१४ बैशाख, हेटौँडा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं राष्ट्रियसभा प्रमुख प्रतिपक्ष दलका नेता सुरेन्द्र पाण्डेले अहिलेको वर्तमान ओलि सरकार दुईतिहाईको दम्भले मातिएको यो कम्युनिष्ट सरकारबाट नेपालमा समृद्धि आउनु भनेको दिवा सपना भएको बताएका छन ।
कांग्रेस २ नम्बर क्षेत्रीय समितिको आयोजनामा भएको क्षेत्रिय भेलालाई शनिबार भीमफेदीमा सम्बोधन गर्दै प्रमुख अतिथि पाण्डेले यो कम्युनिष्ट सरकारबाट नेपालमा समृद्धि आउनु भनेको दिवा सपना भएको बताएका हुन ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेता पाण्डेले अहिलेको सरकार दिनप्रतिदिन दुईतिहाईको बल र दम्भमा अगाडि बढिरहेकोले आरोप लगाउदै कांग्रेसीजनहरुले अब गाउँ गाउँमा पुगेर कांग्रेसले गरेका महत्वपूर्ण विकासनिर्माण देशप्रति तथा गरेको योगदान र निर्णयहरु जनतामा र्पुयाउन आग्रह गरेका छन
त्यसैगरी भेलामा बोल्दै गर्ने क्रममा कांग्रेस केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाले कांग्रेसले अब अहिलेको कम्युनिष्ट सरकारले गरेका गलत क्रियाकलापका बारेमा गाउँजागरण अभियान लिएर गाउँरगाउँ जानुपर्ने बताईन ।
त्यसैगरी कार्यक्रममा बोल्दै नेपाली कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता एवं मकवानपुर पार्टी सभापति ईन्द्रबहादुर बानियाँले कांग्रेस अब कम्युनिष्ट सरकारले आडमा भईरहेको भष्ट्राचार, हत्या हिसां र अराजक गतिविधिको भण्डाफोर गर्न यही बैशाख २५ गतेबाट गाउँमा जागरण अभियान लिएर जाने बताए। नेता बानियाँले बोल्दै दुई कम्युनिष्ट मिलेर देश र जनतालाई कर र महङगी भन्दा केहि पनि नदिएको बताए ।
कांग्रेस २ नम्बर क्षेत्रीय सभापति यतिराज सापकोटाको सभाध्यक्षता भएको कार्यक्रममा कांग्रेस मकवानपुरका निवर्तमान सभापति रघुरमण न्यौपाने, प्रमुख सल्लाहकार माईकल रामचन्द्र अर्याल, सचिव बुद्ध लामा, जिल्ला सल्लाहकारद्वय उमा दाहाल र जयराम लामिछाने, जिल्ला सदस्य एवं संगठन विभाग प्रमुख कृष्णप्रसाद सञ्जेल, जिल्ला सदस्य सूर्यबहादुर रुम्बा, जिल्ला सदस्य एवं थाहा नगरपालिकाका उपमेयर खड्गबहादुर गोपाली, कांग्रेस ४ नम्बर क्षेत्रीय सभापति लोकबहादुर मुक्तान, हेटौंडा उपमहानगर सभापति आनन्दराम पराजुली, थाहानगर सभापति योगेन्द्रमान श्रेष्ठ, कांग्रेस ईन्द्रशरोबर गाउँपालिका संयोजक एवं जिल्ला सदस्य जमानसिं वाईबा, सचिव सूर्य लामा, नेपाल तरुण दल जिल्ला अध्यक्ष ईश्वर पाठक, हेटौंडा १ का वडा अध्यक्ष सविन न्यौपानेलेमन्तव्य व्यक्त गर्नुभएको थियोे ।
कार्यक्रममा जिल्लाका नेता, कार्यकर्ता तथा क्षेत्रीय कार्यसमिति, पदाधिकारीलगायतको उपस्थिति रहेको थियो ।
त्यसैगरी कार्यक्रममा राप्रपा र नेकपा परित्याग गरि ४७ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नवप्रवेशीहरुलाई प्रमुख अतिथि, विशिष्ट अतिथि र अतिथिहरुले टीका तथा खादा लगाएर पार्टीमा स्वागत गराएका छन ।
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् । एनपीएलमा आज बिहान चितवन राइनोज र...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
२९ असोज, हेटौंडा । शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप...










-nepal-1792111426.jpg)







