१३बैशाख,हेटौंडा।उपमहानगरपालिका वडा नम्बर–१, भैरवडाँडा जाने बाटो स्ल्याब ढलान सुरु भएको छ ।करिब दशलाख रुपियाँ लगातमा एकसय पाँच मिटर सडक स्ल्याब ढलान शुक्रबारबाट सुरु भएको हो । ढलानको उद्घाटन गर्दै हेटौंडा उपमहानगरपालिकाका मेयर हबिरहादुर महतले भैरवडाँडा पर्यटकीय र धार्मिक गन्तव्य भएका कारण त्यसक्षेत्रका लागि आवश्यक थप ६५ मिटर स्ल्याब ढलानका लागि तत्काल आफूले बजेट उपलब्ध गराउने प्रतिबद्धता जनाए ।
सडक निर्माणका लागि छ लाख रुपियाँ बजेट तत्काल उपलब्ध गराउने र त्यसका लागि प्रक्रिया अगाडि बढाउन समेत निर्देशन दिएका छन् ।
उक्त स्थानमा पहिलो पटक रेडिमिक्स कंक्रिट (आरएमसी) को प्रयोग गरेर स्ल्याब ढलान गरिएको हो । हेटौंडामा नै पहिलो पटक उक्त प्रविधिको प्रयोग गरेर सामाजिक कार्य गरिएको हो । गुणस्तरियतालाई कायम गर्न र प्रविधिको प्रयोगमा जोड दिन आरएमसी कंक्रिटको प्रयोग गरिएको वडा अध्यक्ष सविन न्यौपानेले जानकारी दिए ।
वडा अध्यक्ष न्यौपानेले आफ्नो वडाको पर्यटकीय क्षेत्र र ग्रामीण वस्तीमा जाने बाटो भएका कारण उक्त बाटोको स्ल्याब ढलान र आवश्यकता अनुसार चौडा गर्ने कार्यमा आफू जुटिरहेको बताए । गाउँगाउँमा पुग्ने बाटोको विस्तार गर्ने कार्य गरिरहेका बताए।
उपभोक्ता समिति अध्यक्ष श्याम सुनारले भैरवडाँडा जानेबाट स्ल्याब भएसँगै उक्त क्षेत्रमा पर्यटकलाई सहज पुग्ने विश्वास लिएको बताए । उनले विकास निर्माणको क्रममा नयाँ प्रविधिको प्रयोग गर्दा नौलो अनूभूति भएको बताए ।
हेटौंडा आरएमसीका सञ्चालक उज्ज्वलराज बानियाँले विकास निर्माणमा प्रविधिको प्रयोग गर्न र विदेशबाट फर्केका युवाहरुलाई स्वेदशमै आफ्नो सीपको प्रयोग गर्न आरएमसीमा लगानी गरेको बताए । उनका अनुसार अधिकांश आरएमसीको मेसिन सञ्चालन गर्नेहरु विदेशबाट फर्किएका युवाहरु रहेका छन् । उनले अझै क्षमता विस्तार गरेर व्यापकरुपमा विकास निर्माणमा गुणस्तरीयता कायम गर्दै अगाडि बढ्ने बताए ।
स्ल्याब ढलानमा महिला नेतृ तथा वडा सदस्यद्वय वेगम बराल र इश्वरी रसाइलीको उपस्थिति रहेको थियो ।
,
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...


















