Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

मकवानपुर प्रहरीको सकृयता,गाँजा सहित एम्बुलेन्स नियन्त्रणमा

Mukesh-Kumar-Singh1-15507-1557068751.jpg

 २२ बैशाख, हेटौँडा । मकवानपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले जिल्ला तथा जिल्ला भएर हुने लागुऔषध ओसार प्रसार तथा कारोबारलाई निर्मुल पारिने बताएसंगै अहिले मकवनपुर प्रहरीले यसको नियन्त्रणमा व्यापक सक्रियता देखाएको छ ।

मकवनापुर प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेको केहि दिनमै उपरीक्षक सिंहले जिल्लामा रहेका इलाका तथा प्रहरीचौकि हरुलाई यसको नियन्त्रणमा लाग्न निर्देशन दिएका छन । प्रहरीले सवारी सुरक्षाजाँचलाई कडाई गर्दे दिनहुजसो लागुऔषध गाजा र चरेस सहित ओसारप्रसार संलग्न सवारी साधन नियन्त्रणमा लिने गरेको छ । यसैक्रममा हिजो शनिबार मकवनापुर प्रहरीले लागुऔषध गाँजा सहित एउटा एम्बुलेन्स नियन्त्रणमा लिएको छ । प्रहरीले हेटौडा उपमहानगरपालिका १५ लच्का स्थित सडक खण्डबाट ६४ केजी गाँजा सहित एक भारतीय एम्बुलेन्सलाई नियन्त्रणमा लिएको जनाएको छ । ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी निरीक्षक अरुण कुमार कुशवाहा सहित खटिएको गस्ति टोलिले शंकास्पद अवस्थामा रोकी राखेको वि आर ०५ पि ५६०५ नम्बरको भारतिय एम्बुलेन्स सुरक्षाजाँच गर्दा ड्राईभरको सिटपछाडी लुकाई छिपाई राखेको अवस्थामा लागु औषध गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीले गाँजा बोकेको एम्बुलेन्स र गाँजा नियन्त्रणमा लिईएको छ भने एम्बुलेन्स चालक तथा गाजा धनि फरार रहेकोले एम्बुलेन्सको चालक र गाँजा धनिको खोजतलास तथा आवश्यक अनुसन्धान जारी रहेको जनाएको छ ।

 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

थप समाचार