१४ बैशाख, हेटौँडा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं राष्ट्रियसभा प्रमुख प्रतिपक्ष दलका नेता सुरेन्द्र पाण्डेले अहिलेको वर्तमान ओलि सरकार दुईतिहाईको दम्भले मातिएको यो कम्युनिष्ट सरकारबाट नेपालमा समृद्धि आउनु भनेको दिवा सपना भएको बताएका छन ।
कांग्रेस २ नम्बर क्षेत्रीय समितिको आयोजनामा भएको क्षेत्रिय भेलालाई शनिबार भीमफेदीमा सम्बोधन गर्दै प्रमुख अतिथि पाण्डेले यो कम्युनिष्ट सरकारबाट नेपालमा समृद्धि आउनु भनेको दिवा सपना भएको बताएका हुन ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेता पाण्डेले अहिलेको सरकार दिनप्रतिदिन दुईतिहाईको बल र दम्भमा अगाडि बढिरहेकोले आरोप लगाउदै कांग्रेसीजनहरुले अब गाउँ गाउँमा पुगेर कांग्रेसले गरेका महत्वपूर्ण विकासनिर्माण देशप्रति तथा गरेको योगदान र निर्णयहरु जनतामा र्पुयाउन आग्रह गरेका छन
त्यसैगरी भेलामा बोल्दै गर्ने क्रममा कांग्रेस केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाले कांग्रेसले अब अहिलेको कम्युनिष्ट सरकारले गरेका गलत क्रियाकलापका बारेमा गाउँजागरण अभियान लिएर गाउँरगाउँ जानुपर्ने बताईन ।
त्यसैगरी कार्यक्रममा बोल्दै नेपाली कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता एवं मकवानपुर पार्टी सभापति ईन्द्रबहादुर बानियाँले कांग्रेस अब कम्युनिष्ट सरकारले आडमा भईरहेको भष्ट्राचार, हत्या हिसां र अराजक गतिविधिको भण्डाफोर गर्न यही बैशाख २५ गतेबाट गाउँमा जागरण अभियान लिएर जाने बताए। नेता बानियाँले बोल्दै दुई कम्युनिष्ट मिलेर देश र जनतालाई कर र महङगी भन्दा केहि पनि नदिएको बताए ।
कांग्रेस २ नम्बर क्षेत्रीय सभापति यतिराज सापकोटाको सभाध्यक्षता भएको कार्यक्रममा कांग्रेस मकवानपुरका निवर्तमान सभापति रघुरमण न्यौपाने, प्रमुख सल्लाहकार माईकल रामचन्द्र अर्याल, सचिव बुद्ध लामा, जिल्ला सल्लाहकारद्वय उमा दाहाल र जयराम लामिछाने, जिल्ला सदस्य एवं संगठन विभाग प्रमुख कृष्णप्रसाद सञ्जेल, जिल्ला सदस्य सूर्यबहादुर रुम्बा, जिल्ला सदस्य एवं थाहा नगरपालिकाका उपमेयर खड्गबहादुर गोपाली, कांग्रेस ४ नम्बर क्षेत्रीय सभापति लोकबहादुर मुक्तान, हेटौंडा उपमहानगर सभापति आनन्दराम पराजुली, थाहानगर सभापति योगेन्द्रमान श्रेष्ठ, कांग्रेस ईन्द्रशरोबर गाउँपालिका संयोजक एवं जिल्ला सदस्य जमानसिं वाईबा, सचिव सूर्य लामा, नेपाल तरुण दल जिल्ला अध्यक्ष ईश्वर पाठक, हेटौंडा १ का वडा अध्यक्ष सविन न्यौपानेलेमन्तव्य व्यक्त गर्नुभएको थियोे ।
कार्यक्रममा जिल्लाका नेता, कार्यकर्ता तथा क्षेत्रीय कार्यसमिति, पदाधिकारीलगायतको उपस्थिति रहेको थियो ।
त्यसैगरी कार्यक्रममा राप्रपा र नेकपा परित्याग गरि ४७ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नवप्रवेशीहरुलाई प्रमुख अतिथि, विशिष्ट अतिथि र अतिथिहरुले टीका तथा खादा लगाएर पार्टीमा स्वागत गराएका छन ।
७ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा शुरु...
७ असार, हेटौंडा । हाल कोशी प्रदेशको केहि स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ । अन्य भूभागमा पश्चिमी वायु, स्थानीय...
६ असार, हेटौंडा । व्यवसायी दीपक भट्ट र उद्योगी सुलभ अग्रवाललाई उच्च अदालत पाटनले बैंकिङ कसुरसम्बन्धी मुद्दामा...
६ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज चितवनको भरतपुरमा बस्दै छ...
६ असार, हेटौंडा । हाल नेपालको कोशी प्रदेशका केही भूभागमा मनसुनी प्रभाव रहेको छ । अन्य भूभागमा स्थानीय वायु तथा...
५ असार, हेटौंडा । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले आज कक्षा १२ को नतिजा...
५ असार, हेटौंडा । प्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८३ पारित भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री...
५ असार, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पूर्वीय वायूको...
४ असार, हेटौंडा । नेपाली कांग्रेसले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख तथा पदाधिकारीलाई प्रधानमन्त्री...
२५ जेठ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ८०० रुपैयाँले हो । छापावाल सुनको मूल्य...
३१ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय मनाङमा कार्यरत नायव सुब्बा ज्ञानराज...
२६ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग...
२५ जेठ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय कार्यसमितिको पूर्वनिर्धारित बैठक सारिएको छ...
२६ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान...
२५ जेठ, हेटौंडा । लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् हेरफेर गरिएको छ । नवनियुक्त पाँचजना मन्त्रीले पद तथा...
२६ जेठ, हेटौंडा । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको राजीनामा माग...
३१ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको...
३१ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश सभापतिमा उत्सव अर्याल विजयी बनेका छन् । दुई...


















