वैशाख ११, हेटौँडा । प्रदेश ३ सरकारले ल्याएको प्रदेश सूचनाको हक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक फिर्ता लिन सुझाइएको छ ।
प्रदेश सरकारले प्रदेश सभा पेस गरेर छलफलमा रहेको विधेयक अपूर्ण र नागरिकको मौलिक हकलाई सङ्कुचन भएकोले फिर्ता लिन सुझाव दिइएको हो ।
फ्रिडम फोरमले बुधबार काठमाडौँमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरुले विधेयक नेपालको संविधानको भावना विपरीत भएको भन्दै सूचनाको हकलाई सबल बनाउने होइन विधेयक यथास्थितिमा पासमा नागरिकको मौलिक हक गुम्ने बताए ।
वक्ताहरुले विधेयकमा भएको पुनरावेदन समितिको सट्टा प्रदेश सूचना आयोग राख्न सुझाउँदै समितिले नागरिकको संबैधानिक हकको संरक्षण र सम्बद्र्धन गर्न नसक्ने बताए ।
सूचनाको हकको अधिकार नागरिकको मौलिक अधिकार भएको भन्दै सूचना पाउने अधिकारलाई सुनिश्चित गर्न वक्ताहरुले माग गरेका थिए ।
कार्यक्रममा सहभागी प्रदेश ३ का प्रदेश सभाका सदस्यहरुले सूचनाको हकको अधिकारलाई सङ्कुचन गर्न नहुने उल्लेख गरेका थिए । उनीहरुले समृद्धिका लागि पारदर्शिता र सुशासन आवश्यक भएको औल्याउँदै भ्रष्टाचार नियन्त्रण र सुशासन गर्न सूचनाको हकको अधिकारमा सम्झौता गर्न नहुने बताए ।
कार्यक्रममा प्रदेश सभाका सदस्यहरु रमेश पौड्याल, रजनी जोन्छे, देवकी श्रेष्ठ, विजया केसी, सीता लामा, राधा घले, राजेन्द्रमान श्रेष्ठ, छिरिङ दोर्जे लामा, योगेन्द्र सङ्ग्रौला र जीवन डङ्गोलले सूचनाको हकसम्बन्धी प्रदेश सरकारले ल्याएको विधेयक यथास्थितिमा पास भएमा कार्यान्वयनमा जटिलता उत्पन्न हुने धारणा राखेका थिए ।
फ्रिडम फोरमका अध्यक्ष हरिविनोद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख कार्यकारी निर्देशक तारानाथ दाहाल, सूचनाको हकसम्बन्धी अभियानका अभियन्ताहरु टंक पन्त, बाबुराम अर्याल, नोदनाथ त्रिताल, सञ्जीव घिमिरे, श्रीराम पन्तलगायतले प्रदेश सभामुखको अध्यक्षतामा आन्तरिक मामिला मन्त्री र प्रमुख विपक्षी दलको नेता रहेको आयोग सिफारिश समिति बनाइनुपर्ने बताए ।
प्रदेश सूचनाको हक सम्बन्धी ऐन संविधानपछिको महत्वपूर्ण विधेयक भएको भन्दै सूचना स्वत प्रकाशन एवं प्रशारण गर्ने र नियमित प्रकाशन एवं प्रकाशन नगर्नेलाई कार्वाही गर्ने व्यवस्था हुने गरी विधेयकमा व्यवस्था गर्न सहभागीहरुले माग गरेका थिए ।
साथै सूचनाको हकलाई रोक्नु नागरिकलाई बन्द समाजतर्फ धकेल्नु हो भन्दै बक्ताहरुले सूचनाको माग र दिने विषयलाई प्रविधिले आत्मसात गर्नुपर्ने बताए । विधेयक हाल प्रदेश मामिला समितिमा छलफलका लागि पठाइएको छ ।
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् । एनपीएलमा आज बिहान चितवन राइनोज र...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
२९ असोज, हेटौंडा । शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप...










-nepal-1792111426.jpg)







