१० वैशाख, हेटौँडा । ११ खेलमा ७ मा जित र ४ मा हारका साथ १४ अंक जोडेको दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग (आईपीएल)को शीर्ष स्थानमा उक्लिएको छ ।
आईपीएलको सोमबार राति भएको ४० औं खेलमा राजस्थान रोयल्सलाई ६ विकेटले पराजित गर्दै दिल्ली क्यापिटल्स अंक तालीकामा शीर्षस्थानमा उक्लिएको हो ।
१ सय ९२ रनको विशाल लक्ष्य पछ्याएको दिल्लीले ४ बल अगाडीनै ४ विकेटको क्षतिमा लक्ष्य पुरा गरेको हो । दिल्लीको जितमा विकेटकीपर ऋषभ पन्त, ओपनर शिखर धवन र पृथ्वी शाले उत्कृष्ट प्रदेर्शन गरे ।
ऋषभ पन्त ७८, शिखर धवन ५४ तथा पृथ्वी शाले ४२ रन बनाए । राजस्थानका लागी श्रेयस गोपालले २, धवन कुलकर्णी र रियान परागले समान १ विकेट लिए ।
त्यस अघि घरेलु मैदान जयपुरमा टस हारेर पहिला ब्याटिङ थालेको राजिस्थानले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ९१ रन बनाएको थियो ।
राजस्थानका लागि ओपनर अजिंक्या रहाणेले शानदार शतक प्रहार गरे । रहाणे ६३ बलमा ११ चौका र ३ छक्का सहित १ सय ५ रनमा अविजित रहे पनि त्यो जितको लागि प्राप्त रहेन ।
अजिंक्या रहाणे र कप्तान स्टिभ स्मिथले दोस्रो विकेटका लागि १२ ओभरमा १ सय ३० रनको साझेदारी गर्दै राजिस्थानलाई विशाल योगफल सम्म पु¥याएका थिए ।
कप्तान स्मिथले ३२ बलमा ८ चौका प्रहार गर्दै ५० रन बनाए । यस्तै राजस्थान रोयल्सका लागी बेन स्ट्रोक्स ८, एस्टन टर्नर शून्य र स्टुअर्ट बिन्नी १९ रनमा आउट भए ।
दिल्लीका कागीसो रबडाले २, ईशान्त शर्मा, क्रिस मोरिस र अक्षर पटेलले समान एक विकेट लिए ।
सोमबारको खेलसँगै दिल्ली ११ खेलमा ७ मा जित र ४ मा हारका साथ १४ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ । त्यस्तै चेन्नई सुपर किंग्स १० खेलमा ७ मा जित र ३ मा हारका साथ दोस्रो स्थानमा छ भने मुम्बई १० खेलमा ६ मा जित र ४ मा हारका साथ तेश्रो स्थानमा रहेको छ । (एजेन्सी)
८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...
८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...
८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...
८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...
७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...
६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...
६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...
६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...

-1792888897.jpg)










-nepal-1792111426.jpg)




