२३ बैशाख, हेटौंडा।नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले के.पी. अोली नेतृत्वको कम्युनिस्ट सरकार अहिलेसम्मकै सबैभन्दा भ्रष्ट रहेको पुष्टि भएको बताएका छन्।
काँग्रेस १ नम्बर क्षेत्रीय सम्मेलनलाई सोमबार बाग्मती गाउँपालिकाको बेतिनिमा सम्बोधन गर्दै प्रमुख अतिथि डा.महतले अहिलेको दुई तिहाईको कम्युनिस्ट सरकार हजार, लाख र करोड हैन अरबौंको भ्रष्टाचारमा लिप्त भएको बताएका हुन। ।
कांग्रेस सहमहामन्त्री डा. महतले कम्युनिष्टहरू तिल जत्रो काम गरेपनि पहाड जत्रो बनाउने गरेको र कांग्रेस पहाड जत्रोको काम गर्दापनि तिल जत्तिपनि प्रचार नगरेका कारण कांग्रेस पछि परेको बताउँदै कांग्रेसले गरेका कामको प्रचार गर्न नहिच्किचाउन कार्यकर्ताहरुलाई अाग्रह गरेका छन।।
त्यसैगरी कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाले कम्युनिष्ट सरकारको गलत क्रियाकलाप विरुद्ध कांग्रेस अब देशभर एकभएर लाग्ने बताउनुभयो ।
बिशिस्ट अतिथि कांग्रेस नेतृ डिनाले कम्युनिष्ट सरकार दुईतिहाईको दम्भमा एकपछि अर्को गर्दै गलत निर्णय, भ्रष्टाचार, महंगीबाट जनतालाई अाक्रान्त पार्न तल्लिन रहेकोले कम्युनिष्ट सरकारको अब दिनगन्ती सुरु भैसकेको बताइन ।
त्यस्तै नेपाली कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता एवं मकवानपुर पार्टी सभापति ईन्द्रबहादुर बानियाँले दुईतिहाईको कम्युनिष्ट सरकारले सरकार गठन भएको लामो समय वितिसक्दा पनि जनतालाई राहात हुने कुनै काम गर्न नसकेकोले यही बैशाख २५ गतेबाट देशब्यापीरुपमा जागरण अभियानमार्फत कम्युनिष्ट सरकारले अहिलेसम्म के के गरे प्रश्न सोध्दै गाउँ/गाउँ जाने बताए।
नेता बानियाँले अहिले सरकार भ्रष्टचार, महंगी बढाउँदै सरकारी जग्गा कम्युनिष्ट नेताहरुको परिवारको नाममा गराई अाफू अरबपति हुने र जनतालाई झन् झन् गरिव बनाउँदै देशलाई खोक्रो बनाउन लागिपरेको बताउँदै अबका दिनमा कांग्रेस खबरदारी गर्दै कम्युनिष्टको चरित्रको उजागार गर्न लाग्ने बताए।
कांग्रेस १ नम्बर क्षेत्रीय सभापति दामोदर खनालको सभाध्यक्षता तथा नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतको प्रमुख अातिथ्यतामा कांग्रेस १ नम्बर क्षेत्रीय सम्मेलन भएको हो !
क्षेत्रीय सभापति खनालले राजनीतिक तथा सांगठनिक प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रममा अतिथिहरु निवर्तमान जिल्ला सभापति रघुरमण न्यौपाने, प्रमुख सल्लाहकार माईकल रामचन्द्र अर्याल, जिल्ला सचिव बुद्ध लामा, कोषाध्यक्ष गोपीलाल विश्वकर्मा, जिल्ला सदस्य कृष्णप्रसाद दाहाल, महासमिति सदस्य धर्मराज लामिछाने, हेटौंडा उपमहानगर सभापति अानन्दराम पराजुली, २ नम्बर क्षेत्रीय सभापति यतिराज सापकोटा, नेपाल महिला संघ जिल्ला अध्यक्ष लक्ष्मी श्रेष्ठ, बाग्मती गाउँपालिका संयोजक फणिन्द्र तिमल्सिनालेमन्तव्य व्यक्त गरेका थिए
कार्यक्रममा राप्रपाबाट बाग्मती गाउँपालिका ९ नम्बर वडाका अध्यक्षका उम्मेदवार पूर्ण सिं पाख्रिन र महिला वडा सदस्यकी उम्मेद्वार विमला श्रेष्ठसहित नेकपा, राप्रपा र जनमोर्चा परित्याग गर्दै ५७ जना नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको थियो । नवप्रवेशीहरुलाई प्रमुख अतिथि, विशिष्ट अतिथिहरुले टीका तथा लगाएर स्वागत गरेका छन् ।
कार्यक्रममा जिल्लाका पदाधकारी, सदस्य, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, जिल्लाका नेता, कार्यकर्ता तथा क्षेत्रीय कार्यसमिति, पदाधिकारी, कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुलगायतको उपस्थिति रहेको थियो ।
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
१२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...










-nepal-1792111426.jpg)







