२२ वैशाख, हेटौँडा । संघीय संसदमा सरकारको नीति तथा कार्यक्रम माथिको छलफल सुरु भएको छ । संघीय संसदको प्रतिनिधिसभाको आईतबार बसेको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुदै सांसदहरुले आ आफ्नो धारणा राखेका छन् ।
नेकपाका सांसद खगराज अधिकारीले सरकारले उन्नत रुपको नीति र कार्यक्रम ल्याएको भन्दै सरकारको बचाउ गरे । छिमेकी मुलुकमा पनि मेरो सरकार भन्ने परम्परा रहेको भन्दै उनले राष्ट्रपति सर्वोच्च निकाय भएकाले मेरो सरकार भनेको विषयमा आपत्ती जनाउनुपर्ने आवश्यकता नभएको तर्क राखे ।
यस्तै नेपाली कांग्रेसका सांसद दिलेन्द्र प्रसाद बडूले नीति तथा कार्यक्रममा उल्लेखित मेरो सरकार प्रति गम्भीर आपत्ती जनाउँदै राष्ट्रपतिको सम्बोधनले सरकारको गन्तव्य र उद्देश्य प्रति शंका उत्पन्न गराएको भन्दै सच्याउन माग गरे । उनले भ्रष्टाचार हुन दिन्न भन्ने सरकारले भ्रष्टाचारीलाई कारवाहीको दायरामा ल्याउन नसकेको आरोप पनि लगाए ।
राजपाका सांसद लक्षमणलाल कर्णले मुलुकमा भईरहेका पछिल्ला घटनाले शान्ति कायम भएको भन्न नमिल्ने भन्दै कागजमा लेख्दैमा पृथकतावादको अन्त्य भई मुलुकमा शान्ति स्थापना भएको मान्न नसकिने तर्क गरे ।
यस्तै नेपाल मजदुर किसान पार्टीका सासद प्रेम सुवालले नीति तथा कार्यक्रममा १ बर्ष देखि ४ बर्ष सम्म पुरा हुने योजना मात्रै समेट्न, राजश्वको २० प्रतिशत पूँजीगत र ८० प्रतिशत विकास खर्चमा लगाउने प्रतिबद्धता गरिनुपर्ने धारणा राखेका थिए ।
८ असार, हेटौंडा । सिराहाको सिराहा नगरपालिका–२१ लकडिगोठमा ब्राउनसुगर सहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।...
८ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई थप समावेशी बनाइने भएको छ । पहिलो राष्ट्रिय...
८ असार, हेटौंडा । हाल नेपालमा पश्चिमी, स्थानीय र मनसुनी वायुको मिश्रित प्रभाव देखिएको छ। कोशी प्रदेशका केही...
७ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा शुरु...
७ असार, हेटौंडा । हाल कोशी प्रदेशको केहि स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ । अन्य भूभागमा पश्चिमी वायु, स्थानीय...
६ असार, हेटौंडा । व्यवसायी दीपक भट्ट र उद्योगी सुलभ अग्रवाललाई उच्च अदालत पाटनले बैंकिङ कसुरसम्बन्धी मुद्दामा...
६ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज चितवनको भरतपुरमा बस्दै छ...
६ असार, हेटौंडा । हाल नेपालको कोशी प्रदेशका केही भूभागमा मनसुनी प्रभाव रहेको छ । अन्य भूभागमा स्थानीय वायु तथा...
५ असार, हेटौंडा । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले आज कक्षा १२ को नतिजा...
२५ जेठ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ८०० रुपैयाँले हो । छापावाल सुनको मूल्य...
३१ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय मनाङमा कार्यरत नायव सुब्बा ज्ञानराज...
२६ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग...
२६ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान...
२५ जेठ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय कार्यसमितिको पूर्वनिर्धारित बैठक सारिएको छ...
३१ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको...
२५ जेठ, हेटौंडा । लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् हेरफेर गरिएको छ । नवनियुक्त पाँचजना मन्त्रीले पद तथा...
२६ जेठ, हेटौंडा । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको राजीनामा माग...
३१ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश सभापतिमा उत्सव अर्याल विजयी बनेका छन् । दुई...


















