२४ बैशाख, हेटौँडा । हेटौँडा ६ चौघडामा यात्रुहरु सवारी साधन चढन अब घाममा उभिएर घण्टौ सम्म सवारीसाधन कुरेर बस्नु पर्ने बाध्यताको अन्तय भएको छ ।
हेटौँडा ६ चौघडामा रहेको रानी सामुदायिक वन उपाभोक्ता समूहले हेटौंडा–६ चौघडामा यात्रु प्रतिक्षालय निर्माण गर्ने भएसंगै यो बाध्यताको अन्तय भएको हो । यात्रुको सहजताको लागि वन समूहले आर्थिक वर्ष २०७५÷०७६ मा स्वीकृत गरेको कार्यक्रम अनुसार प्रतिक्षालय निर्माणको काम आइतबारबाट सुरु भएको हो । प्रतिक्षालय निर्माणको लागि समुहले ५० हजार रुपैयाँ खर्चिने वनका कार्यालय सचिव भीमसेन पौडेलका प्रस्ट खबरलाई जानकारी दिएका छन । रानि सामुदायिक वन भएकाले समुदायसँग प्रत्यक्ष सरोकार राख्न विषयमा हामीले काम अठोटका साथ हामीले प्रतिक्षालय निर्माण सक्रियता दिएको हौ पौडेलले बताए ।
त्यसैगरी वन समूहका अध्यक्ष कृष्ण विडारीले यात्रुहरु सवारी साधन चढन घण्टौ घामपानि नभरेर बस्नुपर्ने बाध्यता थियो, त्यसको सहताको लागि यात्रु यात्रु प्रतिक्षालय निर्माण गरेको बताए । उनले अब प्रतिक्षालय निर्माण हुँदा यस क्षेत्रबाट हेटौंडा बजारसम्म जानका लागि सवारी साधन कुर्ने यात्रुको लागि सहज हुने बताए ।
सामाजिक काम गरी र बन संरक्षणमा अब्बल मानिएको रानी सामुदायिक वन उपाभोक्ता समूहले यसै आर्थिक वर्ष भित्रमा मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ मा पनि यात्रु प्रतिक्षालय निर्माण गर्ने रानी सामुदायिक वन उपाभोक्ता समूहले जानकारी दिएको छ । ।
समुदायसंग सहकार्य गर्दै वन समिति अघि बढ्ने र अवश्यकता हेरेर सहयोगको काम हुने उनले बताए । रानी सामुदायिक वनले यस अघि हेटौंडा–६ शान्तिटोलमा रहेको पीस पार्कमा समेत प्रतिक्षालय निर्माण गरिसकेको छ । चौघडामा निर्माणको क्रममा रहेको प्रतिक्षालय एक हप्ताभित्र तयार भैसक्ने बताइएको छ । पत्रकार विजय पौडेले प्रतिक्षालयको आवश्यकता यस ठाउँमा थियो बन्ने भयो खुशि लागेको बताए । त्यसैगरी हेटौंडा उपमहानगरपालिका ६ नम्बर वडा सदस्य राजकुमार बास्तोलाले भने, ‘पानी पर्दा र घाम लाग्दा अब यात्रुले समस्या झेल्नुपर्ने बाध्यताको अन्तय भएको बताए ।
धरान चतारा तथा कान्तिलोकपथको संगम स्थलमा चौघडा बजारमा निर्माण हुने यात्रु प्रतिक्षालय निर्माण पश्चात चौघडाबासीसहित कान्तिलोकपथमा धरान चतारा मार्ग भएर यात्रा गर्ने यात्रुहरुलाई समेत सहजता हने पक्का देखिएको छ ।
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...


















