Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

सहमति तोडेकाले प्रदेशसभाको आगामी बैठक चल्दैन : बानियाँ

Indra-Baniya-1555947377.jpg

९ बैशाख, हेटौँडा । नेपाली कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले प्रदेशसभाको आगामी बैठक चल्न नसक्ने चेतावनी दिएका छन् ।
प्रदेश सरकारले हिउँदे अधिवेशनभित्र राजधानीको टुंगो लगाउने सहमति चैत १७ गतेको कार्यव्यवस्था परामर्श समितिमा गरेपनि सहमति तोडेकोले कांग्रेसले आगामी बैठक चल्न नदिने नेता बानियाँले बताए । हिउँदे अधिवेशन अन्त्य गर्ने प्रदेश सरकारको निर्णय अनुसार प्रदेश प्रमुख अनुराधा कोइरालाले अधिवेशन अन्त्य गरेपछि बानियाँको यस्तो धारणा बाहिर आएको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिसद्को सिफारीसमा उनले नेपालको संंविधानको घारा १ सय ८३ को उपधारा २ अनुसार अधिवेशन अन्त्य गरेकी छिन् । प्रदेशसभाको हिउँदे अधिवेशन मंगलबार राति १२ बजेबाट अन्त्य हुँदैछ ।
कांग्रेसको दवावमा प्रदेशको स्थायी राजधानीको निर्णय गर्न कार्यविधि तयार गर्ने समिति गठनको सहमति भएको थियो । सोही अनुसार प्रदेशसभामा सभामुख सानुकुमार श्रेष्ठले यसबारे जानकारी गराएका थिए । त्यसपछि यसबारे कुनै प्रक्रिया अघि नबढेपछि कांग्रेस सांसदहरुले पटक पटक तत्काल समिति बनाउन र प्रक्रिया अघि बढाउन सभामुखलाई आग्रह गरेका थिए । 
‘सहमतिलाई लत्याई सभामुख, सांसद र सार्वभौम संसदलाई झुक्याएर अधिवेशन अन्त्य गरिएको छ ।’–बानियाँले भने–‘सहमति तोडेकाले कांग्रेसले संसद अघि बढाउन दिन सक्दैन ।’ प्रतिपक्ष दलको नेता बानियाँले जनताको माग, संवैधानिक प्रावधानलाई सरकारले लत्याउनु दुर्भाग्य भएको भन्दै उनले गल्ति नसच्चिए संसद अघि बढ्न नसक्ने बताए । हिउँदै अधिवेशनमै राजधानीको टुंगो प्रक्रिया अनुसार लाग्ने सत्तारुढ दलका संसदीय दलका नेता समेत रहेका मूख्यमन्त्री डोरमणी पौडेलले संसदमा जानकारी गराएपछि अहिले झुक्याएको बानियाँको भनाई छ । जनताको हितमा काम नगर्नेले सत्तामा बस्नुको कुनै औचित्य नरहेको समेत उनको भनाई छ । हिउँदे अधिवेशन अन्त्य गरेर मूख्यमन्त्री पौडेल चीन भ्रमण निस्कनु गैरजिम्मेवारपूर्ण कार्य भएको कांग्रेसको भनाई छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

थप समाचार