Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

एएफसी यू–१९ महिला च्याम्पियनसिपमा नेपालको फराकिलो हार

u-19_womens_JYAnVce1f1-1556283242.jpg

१३ वैशाख, हेटौँडा । म्यानमारमा शुक्रबारबाट शुरु भएको एएफसी यू–१९ महिला च्याम्पियनसिप छनोट अन्तर्गत दोस्रो चरणको छनोटको पहिलो खेलमा नेपालले फराकिलो हार बेहोरेको छ ।
म्यान्मारको मण्डलेस्थित मण्डलरथिरी स्टेडियममा शुक्रबार भएको समूह चरणको पहिलो खेलमा नेपाल अष्ट्रेलियासँग ११–१ को फराकिलो गोलअन्तरले पराजित भएको हो । 
फिफा वरीयतामा छैटौ स्थानमा रहेको अष्ट्रेलियाविरुद्ध नेपाल सबै पक्षमा कमजोर देखिदा खेलभर नै दवाव झेलेको थियो । 
नेपालले पहिलो हाफमै ६ गोल खाँदै एक गोल फर्काउँदा दोस्रो हाफमा ५ गोल सामना गरेको थियो । नेपालका लागि मन्जली कुमारी योन्जनले पहिलो हाफमा एक गोल फर्काएकी थिइन् । उत्कृष्ट प्रदर्शन गर्दै एएफसी कपमा छनोट हुने लक्ष्य बनाएको नेपाल फराकिलो हारसँगै एएफसी कपमा छनोट हुने सम्भावना झिनो बनेको छ ।
नेपालले अब समूहका २८ अप्रिलमा उज्वेकिस्तान र ३० अप्रिलमा घरेलु टोली म्यानमारसँग प्रतिस्पर्धा गर्नेछ । हरेक समूहका शीर्ष दुई टोली एएफसी च्याम्पियनसिपमा छनोट हुनेछन् । 
आयोजक थाइल्यान्ड, जापान, उत्तर कोरिया र चीनले एएफसी यू(१९ च्याम्पियनसिपमा स्थान बनाइसकेका छन् । छनोटको शीर्ष टोलीले एएफसी यु–१९ च्याम्पियनसिपमा स्थान बनाउने छन् ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेकपाको राष्ट्रिय जागरण अभियान शुरु
Screenshot_20261025_06321-1792889242.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...

कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
congress-(1)-1792888897.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...

बडा दशैं पर्व समापन गरिंदै
Dashain_Tika1664260813-1792888559.jpg

८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1792888290.jpg

८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1792807177.jpg

७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...

रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

आइपिएलको टिकट मूल्य सार्वजनिक
Nepal_Premier_League_offi-1792716535.png

६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...

थप समाचार