिहाईको कम्युनिष्ट सरकार नेपालको इतिहासमै सबैभन्दा भ्रष्ट सरकार रहेको आरोप लगाएका छन ।
शनिबार कांग्रेस मकवानपुर ४ नम्बर क्षेत्रीय समितिको सम्मेलनलाई सम्बोधन गर्दै प्रमुख अतिथि गुरुङले अहिलेको कम्युनिस्ट सरकार वाईड बडि बिमान, बुढी गण्डकी, फोरजीसहितको काण्डै काण्डमा मुछिएको भन्दै दईतिहाईको कम्युनिष्ट सरकार नेपालको इतिहासमै सबैभन्दा भ्रष्ट सरकार रहेको आरोप लगाएका हुन ।
उनले दुईतिहाईको सरकारले जनताको रगत पसिना चुसेर नपुगेर हत्याहिंसा, बलत्कार महंगी र चरम भ्रष्टाचारमा फसेको भन्दै अब ५ वर्ष पनि टिक्न मुस्किल रहेको बताए ।
कांग्रेस प्रदेश ३ संसदीय दलका नेता एवं मकवानपुर पार्टी सभापति ईन्द्रबहादुर बानियाँले अहिलेको कम्युनिष्ट सरकारले गरेको चरम भ्रष्टाचार, महंगीलगायतका विषयहरु जनताले जान्न पाउने अधिकार रहेकाले कम्युनिष्ट सरकारको गलत काम भन्डाफोर गर्ने समय आएको बताए । नेता बानियाँले कांग्रेस अब जागरण अभियान लिएर गाउँरगाउँ जाने बताए । सरकारी जग्गा बाँकी नराख्ने कम्युनिष्ट सरकारका प्रतिनिधिहरुले जनताको मर्म भावना र विश्वास अनि जनताले चाहेको कुरा पुरा गर्न नसक्ने बानियाँको दावि थियो ।
कांग्रेस ४ नम्बर क्षेत्रीय सभापति लोकबहादुर मुक्तानको सभाध्यक्षता भएको कार्यक्रममा कांग्रेस मकवानपुरका निवर्तमान सभापति रघुरमण न्यौपाने, प्रमुख सल्लाहकार माईकल रामचन्द्र अर्याल, पार्टी सचिव बुद्ध लामा, प्रदेशसभा सदस्य सन्तबहादुर चेपाङ्ग, जिल्ला सल्लाहकार उमा दाहाल, १ नम्बर क्षेत्रीय सभापति एवं बकैया गाउँपालिका अध्यक्ष दामोदर खनाल, २ नम्बर क्षेत्रीय सभापति यतिराज सापकोटा, ३ नम्बर क्षेत्रीय सभापति तारानाथ चौलागाईं, ४ नम्बर क्षेत्रीय उपसभापति नुरोज पौडेल, मनहरी गाउँपालिका संयोजक भरत पराजुली, नेविसंघ मकवानुर अध्यक्ष राजु खतिवडा, नवप्रवेशीद्वय राजेन्द्र कालाखेती, सुमन प्रजाले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम मार्फत राप्रपा र नेकपा परित्याग गरि ५३ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् । एनपीएलमा आज बिहान चितवन राइनोज र...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
२९ असोज, हेटौंडा । शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप...










-nepal-1792111426.jpg)







