८ वैशाख, हेटौँडा । नेपाली लेग स्पिनर सन्दीप लामिछानेको उत्कृष्ट बलिङमा इन्डियन प्रिमियर लिग (आईपीएल) को ३७ औं खेलमा दिल्ली क्पायिटल्सले किंग्स इलाभेन पन्जावलाई ५ विकेटले पराजित गरेको छ ।
जितका लागी दिल्लीका कप्तान श्रेयस अय्यर र शिखर धवनको अर्ध शतकिय पारी पनि महत्वपूर्ण रह्यो ।
टस जितेर पहिले फिल्डिङ गरेको दिल्लीले पञ्जाबबाट १६४ रनको विजयी लक्ष्य पाएको थियो । दिल्लीका लागि शिखर धवनले ५६ रन बनाए भने कप्तान श्रेयस अय्यरले ५८ रन बनाए । टिमका लागी ओपनर पृथ्वी शले १३ रन बनाउँदा कोलिन इन्ग्रामले १९ रन बनाए ।
१ सय ६४ रनको लक्ष्य पछ्पाएको दिल्लीले २ बल अगाडी ५ विकेटको क्षतिमा पुरा गरेको हो । पन्जावका लागि हार्डस विलोजेनले २ र मोहम्मद शामीले १ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको किंग्स इलाभेन पञ्जाबले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६३ रन बनाएको थियो । पञ्जाबका लागि क्रिस गेलले सर्वाधिक ६९ रन बनाए । त्यस्तै मन्दीप सिंहले ३० रन बनाउँदा रविचन्द्रन आश्विनले १६ तथा हरप्रीतले २० रन बनाए ।
दिल्ली क्यापिटल्सका लागि नेपाली स्पिनर सन्दीप लामिछानेले महत्वपूर्ण ३ विकेट लिए । चार ओभरमा ४० रन खर्चिए पनि उनले क्रिस गेलसहित पञ्जाबका महत्वपूर्ण तीन विकेट लिएका हुन् । त्यस्तै दिल्लीका लागि कागिसो रबाडा र अक्षर पटेलले समान २–२ विकेट लिए ।
१० खेलमध्ये ६ खेलमा जित हात पारेको दिल्ली क्यापिटल्स १२ अंकसहित अंकतालिकाको तेस्रो स्थानमा रहेको छ । यस्तै चेन्नई ९ खेलमा ७ मा जित र २ मा हारका साथ १४ अंकका साथ शीर्ष स्थानमा छ । मुम्बई १० खेलमा ६ मा जित र ४ मा हारका दोस्रो स्थानमा छ
९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...
९ कार्तिक, हेटौंडा । सप्तकोसी नदीमा मोटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् ।...
९ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...
८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...
८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...
८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...
८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...






-1792888897.jpg)






-nepal-1792111426.jpg)




