१८ बैशाख, हेटौँडा । मकवानपुर प्रहरी जिल्लामा हुने लागु औषध नियन्त्रणमा सक्रियता देखाएको छ। सोही क्रममा मकवानपुर प्रहरीले मंगलबार राति ७१ केजी लागुऔषध गाँजासहित २ जना पक्राउ गर्नुका साथै गाँजा बोकेको ट्रकलाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरीक्षक पवन कुमार झाको नेतृत्वमा तथा प्रदेश नम्बर ३ प्रहरी कार्यालय हेटौडा बाट खटि गएको प्रहरी टोलीले मनहरीबाट हेटौंडा तर्फ आउदै गरेको ना ५ ख ८१६४ नम्बरको ट्रकलाई हेटौंडा ३ लेवट्मा चेकजाँच गर्ने क्रममा ट्रकको केविन मुनि लुकाइछिपाई प्लाष्टिकको ५ वटा पोका बनाई राखेको अवस्थामा गाँजा सहित २जनालाइ पक्राउ गरेको हो ।
प्रकाउ पर्नेमा ट्रक चालक रौतहट चन्द्रपुर नगरपालिका बस्ने २७ बर्षिया कर्ण बहादुर हमाल र रौतहटकै गौरी शंकर यादव रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । पक्राउ परेका यादव गाँजा धनी रहेको प्रहरी बताएको छ। साथै प्रहरीले गाँजाधनी यादवको साथबाट नगद ३० हजार रुपैयाँ पनि बरामद गरेको जनाएको छ। गाँजा सहित नियन्त्रण लिएको ट्रक लाइ अवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय राखिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले बताएका छन्।
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...

















