Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

बकैया ५ मा कांग्रेसकोे गाउँ समिति, तरुण दल तथा महिला संघ गठन

nepali-congress-flag-1556370088.jpg

१४ बैशाख, हेटौँडा ।  नेपाली कांग्रेस बकैया गाउँपालिका वडा नम्बर ५मा गाउँ समिति, तरुण दल तथा महिला संघमा  नयाँ नेतृत्व चयन भएको छ ।बकैया गाउँपालिका वडा नम्बर ५मा शनिबार भएको भेलाले धनजित जिम्बाक अध्यक्षतामा  १३ सदस्यीय कांग्रेस गाउँ समिति  चयन चएको छ । 
त्यसैगरी आजै  तरुण दलको बकैया गाउँपालिका वडा नम्बर  ५ कृष्ण लामा अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन भएको  छ । कार्य समितिकोे उपाध्यक्षमा सन्तबहादुर स्याङतान ‘क’, सचिवमा किरण मुक्तान र कोषाध्यक्ष सन्तबहादुर स्याङतान ‘ख’ रहेका छन् । त्यस्तै सदस्यहरुमा अनिष घलान, सुमन गोले, सूर्यबहादुर घिसिङ, पासाङ तामाङ र कमानसिं माझी चयन भएको नेपाली काँग्रेस बकैया गाउँपालिका संयोजक भूमिनन्द गौतमले जानकारी दिएका छन  । 
 त्यसैगरी बकैया गाउँपालिका वडा नम्बर ५मा कांग्रेस निकट महिलाहरुको संगठन रहेको संघको शनिबार भएको भेलाल   गोपीनि तिमल्सिनाको संयोजकत्वमा ९ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । जसको  सहसंयोजकमा मुना माझी, सचिव विन्दु माझी, कोषाध्यक्ष महिनामाया भोलन रहेका छन् । त्यस्तै सदस्यहरुमा रमिला घले, रचना भोलन, सुनिता विक, हरिमाया मुक्तान, शान्ति थिङ र धनलक्ष्मी बल सर्वसम्मत चयन भएका हुन ।  
 नेपाली काँग्रेस बकैया गाउँपालिका वडा नम्बर ५ का सभापति वीरहादुर बलको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेस महासमिति सदस्य  धर्मराज लामिछानेको प्रमुख आतिथ्यता रहेको थियो । 
कार्यक्रममा गाउँपालिका संयोजक भूमिनन्द गौतम, नेपाल दलित संघ मकवानपुरका अध्यक्ष अनिल विश्वकर्मा, महिला संघ कोषाध्यक्ष डम्बरी कुमारी गिरी, शिक्षक संघ बकैयाका सभापति चन्द्रप्रसाद देवकोटा, तरुण दल बकैया गाउँपालिका अध्यक्ष दीर्घ लामा लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

थप समाचार