Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

संघीय संसदमा नीति तथा कार्यक्रम माथीको छलफल सुरु 

rajdhani-6-1557062206.jpg

२२ वैशाख, हेटौँडा । संघीय संसदमा सरकारको नीति तथा कार्यक्रम माथिको छलफल सुरु भएको छ । संघीय संसदको प्रतिनिधिसभाको आईतबार बसेको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुदै सांसदहरुले आ आफ्नो धारणा राखेका छन् । 
नेकपाका सांसद खगराज अधिकारीले सरकारले उन्नत रुपको नीति र कार्यक्रम ल्याएको भन्दै सरकारको बचाउ गरे । छिमेकी मुलुकमा पनि मेरो सरकार भन्ने परम्परा रहेको भन्दै उनले राष्ट्रपति सर्वोच्च निकाय भएकाले मेरो सरकार भनेको विषयमा आपत्ती जनाउनुपर्ने आवश्यकता नभएको तर्क राखे ।
यस्तै नेपाली कांग्रेसका सांसद दिलेन्द्र प्रसाद बडूले नीति तथा कार्यक्रममा उल्लेखित मेरो सरकार प्रति गम्भीर आपत्ती जनाउँदै राष्ट्रपतिको सम्बोधनले सरकारको गन्तव्य र उद्देश्य प्रति शंका उत्पन्न गराएको भन्दै सच्याउन माग गरे । उनले भ्रष्टाचार हुन दिन्न भन्ने सरकारले भ्रष्टाचारीलाई कारवाहीको दायरामा ल्याउन नसकेको  आरोप पनि लगाए ।
राजपाका सांसद लक्षमणलाल कर्णले मुलुकमा भईरहेका पछिल्ला घटनाले शान्ति कायम भएको भन्न नमिल्ने भन्दै कागजमा लेख्दैमा पृथकतावादको अन्त्य भई मुलुकमा शान्ति स्थापना भएको मान्न नसकिने तर्क गरे । 
यस्तै नेपाल मजदुर किसान पार्टीका सासद प्रेम सुवालले नीति तथा कार्यक्रममा १ बर्ष देखि ४ बर्ष सम्म पुरा हुने योजना मात्रै समेट्न, राजश्वको २० प्रतिशत पूँजीगत र ८० प्रतिशत विकास खर्चमा लगाउने प्रतिबद्धता गरिनुपर्ने धारणा राखेका थिए ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

सुदूरपश्चिमद्वारा पोखरा एभेन्जर्स पराजित
Screenshot_20261029_07074-1793236973.jpg

 १२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793236698.png

१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1793236338.jpg

 १२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...

पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

थप समाचार