Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

च्याम्पियन्स लिगः बार्सिलोनाको फाइनल यात्रा सहज

_106759906_messi_getty-2-1556759108.jpg

१९ वैशाख, हेटौँडा । बार्सिलोनाले युरोपियन च्याम्पियन्स लिगको फाइनल यात्राको बाटो सहज बनाएको छ । सेमिफाइनलको पहिलो लेगमा लिभरपुल माथि ३–० को जित निकाल्दै बार्सिलोना फाइनलको नजिक पुगेको छ ।
बुधबार राति भएको सेमिफाइनलको पहिलो लेगमा बार्सिलोनाले लिभरपुललाई ३–० ले हरायो । बार्सिलोनाका लागी लियोनेल मेस्सी र लुइस सुआरेजले गोल गरे । ।
खेलको २६ औं मिनेटमा सुआरेजले घरेलु टोली बार्सिलोनालाई अग्रता दिलाएका थिए । उनले जोर्डि अल्बाको लो क्रसलाई पोस्टको दिशा दिँदै गोल गर्न सफल भए । 
दोस्रो हाफमा बार्सिलोनाका कप्तान मेस्सीले दुई गोल थपे । सुआरेजको प्रहार पोस्टमा लागेर फर्केपछि ७५ औं मिनेटमा मेस्सीले अग्रता दोब्बर पारे । त्यसको लगत्तै ७ मिनेटपछि मेस्सीले झन्डै ३० यार्ड टाढाबाट फ्रिकिकमा सिधै गोल गर्दै फराकिलो जित पक्का गरे । 
लिभरपुलले पनि पहिलो हाफमा बराबरीको अवसर पाएको थियो तर गोलरक्षक टेर स्टेगन त्यसमा बाधक बने । अन्तिम समयमा लिभरपुलका मोहमद सलाहको प्रहार पोस्टमा लागेर फर्केपछि लिभरपुल ३–० ले नै पराजित भयो ।
दोस्रो लेगको खेल अर्को साता लिभरपुलको मैदान एन्फिल्डमा हुनेछ । (एजेन्सी)
 

skysports-barcelona-lione-1556759108.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेकपाको राष्ट्रिय जागरण अभियान शुरु
Screenshot_20261025_06321-1792889242.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...

कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
congress-(1)-1792888897.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...

बडा दशैं पर्व समापन गरिंदै
Dashain_Tika1664260813-1792888559.jpg

८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1792888290.jpg

८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1792807177.jpg

७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...

रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

आइपिएलको टिकट मूल्य सार्वजनिक
Nepal_Premier_League_offi-1792716535.png

६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...

थप समाचार