२२ वैशाख, विराटनगर । प्रदेश नम्बर १ को स्थायी राजधानी विराटनगर बनाउने सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले निर्णय गरेको छ । नेकपाको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो । बैठकपछि नेकपाले स्थायी राजधानी विराटनगर बनाउने प्रस्ताव प्रदेशसभामा दर्ता गरेको छ ।
नेकपा संसदीय दलको निर्णयअनुसार राजधानी विराटनगर र कार्यपालिका, व्यवस्थापिकालगायतका संरचना इटहरी, विराटनगर र सुन्दरहरैंचा आसपास निर्माण गरिनेछ ।
उता प्रदेशसभा सचिवालयमा राजधानीका लागि ४ वटा प्रस्ताव दर्ता भएको छ । विराटनगरको पक्षमा २ वटा र धनकुटाको पक्षमा २ वटा प्रस्ताव दर्ता भएका छन् । सत्तारुढ दल नेकपा संसदीय दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारी प्रस्तावक र सांसदहरू लिलम बस्नेत, राजकुमार ओझा, विजयकुमार विश्वास, सावित्राकुमारी रेग्मी र यशोधा अधिकारी समर्थक रहेको प्रस्ताव दर्ता भएको छ ।
यसैगरी सत्तारुढ दल नेकपाकै धनकुटाका सांसद निरन राई प्रस्तावक रहेको र इन्द्रमणि पराजुली र कुसुम श्रेष्ठ समर्थक रहेको धनकुटा स्थायी राजधानी हुनुपर्ने दोस्रो प्रस्ताव दर्ता भएको छ । तेस्रो प्रस्ताव विराटनगरलाई प्रदेशको स्थायी राजधानी घोषणा गर्न माग गदै प्रमुख प्रतिपक्षी दल काँग्रेस संसदीय दलका प्रमुख सचेतक केदार कार्की प्रस्तावक र कांग्रेसकै सांसद शिवनारायण गनगाई र संघीय समाजवादी फोरम नेपाल संसदीय दलका नेता जयराम यादव समर्थक रहेको प्रस्ताव दर्ता भएको छ ।
चौथो प्रस्ताव कांग्रेसकै धनकुटाकी सांसद लीला सुब्बा प्रस्तावक र काँग्रेस ताप्लेजुङका सांसद प्रतापप्रकाश हाङगाम र संघीय समाजवादी फोरम नेपालका सांसद रामचन्द्र लिम्बुको समर्थनमा धनकुटा नै राजधानी हुनु पर्ने माग सहितको प्रस्ताव दर्ता भएको छ
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
१२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...










-nepal-1792111426.jpg)







