Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

सूचनाको हकसम्बन्धी विधेयक फिर्ता लिनु पर्छ

3-1556128143.jpg

वैशाख ११, हेटौँडा । प्रदेश ३ सरकारले ल्याएको प्रदेश सूचनाको हक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक फिर्ता लिन सुझाइएको छ ।
प्रदेश सरकारले प्रदेश सभा पेस गरेर छलफलमा रहेको विधेयक अपूर्ण र नागरिकको मौलिक हकलाई सङ्कुचन भएकोले फिर्ता लिन सुझाव दिइएको हो ।
फ्रिडम फोरमले बुधबार काठमाडौँमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरुले विधेयक नेपालको संविधानको भावना विपरीत भएको भन्दै सूचनाको हकलाई सबल बनाउने होइन विधेयक यथास्थितिमा पासमा नागरिकको मौलिक हक गुम्ने बताए । 
वक्ताहरुले विधेयकमा भएको पुनरावेदन समितिको सट्टा प्रदेश सूचना आयोग राख्न सुझाउँदै समितिले नागरिकको संबैधानिक हकको संरक्षण र सम्बद्र्धन गर्न नसक्ने बताए ।
सूचनाको हकको अधिकार नागरिकको मौलिक अधिकार भएको  भन्दै सूचना पाउने अधिकारलाई सुनिश्चित गर्न वक्ताहरुले माग गरेका थिए ।
कार्यक्रममा सहभागी प्रदेश ३ का प्रदेश सभाका सदस्यहरुले सूचनाको हकको अधिकारलाई सङ्कुचन गर्न नहुने उल्लेख गरेका थिए । उनीहरुले समृद्धिका लागि पारदर्शिता र सुशासन आवश्यक भएको औल्याउँदै भ्रष्टाचार नियन्त्रण र सुशासन गर्न सूचनाको हकको अधिकारमा सम्झौता गर्न नहुने बताए ।
कार्यक्रममा प्रदेश सभाका सदस्यहरु रमेश पौड्याल, रजनी जोन्छे, देवकी श्रेष्ठ, विजया केसी, सीता लामा, राधा घले, राजेन्द्रमान श्रेष्ठ, छिरिङ दोर्जे लामा, योगेन्द्र सङ्ग्रौला र जीवन डङ्गोलले सूचनाको हकसम्बन्धी प्रदेश सरकारले ल्याएको विधेयक यथास्थितिमा पास भएमा कार्यान्वयनमा जटिलता उत्पन्न हुने धारणा राखेका थिए ।
फ्रिडम फोरमका अध्यक्ष हरिविनोद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख कार्यकारी निर्देशक तारानाथ दाहाल, सूचनाको हकसम्बन्धी अभियानका अभियन्ताहरु टंक पन्त, बाबुराम अर्याल, नोदनाथ त्रिताल, सञ्जीव घिमिरे, श्रीराम पन्तलगायतले प्रदेश सभामुखको अध्यक्षतामा आन्तरिक मामिला मन्त्री र प्रमुख विपक्षी दलको नेता रहेको आयोग सिफारिश समिति बनाइनुपर्ने बताए ।   
प्रदेश सूचनाको हक सम्बन्धी ऐन संविधानपछिको महत्वपूर्ण विधेयक भएको भन्दै सूचना स्वत प्रकाशन एवं प्रशारण गर्ने र नियमित प्रकाशन एवं प्रकाशन नगर्नेलाई कार्वाही गर्ने व्यवस्था हुने गरी विधेयकमा व्यवस्था गर्न सहभागीहरुले माग गरेका थिए ।
साथै सूचनाको हकलाई रोक्नु नागरिकलाई बन्द समाजतर्फ धकेल्नु हो भन्दै बक्ताहरुले सूचनाको माग र दिने विषयलाई प्रविधिले आत्मसात गर्नुपर्ने बताए । विधेयक हाल प्रदेश मामिला समितिमा छलफलका लागि पठाइएको छ ।
 

1-1556128144.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
रास्वपाको राष्ट्रिय महाधिवेशन आजदेखि शुरु हुँदै
RSP-raswapa-1766815646-1782007389.jpg

७ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा शुरु...

मध्यम वर्षाको सम्भावना
water-1782006682.jpg

७ असार, हेटौंडा । हाल कोशी प्रदेशको केहि स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ । अन्य भूभागमा पश्चिमी वायु, स्थानीय...

दीपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउने आदेश
High-Court-Patan-768x461-1781917424.jpg

६ असार, हेटौंडा । व्यवसायी दीपक भट्ट र उद्योगी सुलभ अग्रवाललाई उच्च अदालत पाटनले बैंकिङ कसुरसम्बन्धी मुद्दामा...

रास्वपाको केन्द्रीय समिति बैठक आज बस्दै
RSP-raswapa-1766815646-1781917105.jpg

६ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज चितवनको भरतपुरमा बस्दै छ...

मध्यम वर्षाको सम्भावना
water-1781916900.jpg

६ असार, हेटौंडा । हाल नेपालको कोशी प्रदेशका केही भूभागमा मनसुनी प्रभाव रहेको छ । अन्य भूभागमा स्थानीय वायु तथा...

कक्षा १२ को नतिजा सार्वजनिक
Rastriya-1781847360.jpg

५ असार, हेटौंडा । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले आज कक्षा १२ को नतिजा...

प्रतिनिधिसभाबाट विनियोजन विधेयक पारित
Screenshot_20260518_07103-1781834550.jpg

५ असार, हेटौंडा । प्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८३ पारित भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री...

मौसम मूख्यतया सफा रहने
01JSG64N9AZYKS2HHNVGFHCH3-1781834314.jpg

५ असार, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पूर्वीय वायूको...

अख्तियार प्रमुख र पदाधिकारीलाई थुनेर धम्की दिइएकोमा कांग्रेसको आपत्ति
Samsad-1781770216.jpg

४ असार, हेटौंडा । नेपाली कांग्रेसले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख तथा पदाधिकारीलाई प्रधानमन्त्री...

थप समाचार