Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

भैरवडाँडा जाने बाटो स्ल्याब ढलान सुरु

IMG_20190426_111441-1556257217.jpg

१३बैशाख,हेटौंडा।उपमहानगरपालिका वडा नम्बर–१, भैरवडाँडा जाने बाटो स्ल्याब ढलान सुरु भएको छ ।करिब दशलाख रुपियाँ लगातमा एकसय पाँच मिटर सडक स्ल्याब ढलान शुक्रबारबाट सुरु भएको हो । ढलानको उद्घाटन गर्दै हेटौंडा उपमहानगरपालिकाका मेयर हबिरहादुर महतले भैरवडाँडा पर्यटकीय र धार्मिक गन्तव्य भएका कारण त्यसक्षेत्रका लागि आवश्यक थप ६५ मिटर स्ल्याब ढलानका लागि तत्काल आफूले बजेट उपलब्ध गराउने प्रतिबद्धता जनाए । 

 सडक निर्माणका लागि छ लाख रुपियाँ बजेट तत्काल उपलब्ध गराउने र त्यसका लागि प्रक्रिया अगाडि बढाउन समेत निर्देशन दिएका छन् ।

उक्त स्थानमा पहिलो पटक रेडिमिक्स कंक्रिट (आरएमसी) को प्रयोग गरेर स्ल्याब ढलान गरिएको हो । हेटौंडामा नै पहिलो पटक उक्त प्रविधिको प्रयोग गरेर सामाजिक कार्य गरिएको हो ।  गुणस्तरियतालाई कायम गर्न र प्रविधिको प्रयोगमा जोड दिन आरएमसी कंक्रिटको प्रयोग गरिएको वडा अध्यक्ष सविन न्यौपानेले जानकारी दिए ।

वडा अध्यक्ष न्यौपानेले आफ्नो वडाको पर्यटकीय क्षेत्र र ग्रामीण वस्तीमा जाने बाटो भएका कारण उक्त बाटोको स्ल्याब ढलान र आवश्यकता अनुसार चौडा गर्ने कार्यमा आफू जुटिरहेको बताए । गाउँगाउँमा पुग्ने बाटोको विस्तार गर्ने कार्य गरिरहेका बताए।

उपभोक्ता समिति अध्यक्ष श्याम सुनारले भैरवडाँडा जानेबाट स्ल्याब भएसँगै उक्त क्षेत्रमा पर्यटकलाई सहज पुग्ने विश्वास लिएको बताए । उनले विकास निर्माणको क्रममा नयाँ प्रविधिको प्रयोग गर्दा नौलो अनूभूति भएको बताए । 

हेटौंडा आरएमसीका सञ्चालक उज्ज्वलराज बानियाँले विकास निर्माणमा प्रविधिको प्रयोग गर्न र विदेशबाट फर्केका युवाहरुलाई स्वेदशमै आफ्नो सीपको प्रयोग गर्न  आरएमसीमा लगानी गरेको बताए । उनका अनुसार अधिकांश आरएमसीको मेसिन सञ्चालन गर्नेहरु विदेशबाट फर्किएका युवाहरु रहेका छन् । उनले अझै क्षमता विस्तार गरेर व्यापकरुपमा विकास निर्माणमा गुणस्तरीयता कायम गर्दै अगाडि बढ्ने बताए ।

स्ल्याब ढलानमा महिला नेतृ तथा वडा सदस्यद्वय वेगम बराल र इश्वरी रसाइलीको उपस्थिति रहेको थियो ।

,


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

आइपिएलको टिकट मूल्य सार्वजनिक
Nepal_Premier_League_offi-1792716535.png

६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...

आज पनि टीका लगाउने क्रम जारी
Screenshot_20261023_06275-1792716181.jpg

६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1792715895.jpg

६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ।  तराई...

पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज
Jhalanath-Khanal-17912015-1792632009.jpg

५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

टीका र जमरा लगाउने क्रम जारी
dashain-teeka-1792631601.jpg

५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...

हात्तीको आक्रमणबाट दुई व्यक्तिको मृत्यु
elephant-e1785897096641-1792545547.jpg

४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...

एनपीएल तेस्रो संस्करणमा डीआरएस प्रयोग गरिने
1792466625331-x81iv6f-1792545334.png

४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...

थप समाचार