Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

गिरफ्तार अघि ज्वालाले भने–‘विद्रोह गर्ने बाहेक विकल्प छैन’

Jwalaa-1556534933.jpg

१६ बैशाख, हेटौँडा । नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेकपाका मकवानपुर सेक्रेटरी बीरबहादुर घलान ‘ज्वाला’ ले जनताले विद्रोह गर्ने बाहेक विकल्प नरहेको बताएका छन् । 
सोमबार जिल्ला अदालत परिसरमा संचारकर्मीहरुसंग प्रतिक्रिया दिंदै उनले वर्तमान सरकारले आफ्नो कमजोरी लुकाउन कुनै समूह वा संगठनलाई दोष देखाउने काम गरिरहेको बताए । देशमा बढिरहेको बलात्कार, भ्रष्टाचार जस्ता क्रियाकलाप नियन्त्रण गर्न नसकेको सरकारले आफ्नो कमजोरी लुकाउन अरुलाई आरोप लगाउने र जनताको आँखामा छारो हालिरहेको उनको भनाई छ । उनले भने–‘यस्तो अवस्थामा जनताले विद्रोह गर्नुको कुनै विकल्प छैन ।’ 
उनले नेकपाका कार्यकर्तामाथि भईरहेको गिरफ्तार जायज नभएको बताउँदै उनले यस्तो अवस्थामा जनता खुशी नरहेको बताए । उनले नेकपाका कार्यकर्तालाई विना कारण फसाउने र यातना दिने काम भईरहेको बताए । पञ्चायती र शाही शासन कालमा पनि जनताको आवाज बन्द गर्ने काम हुने गरेको बताउँदै उनले अहिले लोकतान्त्रिक प्रक्रियामा पनि उस्तै व्यवहार भईरहेको गुनासो गरे । उनले वर्तमान सरकारले वार्तामा बोलाउने र ढोकामा बन्दुक राखेर आउलास् भन्ने दोहोरो चरित्र देखाएको बताए । 
नेकपालाई आपराधिक गतिविधि गर्ने जसरी व्याख्या गरिएको प्रति आपत्ति जनाउँदै उनले आफु अन्य कुनै पार्टीमा प्रवेश गर्ने भन्दा पनि आफ्नै ढंगले नेपालीलाई सुशी र देशलाई समृद्ध बनाउने अभियानमा लागि रहने बताए ।
सोमबार धरौटीमा रिहा भएका ज्वाला पुनः अदालत परिसरबाटै पक्राउ परेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखिएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

थप समाचार