Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

भ्रष्टहरुलाई कार्वाही गर्न विद्यार्थीहरुको माग

rastra-2-1556543066.jpg

१६ वैशाख, हेटौँडा । भ्रष्टहरुलाई तत्काल कार्वाही गर्न माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)का युवा÷विद्यार्थीहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई ज्ञापन पत्र बझाएका छन । 
पशुपतिशमशेर राणा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)मा आवद्ध राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन (संयुक्त) र राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन (संयुक्त)ले सोमबार भ्रष्टहरुलाई तत्काल कार्वाही गर्न माग गर्दै टंगालस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा ज्ञापन पत्र बुझाएका हुन ।
मुलुकमा भ्रष्टचार व्यापक बन्दै गएकाले तत्काल नियन्त्रणमा गर्न माग गर्दै अख्तियारमा ज्ञापन पत्र बुझाइएको राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)का नेता राजेन्द्र गुरुङले जानकारी दिए ।
पार्टीमा आवद्ध युवा÷विद्यार्थीहरुले ध्यानाकर्षण गराउँदा पनि भ्रष्टाचार नियन्त्रण गर्न सरकार र सम्बन्धित निकाय अग्रसर नभए भ्रष्टाचार नियन्त्रणका लागि कडा आन्दोलन गर्न सिंगो पार्टी नै बाध्य हुने राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)ले चेतावनी दिएको छ ।
ज्ञापन पत्र बुझाउन अख्तियार पुगेका राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)का युवा÷विद्यार्थीहरुले भ्रष्टचार नियन्त्रण गर्न नसकेको भन्दै सरकार र सम्बन्धित निकायविरुद्ध चर्को आलोचनासहित नाराबाजी गरेका थिए ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

थप समाचार