Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

राजनीति

ओली सरकार सबैभन्दा भ्रष्टः डा. महत

IMG_20190506_213933-1557158330.jpg

२३ बैशाख, हेटौंडा।नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले के.पी. अोली नेतृत्वको कम्युनिस्ट सरकार अहिलेसम्मकै सबैभन्दा भ्रष्ट रहेको पुष्टि भएको बताएका छन्।
काँग्रेस १ नम्बर क्षेत्रीय सम्मेलनलाई सोमबार बाग्मती गाउँपालिकाको बेतिनिमा सम्बोधन गर्दै प्रमुख अतिथि डा.महतले अहिलेको दुई तिहाईको कम्युनिस्ट सरकार हजार, लाख र करोड हैन अरबौंको भ्रष्टाचारमा लिप्त भएको बताएका हुन। ।
कांग्रेस सहमहामन्त्री डा. महतले कम्युनिष्टहरू तिल जत्रो काम गरेपनि पहाड जत्रो बनाउने गरेको र कांग्रेस पहाड जत्रोको काम गर्दापनि तिल जत्तिपनि प्रचार नगरेका कारण कांग्रेस पछि परेको बताउँदै कांग्रेसले गरेका कामको प्रचार गर्न नहिच्किचाउन कार्यकर्ताहरुलाई अाग्रह गरेका छन।।
त्यसैगरी कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाले कम्युनिष्ट सरकारको गलत क्रियाकलाप विरुद्ध कांग्रेस अब देशभर एकभएर लाग्ने बताउनुभयो ।
बिशिस्ट अतिथि कांग्रेस नेतृ डिनाले कम्युनिष्ट सरकार दुईतिहाईको दम्भमा एकपछि अर्को गर्दै गलत निर्णय, भ्रष्टाचार, महंगीबाट जनतालाई अाक्रान्त पार्न तल्लिन रहेकोले कम्युनिष्ट सरकारको अब दिनगन्ती सुरु भैसकेको बताइन ।
त्यस्तै  नेपाली कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता एवं मकवानपुर पार्टी सभापति ईन्द्रबहादुर बानियाँले दुईतिहाईको कम्युनिष्ट सरकारले सरकार गठन भएको लामो समय वितिसक्दा पनि जनतालाई राहात हुने कुनै काम गर्न नसकेकोले यही बैशाख २५ गतेबाट देशब्यापीरुपमा जागरण अभियानमार्फत कम्युनिष्ट सरकारले अहिलेसम्म के के गरे प्रश्न सोध्दै गाउँ/गाउँ जाने बताए।
नेता बानियाँले अहिले सरकार भ्रष्टचार, महंगी बढाउँदै सरकारी जग्गा कम्युनिष्ट नेताहरुको परिवारको नाममा गराई अाफू अरबपति हुने र जनतालाई झन् झन् गरिव बनाउँदै देशलाई खोक्रो बनाउन लागिपरेको बताउँदै अबका दिनमा कांग्रेस खबरदारी गर्दै कम्युनिष्टको चरित्रको उजागार गर्न लाग्ने बताए।
कांग्रेस १ नम्बर क्षेत्रीय सभापति दामोदर खनालको सभाध्यक्षता तथा नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतको प्रमुख अातिथ्यतामा कांग्रेस १ नम्बर क्षेत्रीय सम्मेलन भएको हो !
क्षेत्रीय सभापति खनालले राजनीतिक तथा सांगठनिक प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रममा अतिथिहरु निवर्तमान जिल्ला  सभापति रघुरमण न्यौपाने, प्रमुख सल्लाहकार माईकल रामचन्द्र अर्याल, जिल्ला सचिव बुद्ध लामा, कोषाध्यक्ष गोपीलाल विश्वकर्मा, जिल्ला सदस्य कृष्णप्रसाद दाहाल, महासमिति सदस्य धर्मराज लामिछाने, हेटौंडा उपमहानगर सभापति अानन्दराम पराजुली, २ नम्बर क्षेत्रीय सभापति यतिराज सापकोटा, नेपाल महिला संघ जिल्ला अध्यक्ष लक्ष्मी श्रेष्ठ, बाग्मती गाउँपालिका संयोजक फणिन्द्र तिमल्सिनालेमन्तव्य व्यक्त गरेका थिए
कार्यक्रममा राप्रपाबाट बाग्मती गाउँपालिका ९ नम्बर वडाका अध्यक्षका उम्मेदवार पूर्ण सिं पाख्रिन र महिला वडा सदस्यकी उम्मेद्वार विमला श्रेष्ठसहित नेकपा, राप्रपा र जनमोर्चा परित्याग गर्दै ५७ जना नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको थियो । नवप्रवेशीहरुलाई प्रमुख अतिथि, विशिष्ट अतिथिहरुले टीका तथा लगाएर स्वागत गरेका छन् ।
कार्यक्रममा जिल्लाका पदाधकारी, सदस्य, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, जिल्लाका नेता, कार्यकर्ता तथा क्षेत्रीय कार्यसमिति, पदाधिकारी, कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुलगायतको उपस्थिति रहेको थियो ।

IMG_20190506_213952-1557158332.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
जलन-सम्बन-1746938159.gif
हेटौंडामा दुर्घटना, मोटरसाइकल चालकको मृत्यु
acc1-1782563419.jpg

१३ असार, हेटौंडा । पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडा उपमहानगरपालिका-९ पशुपतिनगरमा भएको दुर्घटनामा...

सेनेगलको इराकमाथि फराकिलो जित
Senegal-1782523027.jpg

१३ असार, हेटौंडा । फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह चरणको अन्तिम खेलमा सेनेगलले इराकमाथि फराकिलो जित...

एन्फा पूर्व अध्यक्ष शेर्पा पक्राउ
1782494101-RckgT-1782522600.jpg

१३ असार, हेटौंडा । अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष कर्मा छिरिङ शेर्पालाई प्रहरीले पक्राउ गरेको छ ।...

तीन प्रदेशमा मनसुनको प्रभाव
water-1782522034.jpg

१३ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

दुई राउन्ड गोलीसहित दुई जना पक्राउ
arrested-(1)-1782436668.jpg

१२ असार, हेटौंडा । सप्तरीको बलान बिहुल गाउँपालिकाबाट दुई राउन्ड गोलीसहित दुई जना पक्राउ परेका छन् । पकाउ...

जर्मनी इक्वेडरसँग पराजित
731338559_100508308211203-1782435793.jpg

१२ असार, हेटौंडा । समूह चरणको अन्तिम खेलमा जर्मनी इक्वेडरसँग पराजित भएको छ । समूह 'इ' को अन्तिम खेलमा इक्वेडरले...

आंशिक बदली रहने
Screenshot_20250526_06180-1782435407.jpg

१२ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको...

महावीर पुन र चिनियाँ राजदूतबीच भेट
730688577_149791549214667-1782350709.jpg

११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...

ब्राजिलद्वारा स्कटल्यान्डमाथि जित दर्ता
image-193-1782350237.png

११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...

थप समाचार