९ बैशाख, हेटौँडा । नेपाली कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले प्रदेशसभाको आगामी बैठक चल्न नसक्ने चेतावनी दिएका छन् ।
प्रदेश सरकारले हिउँदे अधिवेशनभित्र राजधानीको टुंगो लगाउने सहमति चैत १७ गतेको कार्यव्यवस्था परामर्श समितिमा गरेपनि सहमति तोडेकोले कांग्रेसले आगामी बैठक चल्न नदिने नेता बानियाँले बताए । हिउँदे अधिवेशन अन्त्य गर्ने प्रदेश सरकारको निर्णय अनुसार प्रदेश प्रमुख अनुराधा कोइरालाले अधिवेशन अन्त्य गरेपछि बानियाँको यस्तो धारणा बाहिर आएको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिसद्को सिफारीसमा उनले नेपालको संंविधानको घारा १ सय ८३ को उपधारा २ अनुसार अधिवेशन अन्त्य गरेकी छिन् । प्रदेशसभाको हिउँदे अधिवेशन मंगलबार राति १२ बजेबाट अन्त्य हुँदैछ ।
कांग्रेसको दवावमा प्रदेशको स्थायी राजधानीको निर्णय गर्न कार्यविधि तयार गर्ने समिति गठनको सहमति भएको थियो । सोही अनुसार प्रदेशसभामा सभामुख सानुकुमार श्रेष्ठले यसबारे जानकारी गराएका थिए । त्यसपछि यसबारे कुनै प्रक्रिया अघि नबढेपछि कांग्रेस सांसदहरुले पटक पटक तत्काल समिति बनाउन र प्रक्रिया अघि बढाउन सभामुखलाई आग्रह गरेका थिए ।
‘सहमतिलाई लत्याई सभामुख, सांसद र सार्वभौम संसदलाई झुक्याएर अधिवेशन अन्त्य गरिएको छ ।’–बानियाँले भने–‘सहमति तोडेकाले कांग्रेसले संसद अघि बढाउन दिन सक्दैन ।’ प्रतिपक्ष दलको नेता बानियाँले जनताको माग, संवैधानिक प्रावधानलाई सरकारले लत्याउनु दुर्भाग्य भएको भन्दै उनले गल्ति नसच्चिए संसद अघि बढ्न नसक्ने बताए । हिउँदै अधिवेशनमै राजधानीको टुंगो प्रक्रिया अनुसार लाग्ने सत्तारुढ दलका संसदीय दलका नेता समेत रहेका मूख्यमन्त्री डोरमणी पौडेलले संसदमा जानकारी गराएपछि अहिले झुक्याएको बानियाँको भनाई छ । जनताको हितमा काम नगर्नेले सत्तामा बस्नुको कुनै औचित्य नरहेको समेत उनको भनाई छ । हिउँदे अधिवेशन अन्त्य गरेर मूख्यमन्त्री पौडेल चीन भ्रमण निस्कनु गैरजिम्मेवारपूर्ण कार्य भएको कांग्रेसको भनाई छ ।
७ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा शुरु...
७ असार, हेटौंडा । हाल कोशी प्रदेशको केहि स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ । अन्य भूभागमा पश्चिमी वायु, स्थानीय...
६ असार, हेटौंडा । व्यवसायी दीपक भट्ट र उद्योगी सुलभ अग्रवाललाई उच्च अदालत पाटनले बैंकिङ कसुरसम्बन्धी मुद्दामा...
६ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज चितवनको भरतपुरमा बस्दै छ...
६ असार, हेटौंडा । हाल नेपालको कोशी प्रदेशका केही भूभागमा मनसुनी प्रभाव रहेको छ । अन्य भूभागमा स्थानीय वायु तथा...
५ असार, हेटौंडा । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले आज कक्षा १२ को नतिजा...
५ असार, हेटौंडा । प्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८३ पारित भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री...
५ असार, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पूर्वीय वायूको...
४ असार, हेटौंडा । नेपाली कांग्रेसले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख तथा पदाधिकारीलाई प्रधानमन्त्री...
२५ जेठ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ८०० रुपैयाँले हो । छापावाल सुनको मूल्य...
३१ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय मनाङमा कार्यरत नायव सुब्बा ज्ञानराज...
२६ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग...
२५ जेठ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय कार्यसमितिको पूर्वनिर्धारित बैठक सारिएको छ...
२६ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान...
२५ जेठ, हेटौंडा । लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् हेरफेर गरिएको छ । नवनियुक्त पाँचजना मन्त्रीले पद तथा...
२६ जेठ, हेटौंडा । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको राजीनामा माग...
३१ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको...
३१ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश सभापतिमा उत्सव अर्याल विजयी बनेका छन् । दुई...


















