Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

मकवानपुरसहित ३ नम्बर प्रदेशमा औलोका २६ रोगी

IMG_8080-1556099460.JPG

११ बैशाख, हेटौँडा । मकवानपुरसहित ३ नम्बर प्रदेशका १३ जिल्लामा औलोका २६ रोगी फेला परेको तथ्यांक सार्वजनिक गरिएको छ । 
विश्व औलो दिवसको स्वास्थ्य निर्देशनालय हेटौँडाले बुधबार गरेको अन्तरक्रिया कार्यक्रममा यस्तो तथ्यांक सार्वजनिक गरिएको हो । कार्यक्रममा निर्देशनालयका भेक्टर कन्ट्रोल अधिकृत चन्द्रेश्वर झाले आर्थिक बर्ष ०७४/०७५ मा सबैभन्दा बढि चितवनमा १४ र सबैभन्दा कम काठमाडौंमा एक जना रोगी फेला परेको जानकारी दिए । त्यसैगरी, सिन्धुलीमा ५, काभ्रे र मकवानपुरमा ३/३ जना औलोका रोगी फेला परेको जनाईएको छ । आव ०७४/०७५ मा १ हजार १ सय ८७ विरामी फेला परेकोमा सबैभन्दा कम १ नम्बर प्रदेशमा २४ र सबैभन्दा बढि सुदुरपश्चिम प्रदेशमा ५ सय ८६ रहेका छन् ।
नेपालमा औलो रोगको उच्च जोखिममा रहेको जनसंख्या २ लाख १७ हजार ७ सय ६ र मध्यम जोखिममा रहेको जनसंख्या ९ लाख २७ हजार ४ सय १४ रहेको छ ।
मकवानपुरमा २ विरामी फेला
चालु आर्थिक बर्ष ०७५/०७६ मा मकवानपुरमा २ जना औलो रोगी फेला परेका छन् । ति मध्ये दुबै पुरुष रहेको जनाईएको छ । त्यस्तै मकवानपुरमा, ०७४/०७५ मा ३ जना पुरुष, ०७३/०७४ मा २ पुरुष र ०७२/०७३ मा ९ महिला, २ पुरुष गरी ११ जना औलो रोगी फेला परेको शशीकान्त सिंहले जानकारी दिए । कार्यक्रममा निर्देशनालयका निमित्त प्रमुख धुलाराम अधिकारी, पत्रकार प्रताप विष्ट, स्वास्थ्यकर्मी भुपनारायण यादव लगायतले मन्तव्य व्यक्त गरेका थिए । विश्व औलो दिवसको अवसरमा विहिबार हेटौँडामा प्रभातफेरी हुने जनाईएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

आइपिएलको टिकट मूल्य सार्वजनिक
Nepal_Premier_League_offi-1792716535.png

६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...

आज पनि टीका लगाउने क्रम जारी
Screenshot_20261023_06275-1792716181.jpg

६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1792715895.jpg

६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ।  तराई...

पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज
Jhalanath-Khanal-17912015-1792632009.jpg

५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

टीका र जमरा लगाउने क्रम जारी
dashain-teeka-1792631601.jpg

५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...

हात्तीको आक्रमणबाट दुई व्यक्तिको मृत्यु
elephant-e1785897096641-1792545547.jpg

४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...

एनपीएल तेस्रो संस्करणमा डीआरएस प्रयोग गरिने
1792466625331-x81iv6f-1792545334.png

४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...

थप समाचार