१३ मंसिर, हेटौँडा । मकवानपुरमा भर्खरै सरुवा भई आएका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद शर्मा दुवाडीले सञ्चारमाध्यमका समाचारलाई चासोका साथ ‘फलो’ गर्ने बताएका छन् । सोमबार सञ्चारकर्मीसँगको परिचयात्मक कार्यक्रममा प्रजिअ दुवाडीले जिल्लाका सञ्चारमाध्यममा आएका समाचारलाई गम्भिरतापूर्वक पछ्याउने बताएका हुन् ।
संचारमाध्यमले उजागर गरेका कमी कमजोरीबारे सम्बन्धित पक्षलाई ध्यानाकर्षण गराई सुधारका लागि प्रयास गर्ने उनले बताए । प्रधानमन्त्री कार्यालय अन्तरगतको ‘हेल्लो सरकार’ मा रहँदाको आफ्नो अनुभव सुनाउँदै प्रजिअ दुवाडीले जिल्लाबासीका समस्या समाधानका लागि आप्mनो कार्यकाल खर्चिनेमा जोड दिए । उनले समाजमा भएका सकारात्मक कामको प्रवद्र्धन र कमी कमजोरीको सुधारका लागि आफु सधैं अग्रसर रहने बताउँदै यसमा सञ्चारमाध्यमको सहयोग रहने अपेक्षा गरे । उनले सूचनाको हक कार्यान्वयनका लागि आफुले पहल रहने उनले बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय सदस्य प्रताप विष्टले मकवानपुरमा सुगम भन्दा दुर्गम क्षेत्र बढि भएकाले भुगोलबारे अध्ययन गरेर काम गर्न सके सफलता हासिल गर्न सकिने तर्फ प्रजिअ दुवाडिको ध्यानाकर्षण गराए । उनले सकारात्मक काममा मकवानपुरे सञ्चारकर्मी सधैं प्रशासनको पक्षमा रहने भन्दै जनताको हितमा बढि समय खर्चिन आग्रह गरे । कार्यक्रममा नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व अध्यक्ष राममणी दाहालले प्रजिअले जिल्लामा सबै क्षेत्रबीच समन्वयको भूमिका निर्वाह गर्नुपर्ने भन्दै प्रजिअले दृढताका साथ काम गर्दा अन्य सरकारी निकायको काममा समेत सुधारात्मक संकेत देखिनेमा जोड दिए ।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्त, नेपाल पत्रकार महासंघ मकवानपुरका सचिव कृष्ण सारु मगरसहित मकवानपुरमा क्रियाशिल छापा एवं विद्युतिय सञ्चारमाध्यममा कार्यरत संचारकर्मीहरुको सहभागिता रहेको थियो ।
७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...
७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...
६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...
६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...
६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...
६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...
६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ। तराई...
५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...
५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...







-1792715895.jpg)






-nepal-1792111426.jpg)



