Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

२० वर्षीया महिलाले एकै पटक जन्माईन् चार शिशु

Child-1556085226.jpg

तस्विर : रितेश त्रिपाठी/नागरिक

११ बैशाख, वीरगन्ज । वीरगन्जको एक निजी अस्पतालमा मंगलबार एक २० वर्षीया महिलाले एकै पटकमा चार जना शिशुलाई जन्माएकी छिन् । 
पर्साको छिपहरमाइ गाउँपालिका ४ जयमंगलापुरका सलीम गद्धीकी श्रीमती नजमा खातुनले ३ छोरी र १ छोरा गरी चार जना शिशुलाई एकसाथ जन्म दिएकी हुन्। 
वीरगन्ज हेल्थ केयर हस्पिटलमा दिउँसो करिब पौने एक बजे खातुनले ४ शिशु जन्माएकी हुन्। तीन बालिका शिशुको तौल क्रमश १ किलो ५ सय ग्राम, १ किलो, ८ सय ग्रामर छोराको तौल १ किलो २ सय ५० ग्राम रहेको अस्पतालकी मेट्रोन भूमिका अधिकारीले जानकारी दिइन्।
अस्पतालका चिकित्सकका अनुसार ९ महिनामा शिशु जन्मिनु पर्नेमा खातुनले सात महिनाभित्रै ४ शिशु जन्माएकी छन्। उनीहरुको पुरा विकास नभएको र तौल पनि औसतभन्दा कम रहेको अस्पतालको प्रसूति विभागकी चिकित्सक डा। स्वेता चौधरीले जानकारी दिइन्। चारै जना शिशुलाई एनआइसीयुमा बिशेषज्ञ डा. आनन्दकुमार झाको रेखदेखमा राखिएको छ। अस्पतालमा मंगलबार बिहान सात बजे खातुनलाई भर्ना गरिएको थियो। बच्चाको तौल कम भएकाले इन्फेक्सनको जोखिम देखेर सबैलाई एनआइसीयु कक्षमा राखिएको डाक्टरहरुले बताए। 
चार बच्चाकी आमा बनेकी खातुनको स्वास्थ्य अवस्था सामान्य रहेको डाक्टर चौधरीले बताइन् ।
साभार : नागरिक दैनिक


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1792807177.jpg

७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...

रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

आइपिएलको टिकट मूल्य सार्वजनिक
Nepal_Premier_League_offi-1792716535.png

६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...

आज पनि टीका लगाउने क्रम जारी
Screenshot_20261023_06275-1792716181.jpg

६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1792715895.jpg

६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ।  तराई...

पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज
Jhalanath-Khanal-17912015-1792632009.jpg

५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

टीका र जमरा लगाउने क्रम जारी
dashain-teeka-1792631601.jpg

५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...

थप समाचार