१८ बैशाख, हेटौँडा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पुर्व अर्थ मन्त्री रामशरण महतले महतले ओलि सरकार काम कुरो एकतिर कुम्लो बोकि ठिमी तिर भने जस्तै भएको आरोप लगाएका छन ।
१ सय ३० औँ अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा नेपाल ट्रेड युनियन कांग्रेस मकवानपुरले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै नेता महतले वर्तमान दुई तिहाईको कम्युनिष्ट सरकार जनताको मर्म भावनको कदर नगरेको भन्दै ओलि सरकार काम कुरो एकतिर कुम्लो बोकि ठिमी तिर भने जस्तै रहेको आरोप लगाएका छन ।उनले दुई तिहाएको कम्युनिष्ट सरकारले तीनै तहमा भ्रष्टाचार लाई बढावा दिईरहेको आरोप लगाएका छन । नेता महतले.यो सरकारले महगी र भष्ट्राचारलाई प्रोत्साहान दिदै श्रमिक र गरीब जनताको मजाक उडाएको र गरिबको नाममा आकाशे कुरा गरेर सत्तामोह भएको आरोप लगाएका छन ।
त्यसैगरी कार्यक्रममा बोल्दै प्रदेश ३ कांग्रेस संसदिय दलका नेता तथा कांग्रेु मकवानपुर सभापति ईन्द्र बहादुर बानियाँले कम्युनिष्टहरू काम भन्दा कुरा बढी गर्ने भन्दै श्रमिकहरुलाई राष्ट्र निर्माणका पिल्लर भएकोले मजदुर र उनिहरूको श्रम तथा स्वदेशी उत्पादनलाई प्राथमिकता दिनुपर्ने बताए ।
ट्रेड युनियन कांग्रेस मकवानपुरका अध्यक्ष यम कुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल ट्रेड युनियन काँग्रेस राष्ट्रिय समितिका पुर्व उपाध्यक्ष कल्पना अधिकारी, निर्वातमान पार्टी सभापति रघुरमण न्यौपाने,पार्टी सल्लाहाकार माईकल रामचन्द्र अर्याल लगायतको कांग्रेस नेता कार्यक्रर्ता तथा भातृसंगठनहरुको उल्लेखिय उपस्थिति रहेको थियो ।
कार्यक्रम पुर्व हेटौडा उपमहानगरपालिका १० मा रहेको वन विज्ञान अध्ययन संस्थानको गेटबाट निस्केकोले र्याली मेन रोड हुँदै बजार परिक्रमा गरि हेटौडा ४ मा रहेको पशुपति सभाहलमा पुगेर सभामा परिणत भएको थियो । र्यालीमा करिब ५०० जना सहभागीता रहेको थियो।
७ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा शुरु...
७ असार, हेटौंडा । हाल कोशी प्रदेशको केहि स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ । अन्य भूभागमा पश्चिमी वायु, स्थानीय...
६ असार, हेटौंडा । व्यवसायी दीपक भट्ट र उद्योगी सुलभ अग्रवाललाई उच्च अदालत पाटनले बैंकिङ कसुरसम्बन्धी मुद्दामा...
६ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज चितवनको भरतपुरमा बस्दै छ...
६ असार, हेटौंडा । हाल नेपालको कोशी प्रदेशका केही भूभागमा मनसुनी प्रभाव रहेको छ । अन्य भूभागमा स्थानीय वायु तथा...
५ असार, हेटौंडा । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले आज कक्षा १२ को नतिजा...
५ असार, हेटौंडा । प्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८३ पारित भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री...
५ असार, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पूर्वीय वायूको...
४ असार, हेटौंडा । नेपाली कांग्रेसले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख तथा पदाधिकारीलाई प्रधानमन्त्री...
२५ जेठ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ८०० रुपैयाँले हो । छापावाल सुनको मूल्य...
३१ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय मनाङमा कार्यरत नायव सुब्बा ज्ञानराज...
२६ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग...
२५ जेठ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय कार्यसमितिको पूर्वनिर्धारित बैठक सारिएको छ...
२६ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान...
२५ जेठ, हेटौंडा । लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् हेरफेर गरिएको छ । नवनियुक्त पाँचजना मन्त्रीले पद तथा...
२६ जेठ, हेटौंडा । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको राजीनामा माग...
३१ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको...
३१ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश सभापतिमा उत्सव अर्याल विजयी बनेका छन् । दुई...

















